सोचे जस्तो छैन कोरिया


डोलराज भुषाल

५ वर्ष अघिकोरिया जानलाई परीक्षा दिएँ । औद्योगिक क्षेत्रका लागि फारम भरेर परीक्षा दिएको पास पनि भएँ । पास भएपछि जानुअघि आठ दिनको कक्षा पनि दिइयो । कक्षामा घरबाट टाढा हुँदा गाह्रो हुनेदेखि लिएर कम्पनीमा काम गर्दा अपनाउनुपर्ने सावधानी पनि सिकाइएको थियो ।

 

भाषा त हामीले बाहिरै सिकेका थियौं तर यहाँ सिकेको भाषा त्यहाँ त्यति धेरै काम लागेन । हामीले लेख्दा र बोल्दा फरक भएजस्तै त्यहाँ पनि लेख्ने एउटा तर बोल्ने अर्कै हुँदो रहेछ । हामीले लेख्दा बर्दघाट लेखेपनि बोल्दा बरघाट भने जस्तै । त्यसैले बुझ्न र बोल्न निकै गाह्रो हुनेरहेछ ।

 

यहाँ सिकाउँदा हामीलाई एकदमै शुद्ध सिकाइन्छ तर त्यहाँ भने त्यस्तो शुद्ध बोल्दैनन । अनि केही अक्षर छोडेर बोल्दा पनि के भनेको भनेर अल्मलिएँ । पछि गएर त सजिलै भयो । भाषा नजान्दाको समस्या निक्कै ठूलो छ । कम्पनीमा काम गर्दा यदी आफु भाषा नजान्ने छ भने त्यहाँ भएका गल्ती जति सबैले आफैंलाई लगाइदिँदा रहेछन । अनि म जस्तै प्रायः नेपाली गल्ती मेरो होइन भनेर भन्न पनि सक्दैनन । अनि गाली खाइन्छ ।

 

मैले एक वर्ष प्लाष्टिक पाइप फयाक्ट्रीमा काम गरें । त्यहा काम गर्ने कोरियाका कामदार धेरै त आर्मीको ट्रेनिङ गरेका हुँदा रहेछन । त्यसैले काम गर्दा छिटो मात्रै होइन कुदेरै गर्दा रहेछन । अनि उनीहरुसँग काम गर्ने मान्छेले पनि उनीहरु जस्तै छिटो काम गर्नुपर्नेरहेछ ।

 

कतिको छिटो काम गर्दोरहेछ भनेर हेरिरहँदो रहेछ । यहाँ त हामी अरुको काम गर्न जाँदा पनि साहु नभएको बेलामा एकछिन रेष्ट गरौं न त भन्ने बानी परेका मान्छे तर त्यहाँ त्यस्तो हुँदैन रहेछ । मेरो त बेलुकाको ड्युटी थियो ।

 

त्यसैले निद्रामा मेसिनमा काम गर्दा निकै खतरापूर्ण थियो । त्यसैले प्लाष्टिकको कम्पनी छोडेर गाडीका ससाना पार्टपुर्जा बनाउने कम्पनिमा गएँ । त्यहाँ पनि त्यति धेरै सुरक्षित भइन । एक त मेसिनमा काम गर्दा च्यापिने डर, त्यहीँमाथि माथि रसायनमा पनि काम गर्नुपर्दा श्वासप्रश्वासको रोग नै निस्किएला जस्तो भयो । म्यानिफेक्चरमा गएकाले कृषिमा जान मिल्ने तर कृषिमा गएकाले म्यानिफेक्चरमा जान नमिल्ने नियम रहेछ । त्यसैले म्यानिफेक्चर छोडेर म कृषिमा गएँ ।

 

कृषिमा म पशुपालनमा काम गरें । म्यानुफ्याक्चरमा भन्दा पशुपालनमा काम त केही सजिलो नै हो । किनभने कुनै मेसिनको काम गर्नुपर्दैन । तर पनि कमाइ चाहिँ फ्याक्ट्रीमा जस्तो हुँदैन । सुरुमा जति सम्झौता भएको छ पैसा त्यति मात्रै हुन्छ । ओभरटाइम पनि हुँदैन अनि कम्पनीमा जस्तो शनिबार छुट्टी पनि हुँदैन । सयमा चार पाँच जना नेपालीको काम र कमाइ पनि धेरै राम्रो छ भनेको सुनें अनि देखें पनि । तर धेरैको काम गाह्रै छ ।

 

कृषिमा जानेहरुको पनि बिहानदेखि बेलुकासम्म दिउँसो एक घण्टा खाना खाने समय भन्दा एकछिन पनि फुर्सद छैन । त्यहाँ मिनारी भन्ने साग जुन घुँडा घुँडा पानीमा हुन्छ त्यो टिप्ने र काट्नेमा काम छ । उनीहरु दिनभरी पानी मै हो अनि पानी बाहिरै फल्ने साग टिप्नेहरु पनि दिनभरी लामा लामा टनेलमै हुन्छन बाहिर निस्किन पाउँदैनन । त्यसैले यहाँ सोचे जस्तो रहेनछ कोरिया ।

केशव विक

म अहिले २ वर्ष पुरा गरेर विदामा घर आएको हुँ । म कम्पनीमा काम गर्न गएको थिएँ । त्यहाँ धेरैजसो काम उभिएरै गर्ने हुँदो रहेछ । काम गर्ने ठाउँमा प्रायः उभिएर काम गरेको देखिँदैन । उभिएको देख्दा उनीहरुले राम्रो मान्दा रहेनछन । सबैभन्दा ठूलो समस्या त भाषा नै हो । यहाँ सिकेको भाषा त्यति पर्याप्त हुँदैन ।

 

यदि भाषा जानिएन भने बेसिक सेलरी जति छ त्यति मात्रै कमाई हुन्छ । भाषा राम्रो छ भने बेसिक भन्दा पनि राम्रो कमाई हुन्छ । काम त कहिले ८ घण्टा हुन्छ अनि धेरै त तीन चार घण्टा ओभरटाइम गर्नैपर्छ । त्यसैले अहिले कोरिया जाने तयारीमा रहेका युवाले यी सबै कुरा ध्यान दिनुहोला

– नवलपरासीको बर्दघाटका डोलराज भुषाल र केशव विकसँग मालती न्यौपानेले गरेको कुराकानीमा आधारित-उज्यालो

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • छुसकमा शेर्पा संघले “हिमालयन सांगितिक धमाका” आयोजना गर्ने
  • ‘छ्योर्तेन राम्रो..’मा गौतम र मिनुको अभिनय (भिडियो)
  • गौतम गोलेको दोस्रो म्युजिक भिडियो ‘छ्योर्तेन राम्रो’को पोस्टर सार्वजानिक
  • गौतम गोलेको दोस्रो म्युजिक भिडियो ‘छ्योर्तेन राम्रो’को पोस्टर सार्वजानिक
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...