छाङवन माइग्रेण्ट आरिराङ महोत्सवमा नेपाली तारा प्रताप लामा, नेपाली सांस्कृतिक परेडको साथमा नेपालको सहभागी हुने


 

अशोक पोख्रेल, – कोरियामा नै सबै भन्दा ठुलो भनेर चिनीएको ” माईग्रेण्ट आरीराङ मल्टीकल्चर फेस्टीवल” माम्फ( MAMF) को सम्पुर्ण तयारी पुरा भएको आयोजकले वताएको छ। यही अक्टुवर २ देखी ४ सम्म गरिने यो महोत्सव ख्यङनाम माईग्रेण्ट सेन्टर र माम्फ आयोजक कमिटीले गर्दै आएको छ।  २२ भन्दा बढी देशहरू सहभागी रहने यस दशौं ( माम्फ MAMF) महोत्सवमा विभिन्न देशका मन्त्री साथै दुतबास प्रमुखहरूको पनी सहभागी रहने गर्दछ।

कोरीयामा रहेका प्रवासी र आदीबासीहरू संगै रमाउने यो महोत्सब गतशाल भएको ठाउँ, KBS TV भवन अगाडी रहेको ख्यङनाम छाङवन योङजि पार्कमा हुने भएको छ। भेतनाममा लगानी सम्बन्धी केन्द्रीत यस महोत्सव पहीलो दिन अौपचारीक उद्घघाटन, दोस्रोदिन प्रवाशीहरू बिच गायन प्रतिस्प्रधा र तेस्रो दिन विभिन्न सहभागी देशहरूको साँस्कृतिक परेड प्रदर्शन हुनेभएको छ।

दोस्रो दिन शनिबार गरिने विभिन्न देशका आप्रवाशीहरूले कोरियन गितमा प्रतिस्प्रधा गर्नेछन । अघिल्ला विभिन्न चरणहरूबाट छनौट भएका प्रतिस्प्रधीहरूले यस महोत्सवको दोस्रोदिन अन्तिम चरणमा उत्कुस्ट स्थानको लागी प्रतिस्प्रधा गर्नेछन्। पहिलो पुरस्कार ५० लाख वन रहेको उक्त गिती प्रतियोगीताको उपाधी गतबर्ष कम्वोडीयाले हातापारेको थियो भने यसपटक पनी पहिलो पुरस्कार ५० लाख वन रहेको छ ।

दोस्रोदिन ३बजे पछी हुने उक्त गिती प्रतियोगीता महोत्सवकै मनोरञ्जनात्मक र आकर्षक रूपमा हेरिन्छ । तेस्रो दिन आइतबार हुने विभिन्न देशको साँस्कृतिक परेड महोत्सबको अर्को मुख्य आकर्षक पक्ष हो। यस साँस्कृतिक परेडमा प्रथम हुनेलाई ३० लाख वन,दोस्रोलाई १‌० लाख वन पुरस्कार राशी रहेको छ । दिनको ३ बजेबाट सुरूहुने परेड प्रदर्शनीमा योपटक नेपालीहरूको विशेष परेड प्रदर्शनी हुनेभएको छ।

यस महोत्सवमा सहभागी विभिन्न देशहरूले,आफ्नो देशलाई चिनाउने अर्थात परिचय दिने विभिन्न प्रकारका संस्कृतिहरू चिनारीहरू, खानाकाप्रकाहरू भएका स्टलहरूको समेत प्रदर्शन गर्ने गर्दछन्। नेपालको पनी आकर्षक (विभिन्न संस्कृति झल्कने) स्टलको प्रदर्शनी साथै नेपाली स्वादका खानाका प्रकारहरू पनी खानपाइने भएकोछ।

नेपाली तारा प्रताप लामाको स्टेज कार्यक्रम नेपालीहरूको मुख्य आकर्षक र उत्साहको अर्को पाटो रहेको छ। प्रतेक वर्ष नेपालबाट कलाकार झिकाएर नेपाली गितको धमाका दिने र कलाकारलाई सम्मान गर्ने यस मेलामा यसपाली नेपाली तारा प्रताप लामाको प्रस्तुतीले मेला नै नेपालीमय बनाउने बुझीएको छ। नेपाली तारा प्रताप लामाले कोरीयाली भुमीमा सबै नेपालीलाई नचाउने सबैको अनुमान छ।

प्रतेक बर्ष नेपालीहरूको दमदार सहभागी र प्रस्तुती रहने यस महोत्सवमा यसपटक नेपाली पञ्चेबाजा, नेपाली मगर समुदायको नृत्य, नेपाली राई सामुदायको साकेला नृत्य थप आकार्षकका पक्ष रहनेछन्। यसपटकको साँस्कृतिक परेडमा नेपालको पर्दशनीले उत्कृष्ट स्थान लिन सफलहुने नेपालीहरूले आशागरेका छन्।

गतशालको जस्तै नेपालीहरूको बाक्लो उपस्थिति र सहभागी गराउन नेपालको तर्फबाट हरी थपलीयाको संयोजकत्वमा नेपाली तयारी समिती समेत गठन गरिएको छ। प्रदर्शनी स्थल सम्म जानको लागी सजिलोहोस भन्ने अनुभवबाट, वुसान,किम्हे,नोक्सान, याङसान, ,छाङवन,मासान, हामान, मिर्याङ,जिन्जु, थेगु आदी शहरहरूबाट निशुल्क रूपमा बसको ब्यबस्था गरिएको छ। कार्यक्रम स्थल सम्म जान सजिलो होस भन्ने मनशायले विभिन्न स्थानबाट निम्न ब्यक्तिहरूको माध्ययम बाट बसको प्रयोग गर्न सकिने नेपाली तयारी समितीका संयोजक हरी थपलीयाले वताएका छन्।

बुसान – १. गोविन्द पाण्डे – 01072664127

मुकुन्द सापकोटा – 01039328178

रविन राई – 01029136772

प्रशन्न पौडेल- 01059258104

किम्हे –  राजकुमार आले – 01066012906

अशोक पोख्रेल – 01059580108

हरि थपलीया – 01065108643

अनिस गुरूङ् – 01068986139

ईश्वर न्यौपाने – 01026557675

याङसान  आर्यनहरुले शाही 01065108643

लुम ओली – 01064922933

सालिक खत्री

थेगु  सोम ढकाल – 01028917076

भावना गुरूङ् – 01055611399

नेत्र दुलाल – 01027818164

अर्जुन श्रेष्ठ – 0108188403

प्रसन्न पौडेल – 01059258104

युवराज तिवारी –

जिन्जु  सन्तोस कु. राई – 01021806693

अविनाश क्षेत्री – 01059648262

मिर्याङ

निराजन पाण्डे – 01021923620

हामान  मनोज बुढाथोकी – 01021881555

यङसान उसाङ सछाङ आनन्द कोइराला – 01027003108 –

किम्हेबाट ३ तारीक शनिबार ५:३० बेलुका नोदङवु अघाडीबाट महोत्सव स्थल सम्म जान- आउनेको लागी एउटा बसको ब्यबस्था रहेको छ भने आइतबार विहान १० र ११ बजे २ वटा बसको ब्यबस्था  छ। त्यस्तै गरेर अन्य ठाउँबाट आईतबार बस प्रयोग गर्नको लागी माथि उल्लेखीत ब्यक्तिहरू संग बुझ्नुपर्ने भएको छ।

नेपालको कला,संस्कृति, पहिचान दिने साथै नेपाली कलाकारको सम्मान र हौशला बढाउने कार्यक्रम भएकोले सम्पुर्ण नेपालीहरूलाई सहभागी हुनुको लागी, किम्हे माइग्रेण्ट हाउसका अध्यक्ष अर्थात यस महोत्सव आयोजक मध्येका एकजना अध्यक्ष यज्ञराज सुवेदीले अनुरोध समेत गरेका छन्। विदाको दिन परेको हुनाले सम्पुर्ण नेपालीहरू सहभागी भइ नेपालको कला- संस्कृति,कलाकार आदिको परिचय दिने एक महत्वपुर्ण अवसरको रूपमा उक्त महोत्सवलाई प्रयोग गर्नुपर्ने देखीन्छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • छुसकमा शेर्पा संघले “हिमालयन सांगितिक धमाका” आयोजना गर्ने
  • ‘छ्योर्तेन राम्रो..’मा गौतम र मिनुको अभिनय (भिडियो)
  • गौतम गोलेको दोस्रो म्युजिक भिडियो ‘छ्योर्तेन राम्रो’को पोस्टर सार्वजानिक
  • गौतम गोलेको दोस्रो म्युजिक भिडियो ‘छ्योर्तेन राम्रो’को पोस्टर सार्वजानिक
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...