पाँचैा नार्गाजुन कप बिबादस्पद, ६ खेलाडीलाई रेड कार्ड


समीर पैाडेल

सोल‘कतै नभएको जात्रा हाडी गाउँमा’ भन्ने उखान झैँ भएको छ पाचौं नागार्जुन कप | गत सेप्टेम्बर २८ मा दोङ्दुछन छुङ्हाव उन्दोङ्जाङमा नार्गाजुन गुम्बाले आयोजना गरिएको नार्गाजुन कपमा रेफ्रिले ६ जना खेलाडीलाई रेड कार्ड देखाएपछि दर्शक दिर्घाले माथिको उखान सम्झेका हुन् | ३२ टिम सहभागी भएको उक्त प्रतियोगीतामा फाईनल खेल लमजुङ एफसि र झापा एफसिबिच भएको खेलमा रेफ्रीका कारण बिबादस्पद बन्न पुगेको हो |

 

बेलुका ८:३० बाट सुरु भएको फाईनल खेलको सोह्रौं मिनेटमा झापा एफसिको डि एरियामा रेफ्रीद्वारा लिईएको फललाई लमजुङ एफसिका खेलाडीहरुले रेफ्रीको आदेश बिनानै बल संचालन गरेर गोल गरेका थियो ।

 

डि एरियामा फल भए सोहि ठाँउमा बल राखी बिपक्षीहरुले आफ्नो एरियामा खेलाडीहरुले बार लगाई सकेपछी रेफ्रीले आदेश दिनुपर्ने सो अनुसार पोस्टमा प्रहार गर्ने नियम फूटबल खेलमा रहेको छ |

 

उक्त घटनापछी झापा एफ सिका खेलाडीहरुले रेफ्रीको आदेश बिना संचालन गरेको गोल अमान्य हुने भन्दै प्रतिबाद गरेका थिए |यसै क्रममा रेफ्रीले ६ जना खेलाडीलाई रेड कार्ड दिएका थिए |

 

बिना कसुर रेफ्रीले रेड कार्ड देखाएपछि झापा एफ सिका खेलाडीहरुले खेल बहिस्कार गरेका थिए । ठुलो बिबाद र उपस्थित सबैले रेफ्रीको गलत निर्णय भएको बताएपछी रेफ्रीले आफ्नो गल्ति स्बिकार गर्दै रेडकार्ड फिर्ता लिएका थिए |

 

रेफ्रीले आफ्नो गल्ति स्वीकार गरे पनि आयोजक भने खेल संचानल नगरि एकलैाटी निर्णय गरेको थियो । सहभागी टीमहरु ईलाम एफसि मक्पो एफसि धरान एफसि लागाएत सहभागी टीमहरुले पनि आयोजकको भुमिका र रेफ्रीको एकलैाटी निर्णयप्रति आपति जनाएका छन् ।

 

कोरियाको ईतिहासमा यति धेरै टिम सहभागी यति ठुलो धनरासी असुली खेलाईएको फाईनल खेलमा भएको बिबादलाई अहिलेसम्म पनि समस्या सामाधानको लागी पहल नगर्नुले आयोजकको भुमिका शकास्पद देखीएको छ । अन्तिम फाईनल खेलमा बिबादमा परेको र आयोजकले एकलैाटी निर्णय गरेकोमा झापा एफसिले घोर भर्सना गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • गायिका इन्द्रेनी लोप्चनको तामाङ सेलो ‘बर्कोमा लुक्ने मैच्याङ’ सर्वाजनिक
  • गायक जिबन बोम्जनको ‘बुँईकले झ्यालैमा’ सार्वजनिक
  • गायिका इन्द्रेनी लोप्चनको म्युजिक भिडियो ‘होई आपा होई आमा’ सार्वजनिक 
  • कवि शकुन आँसुले दोङ्देमून शहर साहित्यमय बनाइन्।
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...