कोरियाको जहाज जापानमा चिप्लियो
एजेन्सी
सोल-दक्षिण कोरियाको एसियाना एयरको जाहाज हिरोसिमाका विमानस्थलको धावनमार्गबाट चिप्लिएको छ । केही समयअघि त्रिभुवन विमानस्थलमा टर्किस एयरको विमान धावनमार्गबाट चिप्लिएर दुर्घटनाग्रस्त भएकै किसिमले जापानको हिरोसिमामा पनि जहाज चिप्लिएकको हो ।
कोरियाको इन्च्छन अन्तरराष्ट्रिय बिमानस्थालबाट ७४ जना यात्रु लिएर उडेको एयर बस ३२० ल्यान्डिङ गर्ने बेलामा धावन मार्गबाट चिप्लिएर घाँसमा आइपुगेको थियो ।
स्थानीय मिडियालाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार २० जना यात्रु सामान्य घाइते भएका छन् । घटनापछि केही घन्टाका लागि विमानस्थल बन्द गरिएको छ । जापानको उड्ययन मन्त्रालयका अधिकारीहरुले जहाजलाई अवतरण गर्न सजिलो पार्नका लागि धावनमार्गमा राखिएको ‘रेडियो फेसेलिटी’का कारण यस्तो भएको हुनसक्ने बीबीसीले जनाएको छ ।