Advertisement
SKIP THIS

कोरियामा अबैधानिक नबस्नु


काठमाडौँ-वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपिएस कोरिया शाखाले नेपाली कामदारलाई कोरियामा अवैध नबस्न आग्रह गरेको छ । कोरियामा रोजगारीको समयावधी भन्दा बढी समय अवैधानीक रुपमा बस्दा नेपालको छविमा आँच आउने, कोरिया जान तयार रहेका कामदार समयमा नै जान नपाउने र नेपालमा आउने कोटा घटने सम्भावना बढने भन्दै अवैध नबस्न आग्रह गरेको हो ।

 

पुनः रोजगारीका लागि कोरियामा गएका कामदार नवकामदार जस्तै चार वर्ष १० महिना कोरियामा बस्न पाउने, नव कामदारको तुलनामा आम्दानी बढी हुने बताइएको छ । राजधानीमा बुधबार अयोजित पत्रकार सम्मेलनमा शाखाका निर्देशक डिल्लीराम बास्तोलाले कोरियामा बसेर स्वदेश फर्केपछि पुनः कोरिया जानका लागि सिबिटी९कम्प्युटर बेस टेष्ट० परीक्षा तीन–तीन महिनाको अन्तरमा भएको जानकारी गराए ।

 

उनले भने,‘सिबिटी परीक्षामा ८० प्रतिशत भन्दा बढी छन्, सिबिटी परीक्षा उत्तिर्ण भएकाले कोरियामा राम्रो काम पाउने तलब सेवा सुविधा बढी पाउने गरेका छन्, जसले उनीहरुको आत्माबल बढने छ, तसर्थ अवैधानीक बस्नु भन्दा सिबिटी परीक्षा उत्तिर्ण गरेर कोरियाजाँदा फाईदा हुन्छ ।’कोरिया शाखाले लागु गरेको सिबिटी परीक्षाले गैरकानुनि रोक्न सहयोग गरेको शाखाले जनाएको छ ।

 

कोरियामा २०१३मा ३ दशमलव ७ र २०१५ मा ५ दशमलव ७ प्रतिशत रहेको थियो । ०१५ को जुलाईसम्म अवैध सख्या बढेर १७ दशमलव ७ प्रतिशत पुगेको शाखाले जनाएको छ । विस्तारै अवैध कामदार बढेका कारण समस्या बढेको शाखाले जनाएको छ । छैठौँ कोरिया भाषा परीक्षामा उत्तिर्ण भएका आठ हजार चार सय ९० कामदारको मंसिर पहिलो साता स्किल टेष्ट हुने भएको छ ।

 

शाखाले दिएको जानकारी अनुसार मंसिर तीन गतेदेखि पाँच गतेसम्म स्वास्थ्य परीक्षण र त्यसपछि १३ गते सम्म स्किल टेष्ट गरिने भएको छ । यसका लागि उपत्यका बाहिर पोखरामा पनि स्किल टेस्ट गरिने भएको छ ।

 

स्किल टेष्टमा ५० पुर्णङ्कको स्वास्थ्य परीक्षण, अन्तर्वार्ता सय अंक र पेशागत दक्षताको सय अंक सहित दुई सय ५० पुर्णङकको परीक्षा हुने गरेको छ । जसमा बढी अंक ल्याउनेलाई पहिलो प्राथमिकतामा राखिने शाखाले जनाएको छ ।

 

हालसम्म ३५ हजार भन्दा बढी नेपाली युवा रोजगारीका लागि कोरिया गएका छन भने ०१५ मा मात्र पाँच हजार तीन सय ५ जना कोरिया गईसकेका छन् । हाल नेपाल दोस्रो नम्बरमा रहेको छ । यस्तै कम्बोडिया पहिलो नम्बरमा रहेको छ । कम्बोडियाबाट सात हजार पाँच जना कोरिया पुगेका छन् भने तेस्रो स्थानमा रहेको इन्डोनेसियाले लगभग चार हजार कामदार पठाएको छ ।

 

नेपाली कामदार कोरियामा अवैध नबनेको खण्डमा केही वर्षमा नै नेपाल कोरियामा कामदार पठाउन पहिलो देश बन्ने शाखाका निर्देशक बास्तोलाले बताए । यसर्थ यस वर्ष नेपाल बढी कोटा पाउने देशमा दोस्रो स्थानका रहेको छ |

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...