Advertisement
SKIP THIS

कोरियामा रहेका अधिकांश नेपालीले एमआरपी बनाए


लिलु डुम्रे

सोल-केही समययता दक्षिण कोरियामा एमआरपी पासपोर्टका लागि न्यून आवेदन पर्न थालेको छ ।

 

नोभम्बर २४ बाट हस्तलिखित पासपोर्ट अनिवार्य प्रतिस्थापन गर्नुपर्ने हुनाले दूतावासले सार्वजनिक सूचना जारी गरी एमआरपीका बनाउन आग्रह गर्दै आएको छ ।

 

दूतावासमा मासिक २० देखि ३० वटामात्रै आवेदन पर्ने गरेको छ । पछिल्लो महिना १३ वटामात्रै एमआरपी बनेर आएको छ ।

 

दूतावासले १५-१५ दिनमा संकलित आवेदन नेपाल पठाउने गरेको छ । गत वर्ष पासपोर्टको चाप बढी भएकाले एमआरपी आउन पाँचदेखि छ महिनासम्म लाग्ने गरेको थियो ।

 

तर हाल एक महिनामै बनेर आउने गरेको छ । दूतावासका अनुसार एमआरपीका लागि हालसम्म सात हजार एक सय ५० जनाको आवेदन परेको छ ।

 

गत वर्ष दूतावासले एमआरपीका लागि किमे, थेगु, किम्फु, उल्सान ख्यांग्जु र थेगुमा घुम्ती सेवा सञ्चालन गरी आवेदन संकलन गरेको थियो ।

 

एमआरपी आवेदन संकलनको सुरुको आर्थिक वर्ष ६८÷६९ मा ६६ प्रति एमआरपी बनेकोमा आर्थिक वर्ष ७०÷७१ मा सबैभन्दा बढी तीन हजार ४ सय ८१ प्रति एमआरपी बनेको थियो ।

 

गत तीन महिनामा एक सय ५१ प्रति मात्रै एमआरपी पासपोर्ट बनेको दुतावासले जानकारी दिएको छ ।

 

करिब दुई सयप्रति एमआरपी राहदानी वाहकले बुझ्न नआएकोले महिनौदेखि दूतावासमा थन्किरहेको द्धितीय सचिव प्रथमा उप्रेती जानकारी गराइन् ।

 

एमआरपी बनी आउँदा राहदानी विभागका कारण प्रिन्ट गलत भएमा दूतावासले पुनः सच्चाई दिने व्यवस्था गरेको छ । आवेदकले गलत विवरणसहित फर्म भरेको पाइएमा पुनः दस्तुर बुझाउनु पर्नेहुन्छ ।

 

करिब ३२ हजार नेपाली रहेका दक्षिण कोरियामा पछिल्लो समय प्रवेश गर्नेहरु एमआरपी लिएर आएका छन् ।

 

करिब पाँचसयको संग्ख्यामा एमआरपी बनाउन बाँकी रहेको हुनसक्ने दूतावासको अनुमान छ ।

 

अवैधानिकरुपमा कार्यरतहरु दूतावासमार्फत प्राप्त हुने ट्राभल डकुमेन्टको आधारमा फिर्ता हुने हुनाले एमआरपी बनाउन बाध्य छैनन् |

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...