संबिधान बने पछि जागेको आसा निरासामा परिणत नहोस


जसोतसो संबिधान बने पछि भुकम्पले क्षतविक्षत भएको मुलुकले गति लिनेछ भन्ने धेरै नेपालीलाई आसा थियो | नयाँ संबिधान बनेको लगत्तै  भारतले लगाएको अघोषित नाकाबन्दीले नेपाली जनताको जनजीवन नराम्ररी प्रभावित भएको छ | मधेश आन्दोलित भएको दुई महिना पुग्न आट्यो |  काठमाडौं आन्दोलनकारीको माग सुन्नुको सट्टा नयाँ प्रधानमन्त्रिको रस्साकस्सीमा दौडधुप गरिरहेको छ | सर्वदलिय सरकार निर्माण नहुने भए पछि कांग्रेश र एमाले नयाँ प्रधानमन्त्रिको लागि अन्य दलहरुसंग लविङमा ब्यस्त छन् |
संबिधान बन्नु भन्दा दुई दिन अघि डिभी परेर सात महिना अघि  अमेरिका पुगेका मेरो साथीले भाईबरमा भनेका थिए | अमेरिका जे सोचेर आईन्छ यहाँ आए पछि बेल्कुलै फरक हुने रहेछ | महिनामा दुई  हजार डलर कमाएर के गर्नु कोठा भाडा , टेलिफोन  , नेट , बिजुली, पानी , कर तिर्नमै ठिक्क | डिग्री पढदा पढ्दै अमेरिका हानिएका साथीले फेरि थपे आफ्नो देशमै सरकारले स्थायी रोजगार सुनिश्चित गरोस | हामी आफ्नै देश फर्कन तयार छौ | यो चाहना उनको मात्र होइन् | बिदेशमा बस्ने लाखौ नेपालीको हो |
१० बर्षे माओवादी सशत्र जनयुद्ध , ६२ / ६३ जनआन्दोलन पछि झण्डै अढाई सय बर्ष पुरानो शाहवंशीय राजतन्त्र उन्मुलन गरी देशमा गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको घोषणा गर्दै नेपालमा पहिलो चोटी संबिधान सभाको चुनाव गरिएको थियो | पहिलो संबिधान सभाले संबिधान निर्माण गर्न नसके पछि दोस्रो पटक संबिधान सभाको चुनाव गरिएको थियो | चुनाव पछि दलहरुमा चरम दुरी बढेको थियो र संबिधान लेखन प्रक्रियालाई पटक – पटक सारिएको थियो | गत बैशाख १२ मा गएको विनाशकारी महाभूकम्प पछि आएको संविधानले सबैलाई समेटन नसके पनि बिस्तारै समेट्दै देशले गति लिने अपेक्षा बिपरित देश अघि बढेको त होइन् भन्ने भान कता- कता देखिदैछ तर पनि अझै खासै बिग्रेको छैन | आन्दोलनरत मधेशीसंग बार्ताबाट नै जायज मागको हल गरेर अघि बढे देशले गति लिनेछ  |
कालो बादलको बीचमा पनि चांदीको घेरा हुन्छ भनिन्छ | आसा गरौ  नयाँ बन्ने सरकारले सबैलाई समेट्दै भूकम्पले आक्रान्त भएको मुलुकले गति लिनेछ | अन्त्यमा बिदेशमा तातो  रगत पसिना बगाउन विवश म जस्ता  लाखौ नेपालीको तर्फबाट भावी सरकारलाई केही बुदागत सुझाव दिन चाहन्छु |
(१)  प्रत्यक  महिना विदेशवाट अर्बौ रुपिया रेमिट्यान्स भित्रिन्छ | त्यो पैसा सरकारले ब्यबस्थित तरिकाले उत्पादनमुलक क्षेत्रमा लगानी गरोस | जस्तै :- रेमिट हाईड्रो , रेमिट सडक , रेमिट हस्पिटल , रेमिट कृषि , रेमिट उधोग ……
(२ ) नेपाल फर्केर कुनै पनि सेक्टर ( कृषि , हाईड्रो , पर्यटन , स्वास्थ्य , शिक्षा अन्य ) मा सामुहिक या एकल रुपमा काम गर्न चाहनेलाई न्यून ब्याजमा सर्वशुलभ तरिकाले ऋणको ब्यबस्था गरियोस
(३)  नेपाल कृषि प्रदान देश पनि भएकोले आधुनिक कृषि गर्न चाहनेलाई पशु , बालीको अनिबार्य बीमा सरकार गर्दै किसानलाई बिशेष सहुलियतमा मल र बिउ समयमा उपलब्ध होस्  |
(४ ) नेपाल सरकारले आफ्नै पहल र बिदेशी लगानीकर्ता भित्राएर मझौला तथा साना कल कारखाना खोलेर स्वदेशमा रोजगारीको सिर्जना गरोस |
(५ ) नेपालमा हुने बन्द , हडताल जस्ता कार्य सधैका लागि बन्द गरियोस

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • चलचित्र ‘ऊनको स्वीटर ‘ सुवन शोको मिति परिवर्तन, जुन १ मा प्रदर्शन हुने
  • विश्वव्यापी खुल्ला कविता प्रतियोगिताको नतिजा घोषणा मे १८ मा हुने
  • किरात राई यायोक्खाले कोरिया भर ‘साकेला’ मनाउँदै
  • गायक तथा मुन्दुम विद जितेन राईको साथमा कोरिया भर ‘साकेला’ मनाईदै
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...