Advertisement
SKIP THIS

ओएनएफ कोरियाले नोभेम्बर १ मा शुभकामना कार्यक्रम आयोजना गर्ने


नेकपा एमालेको प्रबास सङगठन प्रबासी नेपाली मन्च ( ओएनएफ ) कोरियाले नेपालीहरुको महान पर्बहरु दशै- तिहार , नेपाल सम्बत र छठ पर्बको पावन अबसर पारेर आगामी नोभेम्बर महिनाको १ तारिख आइतबारका दिन सौलमा एक शुभकामना आदान – प्रदान तथा चियापान कार्यक्रम आयोजना गर्ने भएको छ ।

 

हाम्रा सम्बाददातालाई ONF कोरियाका अध्यक्ष गोबिन्द गाउँले उक्त कार्यक्रमको बारेमा जानकारी दिए अनुसार बिगतमा झै यस बर्ष पनि नेपाली मात्रको यो चाड पर्बहरुलाई सबैले एकै साथ एकता र मेलमिलापको सन्देश सहित मनाउन लागिएको हो । सौल स्थित नेपाल हाउसको सभाहलमा दिनको ठिक एक बजे शुरु हुने कर्यक्रममा प्रमुख अतिथिको रुपमा कोरियाका लागी नेपाली राजदुत कमान सिङ लामा , बिशिष्ठ अतिथिको रुपमा नेपाली दुताबासका उप नियोग प्रमुख किरण शाक्य , श्रम सहचारी अनिल गुरुङ सहित कोरियामा रहेका सबै राजनैतिक दल सङग सम्बन्धित सङगठनका प्रमुखहरुलाइ अतिथिको रुपमा निमन्त्रणा गरिएको छ ।

 

 

त्यसै गरि कार्यक्रममा कोरियामा लामो समय समाज सेवाको क्षेत्रमा कृयाशिल एन आर एन र एन सिसि , एम टि यु ,जनजाती महासङघ , महिलाका लागी महिला पुर्बान्चल सरोकार समाज , सुदुर पस्चिम समाज , राप्ती समाज लगायत बिभिन्न धार्मिक , जातिय – क्षेत्रीय र सास्कृतिक सङघ सस्था तथा मिडियाका प्रतिनिधीहरुको समेत ब्यापक प्रतिनिधित्व हुने छ ।

 

महान चाडबाडको सास्कृतिक महत्वको बारेमा प्रकाश पार्दै शुभकामना मन्तब्य सहित चियापान र कोरियाको समाज सेवाको क्षेत्रमा अतुलनिय र अनुकरणिय योगदान दिनु हुने केहि बिशिष्ट ब्यक्तित्वको सम्मान पनि गरिने कार्यक्रम रहेको जानकारी गराउदै ओएन एफले आफ्ना सम्पुर्ण समर्थक , सुभेच्छुक र कोरिया प्रबासमा बस्ने सबै नेपाली दाजु भाइ दिदि बहिनिहरुमा उपस्थितिको लागी अनुरोध गरेको छ ।

 

 

 

 

कार्यक्रम हुने मिति : नोभेम्बर १

स्थान : नेपाल हाउस , सौल

समय : दिनको ठिक १ बजे

सम्पर्क नम्बरहरु :

सौल : गोबिन्द गाउँले 010 8689 9791,

सालिक बसेल 010 4499 9026

फाजु : सिबलाल पन्थी 010 8686 9723

पेन्थेक सुवन : सुरेन्द्र आचार्य 010 6468 0454

राम प्रसाद राई 010 4436 9808

दिपेन्द्र अधिकारी 01046299593

गिम्पो: सुलोभ पोख्रेल 010 9108 9454

आन्सान : काजी नेपाल 010 6464 1511

थेजन : पर्सुरामसापकोटा01082775666

इन्छन : कृष्णहरि आचार्य 01048978294

ओइजम्बु : कृष्ण खड्का 01046849182

उम्सङ : चेत ब बस्नेत 010 5924 6705

थाङजिन: दिल श्रेष्ठ 010 2319 0269

बुद्दिराम भण्डारी 010 5958 8317

छनान : कमल भट्टराइ 010 8257 3342

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • गायक तथा मुन्दुम विद जितेन राईको साथमा कोरिया भर ‘साकेला’ मनाईदै
  • प्रगतिशील नेपाली समाज कोरियाको दोश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रेम बर्देवा
  • नेपाली समुदायको संयुक्त आयोजनामा ‘वुद्ध जयन्ति’ मनाईँदै
  • दक्षिण कोरियामा ‘लोटस् ल्यान्ट्रन फेस्टिभल २०२५’ सम्पन्न, सउल नेपाल गुम्बाले बुद्ध जन्जयन्ती कार्यक्रम मे ११ मा गर्ने
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...