संघिय समाज द.कोरिया द्वारा पार्टी सम्बद्द “प्रवास सम्पर्क समिती” गठन


संघीय समाजबादी फोरम नेपालको प्रबास संगठन कोरिया स्थित नेपाली संघिय समाज द.कोरियाले  पार्टी सम्बद्द “प्रदेश प्रवास सम्पर्क समिति” गठन गरेको छ । गत सेप्टेम्बर २८ दोंगदेमुनमा कोरियाको महान चाड चुसकको अबशर पारेर पार्टी भेटघाट कार्यक्रममा बिभिन्न “प्रदेश प्रवास सम्पर्क समिति” गठन गरेको हो ।

“प्रदेश प्रवास सम्पर्क समिति” अन्तर्गत तमुवान प्रदेश प्रवास सम्पर्क समिती इन्चार्ज धिरज गुरुङ, ताम्सालिङ प्रदेश प्रवास सम्पर्क समिती इन्चार्ज देबराज स्याङ्तान, किंरात प्रदेश प्रवास सम्पर्क समिती इन्चार्ज यम कुमार राई,  मगरात प्रदेश प्रवास सम्पर्क समिती इन्चार्ज किरण थापा मगर र लिम्बुवान प्रदेश प्रवास सम्पर्क समिति इन्चार्ज नोगेंङ् नेम्बाङ् रहेका छन् ।

“लिम्बुवान प्रदेश प्रवास सम्पर्क समिति” अन्तर्गत सदस्यहरुमा क्रमशःपुर्ण नेम्बाङ, राजेन्द्र चेम्जोङ, नेत्र सम्बाहाम्फे, इमुहाङ फियाक, कमल चेम्जोङ, दिपेन्द्र आङ्बुहाङ, राम आङ्बुहाङ, महेश केरुङ, चन्द्र सम्बाहाम्फे, किरण लिम्बू, दिवस सम्बाहाम्फे र दुर्गा आङ्बुहाङ रहेका छन् ।

सो पार्टी भेटघाट कार्यक्रममा नोगेन नेम्बाङ् लाई सर्बसहमतिबाट नेपाली संघिय समाज द.कोरियाको उपाध्यक्ष पदमा नियुक्ति गरेको छ साथै अहिले नेपालमा जारी भएको संविधानको बिषयमा बृहत  छलफल गरी पार्टीको भूमिकाको बिषयमा समेत छलफल भएको जनाएको छ ।

नेपाली संघिय समाज द.कोरियाका अध्यक्ष दिपेन्द्र राईको अध्यक्षतामा संचालन भएको उक्त कार्यक्रममा, जनजाती महासंघ द.कोरियाका अध्यक्ष चित्र ब. मोक्तान, किरात राई यायोख्खा द. कोरियाका अध्यक्ष दिनेश राई, निबर्तमान अध्यक्ष टिका राई, पत्रकारहरु र अन्य विभिन्न पेशा र संगठनमा आबद् नेपाली हरुको उपस्थित रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • सउलमा द एज ब्यान्डसँग झुमे दर्शक
  • रारा सांगीतिक सौगात टिकटक इभेन्टबाट नगद पुरस्कार जित्न सकिने
  • छुसकमा गरिने सांगीतिक कार्यक्रमको जानकारी सम्बन्धी एनसिसीद्वारा पत्रकार सम्मेलन सम्पन्न
  • रामेछाप सम्पर्क समितिको छुसकमा बृहत् भेटघाट तथा साङ्गीतिक कार्यक्रम
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...