संगीतको शिखर उक्लिदै गगन पुन


 
सोल – बिग आईकन २०१० मा प्रथम स्थान हासिल गरे पछि गगन पुनको सांगेतिक यात्राले गति लिन सरु गर्यो | म्याग्दी दगनाम जन्मेका पुन काठमाडौलाई कर्म थलो बनाउदै नेपाली सांगेतिक क्षेत्रमा होमिएका छन् |

 

उनले अहिलेसम्म तीन दर्जन भन्दा बढी गीत गाईसकेका छन् | अभिनय क्षेत्रमा पनि उत्तिकै चाख राख्ने पुनले मगर भाषाको चलचित्र ” रैया” मा अभिनय समेत गरेका छन् | २०६९ सालमा ” थाहै भएन पत्तै भएन” बोलको गीतबाट गायन यात्राको श्रीगणेश गरेका पुनले ” रिदम” नामक एल्बम बजारमा ल्याईसकेका छन् |

12092572_10207971215264056_218932915_n

गायक अरुण थापाको गीत सुनेर गायन क्षेत्रमा लाग्ने प्रेरणा मिलेको बताउने पुन स्टेज प्रोग्रामको लागि बहराईन , भारत , हङकङ र कोरिया पुगेर आफ्नो कला र गला पस्किसकेका छन् | सांगेतिक क्षेत्रमा लाग्दा शुरुवाती दिनहरुमा कठिन हुने गरेको सुनाउदै पुनले जतिनै गला र गला भए पनि नातावाद र कृपावादवाट नेपाली संगीत क्षेत्र अछुतो नरहेको स्वीकार गरे |

 

पछिल्लो चरणमा एल्बम बिक्न छोडे पछि स्टेज प्रोग्रामनै गायक , गायिका बाच्ने आधार भएको बताउदै पुनले गीत पनि स्टेज तताउने खालका गाउनु पर्ने सुनाए | अरुण थापा र अन्जु पन्त मन पर्ने गायक , गायिका भएको सुनाउदै पुनले उनीहरुको गीत सुन्दा संगीतमा अझै केही गर्न प्रेरणा मिल्ने गरेको बताए |

 

भविष्यमा प्लेब्याक सिङ्गर भन्ने सपना रहेको बताउने पुनले आफ्नो स्वरले म्याच गर्ने सबै खालका सालैजो देखि पप , आधुनिक गीत गाईसकेका छन् | आफुलाई भर्सटाईल गायकको रुपको चिनाउने कोशिसमा रहेको बताउने पुनले संगीत क्षेत्रमा आउन चाहने युवापुस्तालाई सुझाव दिदै भने संगीत क्षेत्र भनेको महासागर हो |

 

यसमा लागि सके पछि आफ्नै मजा छ तर यो क्षेत्रमा लाग्न धेरै मेहनतको आवश्यकता रहेको र कस्तो खालको गीत गाउने आफ्नो स्वरले कस्तो गीत गाउदा म्याच गर्छ सबै कुरा बुझेर आउदा राम्रो हुने बताए |

 

अन्त्यमा उनले संगीत भनेको सुख दु:खको साथी हो भन्दै नेपाली गीत , संगीतलाई माया गरि दिन सुनी दिन आग्रह गरे |

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • क्यान्सर रोगीहरूको मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्न नेपालमा बस्न चाहान्छु – टेरिसा तामाङ
  • मकवानपुर म्यूजिकल शो स्थगित
  • कोरियन एयरको उडान प्रतिबन्ध ल्याउने तयारी
  • बा
  • ईपिएस

    कोरियन विशेष भाषा परीक्षा CBT को नतिजा प्रकाशन, आफ्नो स्कोर कसरी हेर्ने ?

    कोरियन विशेष भाषा परीक्षा ( Special EPS TOPIK, 2023 (CBT) तर्फको भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ । बुधवार (सेप्टेम्बर १३) प्रकाशित नतिजा अनुसार २७ सय ३९ जाना उतिर्ण भएका छन् । HRD Service of Korea वाट मिति २०८० भाद्र १८ गते देखी २०८० भाद्र २२ गते सम्म परिक्षा संचालन भएको थियो । इपिएस ...

    भाषा परीक्षा रोकिए नेपालीले अवसर गुमाउँछन् : एचआरडी कोरिया

    दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) को भाषा परीक्षा रोकिए नेपालीले अवसर गुमाउने चेतावनी दिएको छ । कोरियाबाट फर्केर परीक्षामा उत्तीर्ण भएका ‘रिटर्नी’ हरूले आफूहरूलाई छनोट नगरे भाषा परीक्षा हुन नदिने धम्की दिएपछि कोरिया सरकारले यस्तो चेतावनी दिएको ...

    आगामी बर्षका लागि कोरियामा बढ्यो तलब, अझै पुगेन प्रति घण्टा १० हजार वन

    दक्षिण कोरियामा अर्को बर्ष अर्थात् सन् २०२४ का लागि न्युनतम ज्याला बढेको छ । यो बर्षको न्युनतम ज्याला ९६२० वन मा २४० वन अर्थात २.५ प्रतिशत प्रति घण्टा थप भएर ९८६० वोन हुने भएको हो । ज्याला निर्धारण समितिको हिजो बसेको बैठकले मतदान मार्फत ज्याला निर्धारण गरेको हो ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...