विश्वका सबैभन्दा खराब विमानस्थलको सुचीमा नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तेस्रो नम्बरमा


सोल – विश्वभरका यात्रुहरुको भोटका आधारमा खराब विमानस्थलको सूची निकाल्ने ट्राभल वेबसाइटको यस वर्षको सूचीमा पनि नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल तेस्रो नम्बरमा परेको छ।

 

गत वर्ष पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तेस्रो नम्बरमा नै परेको थियो।

 

द गाइड टु स्लिपिङ इन एयरपोर्टस नामको वेबसाइटले २६ हजारभन्दा बढी मतका आधारमा यो सूची तयार पारेको हो। अमेरिकी टेलिभिजन सिएनएन र उसको वेब संस्करणमा पनि यो समाचार आएकोले यसको चर्चा बढेको हो।

 

 

वेबसाइटले आरामदायी, सुविधा, सरसफाई र ग्राहक सेवा लगायत चार श्रेणीका आधारमा विश्वभरका विमानस्थलबारे मत दिन यात्रुहरुलाई आग्रह गरेको थियो।

 

सूचीमा एक नम्बरमा नाइजेरियाको पोर्ट हारकोर्ट विमानस्थल परेको छ। गत वर्ष यो विमानस्थल सूचीमा परेको थिएन। फिलिपिन्सको निनोय एक्विनो अन्तर्राष्ट्रिय विमानस्थल तीन पटक लगातार खराब विमानस्थलको सूचीमा परे पनि यस वर्ष हटेको छ।

 

 

साउदी अरबको जेद्दाह किङ अब्दुल्लाजिज अन्तर्राष्ट्रिय विमानस्थल नेपाललाई समेत उछिनेर दोस्रो नम्बरमा परेको छ।गत वर्ष सबैभन्दा खराब विमानस्थल बनेको इस्लामावादको बेनजिर भुट्टो अन्तर्राष्ट्रिय विमानस्थल यो वर्ष नवौँ नम्बरमा पुगेको छ।

 

 

 

सुची यस्तो छ :-

 

१)पोर्ट हार्कोट अन्तर्राष्ट्रिय विमानस्थल (नाइजेरिया)
२) किङ अब्दुलाजिज अन्तर्राष्ट्रिय विमानस्थल (जेद्दा, साउदी अरब)
३) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (काठमाडौँ, नेपाल)
४) तास्कन्द अन्तर्राष्ट्रिय विमानस्थल (उज्बेकिस्तान)
५) साइमन बोलिभार अन्तर्राष्ट्रिय विमानस्थल (काराकास, भेनेजुएल)
६) टाउस्सेन्ट लुभ्रचर अन्तर्राष्ट्रिय विमानस्थल (पोर्ट अउ प्रिन्स, हाइटी)
७) हमिद करजाई अन्तर्राष्ट्रिय विमानस्‍थल (काबुल, अफगानिस्तान)
८) तान सोन न्हात अन्तर्राष्ट्रिय विमानस्थल (हो चि मिन्ह सिटी, भियतनाम)
९) बेनजिर भुट्टो अन्तर्राष्ट्रिय विमानस्थल (इस्लामावाद, पाकिस्तान)
१०) बिउभाइस टिले अन्तर्राष्ट्रिय विमानस्थल (पेरिस, फ्रान्स)

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...