Advertisement
SKIP THIS

संस्थाको मान मर्यादामाथि खेलबाड नगर्न नागार्जुन गुम्बाको अपिल  


 

पाँचैा नार्गाजुन कप बिबादस्पद, ६ खेलाडीलाई रेड कार्ड शिर्षक अन्तर्गत अक्टोबर १ मा प्रकाशीत समिर पौडेल द्वारा लेखिएको समाचार प्रति नागार्जुन गुम्बा फूटबल आयोजक समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । वास्तविकता भन्दा बाहिर गएर एकपक्षीय ढंगले संस्थाको मान र मर्यादामा चोट पुग्ने गरी समाचार सम्प्रेषण गरेको भन्दै घोर आपत्ति जनाएको हो ।

 

गत सेप्टेम्बर २८ मा नार्गाजुन गुम्बाले आयोजना गरेको पाचौ नार्गाजुन फूटबल प्रतियोगिता २०१५ मा ३२ वटा फूटबल क्लब सहभागी भएका थिए । दोङ्दुछन छुङ्हाव उन्दोङ्जाङमा भएको उक्त खेलमा ३२ टिमलाई ३ वटा मैदानमा ए र बि पोल बनाई खेलाईएको खेलमा फाईनलमा ए पोल वाट लमजुङ एफ.सी  र बि पोल बाट झापा एफ.सी फाईनलमा पुगेका थिए ।

 

बेलुका ८: ३० मा फाईनल खेल सुरु भएको थियो। फाईनल खेल सुरु भएको १५ औ मिनेटमा झापा एफ.सी वाट फल भएको थियो । रेफ्रीले फल लिई लमजुङ एफ.सी बाट चलाईएको बल गोल भएको थियो सो गोल झापा एफ.सी बाट अस्विकार गर्दै रेफ्रीलाई धकेलेका थिए ।  रेफ्रीलाई धकेलेपछी रेफ्रीले पहेलो काड दिएको थियो । पहेलो कार्ड पाएपछी झापा एफ.सीका खेलाडीले रेफ्रीलाई घेरेका थिए । रेफ्रीलाई घेरेपछी रेफ्रीले रातो काड एकजनालाई दिएको थियो । रातो काड पाएपछी झापा एफ.सीका मेनेजरले खेलाडीहरुलाई खेल मैदान बाहिर बोलाएका थिए।  खेल समय अवधि रेफ्रीको अनुमति विना खेलाडीले खेल मैदान छोड्न पाउदैन सो कार्य नियम विपरित भएता पनि आयोजकले टिम क्याप्टेनलाई खेल मैदान फर्कन आग्रह गर्दा उल्टै आयोजकलाई अनैतिक व्यवहार देखाएका थिए । भने प्याराफिटमा बसेका झापा एफ.सी समर्थकलाई समेत खेल मैदानमा बोलाएका थिए ।

 

आयोजकले दर्शकलाई क्वाटर फाईनल वाट खेल मैदान वर पर बस्न दिएको थिएन । यो पनि झापा एफ.सी बाट गलत कार्य भएको थियो । यति मात्र नभएर विपक्ष टिमलाई समेत अपशब्द बोलेका थिए । जसले गर्दा खेल मैदान तनाव हुन पुगेको थियो । आयोजकले १५ मिनेट सम्म झापा एफ.सी लाई खेल मैदान फर्कन आग्रह गर्दा नफर्के पछि रेफ्रिको निर्णयनै अन्तिम निर्णय हो भन्ने नियम भएको हुदा सो नियमको पालना गर्दै रेफ्रि ले लमजुङ एफ.सी लाई विजय घोषणा गरेको हो भनी नागार्जुन गुम्बाका सहसचिव राजु घिसिङ्ले फोनिज कोरिया लाई बताए ।

 

यसरी सत्य तथ्य भन्दा पनि पुर्बाग्रही ढंगले समाचार प्रकाशित गरी सामाजिक सद्भाव बिथोल्ने गरी संस्थाको मान मर्यादामा चोट पुर्याउने गरी समाचार प्रकाशीत नगर्न सम्बधित व्यक्ति वा संस्थालाई आग्रह गरिएको छ ।

 

 

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • डिसेम्बर २८ तारिक कोरियाको थेगुमा कलाकार ममता र पवित्रा गुरुङसँगै तमु ल्होसार भव्य मनाइने
  • युबिन श्रेष्ठको नेतृत्वमा प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको नयाँ समिति गठन
  • कोरियामा ‘नवयुगकि सुम्निमा’ कविता संग्रह माथि चर्चा कार्यक्रम सम्पन्न
  • गैर आवासिय नेपाली संघ र सोनसिकद्वारा ‘वृहत अन्तरक्रिया कार्यक्रम ‘ गरिने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...