Advertisement
SKIP THIS

किम्हेमा फुटबल प्रतियोगीता हुने


– अशोक पोख्रेल

किम्हे, प्रत्येक बर्ष आयोजना गरिदै आएको एक दिवसीय फुटबल प्रतियोगिता कोरियाको किम्हे शहरमा यसपाली पनी हुने भएको छ। प्रवासीहरूको सक्रिय सामाजिक संस्था किम्हे माइग्रेण्ट हाउसले प्रतेक बर्ष आयोजना गर्दै आएको यो प्रतियोगिता आउने नोभेम्वर १ आइतबारको दिन विहानबाट हुने भएको छ।

 

प्रतियोगिता गत बर्ष आयोजना भएकै स्थान अवाङदोङ फुटबल मैदान अर्थात 경상남도 김해시 어방동 ( 어방체육공원) मा हुने भएको छ। इन्जे विश्वविद्यालय नजिकै रहेको उक्त फुटबल मैदानमा जान किम्हेशहरबाट टियाक्सी प्रयोग गर्दा करिब १० मिनेट जति लाग्नेछ। नेपाली युबाहरूको बढी बाहुल्यता र सक्रियता भएको किम्हे माइग्रेण्ट हाउसले आयोजना गर्ने हरेक कार्यक्रम सफलतापुर्ण सम्पन्न हुने गरेका छन् भने गतशालको फुटबल प्रतियोगीता पनी भब्यरुपमा र सभ्य तरिकाले सम्पन्न भएको थियो।

 

कोरियाको बुसान- किम्हे क्षेत्रमा नै सबैभन्दा ठुलो मानिने उक्त प्रतियोगिताको प्रथम: पुरस्कार १० लाख वन, प्रमाणपत्र साथै कप  रहेको छ। त्यस्तै दोस्रो ७ लाख वन, प्रमाणपत्र अनि उत्कृष्ट एक खेलाडीलाई १ लाख वनको ब्यबस्था गरिएको आयोजकले बताएको छ।

 

यस प्रतियोगितामा सहभागी हुने टिमहरूले यही अक्टुवर २५ सम्ममा आफ्नो टिम दर्ता गराइसक्नुपर्ने छ। प्रतेक सहभागी टिमले आफ्नो टिम दर्ता गराउँदा अनिवार्य रूपमा टिम क्याप्टेनको नाम र सम्पर्क नम्बर साथै खेलाडीहरूको विवरण पनी उपलब्ध गराउनुपर्ने भएको छ। प्रतेक टिमको दर्ता शुल्क : २ लाख वन रहेको छ। दर्ता गरिसकेको टिमले यदी दर्ता रद्द गर्नपरेमा खेलतालिका सार्वजनिक गरिनुभन्दा अगावै जानकारी दिनुपर्ने यदी खेलतालिका सार्वजनिक गरिसकेपछी टिम दर्ता रद्द गरेमा दर्ता शुल्क : फिर्ता नहुने आयोजकले बताएको छ।

 

यस प्रतियोगिताको खेलतालिका वा खेल टाइसिट अक्टोवर २७ तारिकमा सार्वजनिक गरिने भएको छ। प्रतियोगिताको ब्यबस्थापन पक्षको तयारी हुहै गरेको र टाइसिट निकाल्ने समय सम्ममा सबै तयारी पुरा हुने बुझिएको छ। यस प्रतियोगिताको बारेमा थप जानकारी लिन निम्न ब्यक्तिसंग सम्पर्क गर्नसकिने छ । १. के.वि.पुन – 01024732426

२.अनिस गुरूङ् – 01068986139

३. सुबास लामा – 01073146521

४. मिलन राई – 01021810977

टिम दर्ता शुल्क : बुझाउनको लागी निम्न विवरणको प्रयोग गर्नुपर्ने बताइएको छ। बैकं – NH ( 농협은행) खाता नं. 301-0148-481531 खातावालाको नाम – 김해이주민의집

बेलाबखतमा यसरी प्रतियोगिताको आयोजना गरेर वर- पर छरिएका नेपालीहरूलाई एकिकृत गर्दै, मनोरञ्जन दिलाउने आयोजक किम्हे माइग्रेण्ट हाउसलाइ धन्यबाद साथै प्रतियोगिता सफलताको कामना पनि ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...