इपिएसका नक्कली परीक्षार्थीलाई सार्वजनिक अपराधमा मुद्दा चलाइने


काठमाडौं– भोलि असोज २ तथा ३ गते लिइने इपिएस कोरियाली भाषाको परीक्षालाई मर्यादीत बनाउन इपिएस कोरिया शाखाले ३ तहको सुरक्षा व्यवस्था अपनाउने तयारी गरेको छ।

 

 

विद्यार्थीलाई प्रवेश गर्ने गेटमै प्रवेशपत्र, पासपोर्ट वा नागरिकता र फोटो अनुहारसँग मिलाउने, गेटभित्र प्रवेश गरेपछि पनि नाम लगायत आवश्यक पहिचान गर्ने व्यवस्था मिलाइएको शाखाका निर्देशक डिल्ली राम बास्तोलाले बताए।

 

 

‘त्यसपछि पनि नक्कली विद्यार्थी फेला परे पक्राउ गरी पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी गरेका छौं,’ उनले भने, ‘नक्कली परीक्षार्थीका रुपमा पक्राउ पर्ने व्यक्तिलाई कानुन अनुसार सार्वजनिक अपराध अन्तर्गत मुद्दा चलाइने छ।’ उनका अनुसार गत वर्ष ८२ जना नक्कली परीक्षार्थी पक्राउ परेको थिए। यस वर्ष नक्कली परीक्षार्थी रोक्न शाखाका कडा नीति अपनाउन लागिएको हो।

 

 

नक्कली परीक्षार्थीका रुपमा पक्राउ पर्नेमा कोरियाको रोजगारीमा बहाल वा अनुमति प्राप्त व्यक्ति पाइए उक्त अनुमति खारेज गरिने, एक पटक कोरिया गएर आएका पूर्व कामदार भएमा कम्प्यूटरमा आधारित टेष्ट(सिबिटी) दिएर पुनः कोरिया जान पाउने अवसरबाट बञ्चित गर्नेेसम्मको कारवाही गर्ने निर्णय शाखाले गरेको छ।

 

 

‘भाषा पढाउने कतिपय शिक्षक लगायतका व्यक्तिले पनि अर्कोको परीक्षा दिने तयारी गरिरहेको सूचना हामीलाई प्राप्त भएको छ,’ निर्देशक बास्तोलाले भने, ‘त्यस्तो पाइए कानुन बमोजिम कारबाही गरिन्छ। कसैले उन्मुक्ति पाउँदैन।’ निर्देशक बास्तोलाका अनुसार नक्कली परीक्षार्थीका विषयमा सूचना दिने व्यक्तिलाई पुरस्कृत गरिने र नाम गोप्य राखिने समेत निर्णय भएको छ।

 

 

 

काठमाठौंमा १५ र पोखरामा ३ ओटा परीक्षा केन्द्र

असोज २ र ३ गते हुने परीक्षाका लागि काठमाडौं उपत्यकामा १५ वटा र पोखरामा ३ ओटा गरी कुल १८ ओटा परीक्षा केन्द्र तोकिएको शाखाले जनाएको छ। शाखाका अनुसार दैनिक २ सत्रका दरले २ दिनमा ४ सत्रमा परीक्षा सम्पन्न गर्ने तयारी छ ।

 

 

कोरियाले यस वर्षका लागि कुल ७ हजार १ सय कामदारको कोटा निर्धारण गरेकोले परीक्षाबाट त्यति नै संख्यामा उत्कृष्टताको आधारमा कामदार छनोट गर्ने तयारी शाखाको छ। उक्त कोटा मध्ये उद्योगिक क्षेत्रतर्फ ४ हजार ९ सय र कृषि तथा पशुपालनतर्फ २ हजार २ सयको कोटा प्राप्त भएको शाखाले जानकारी दिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • चलचित्र ‘ऊनको स्वीटर ‘ सुवन शोको मिति परिवर्तन, जुन १ मा प्रदर्शन हुने
  • विश्वव्यापी खुल्ला कविता प्रतियोगिताको नतिजा घोषणा मे १८ मा हुने
  • किरात राई यायोक्खाले कोरिया भर ‘साकेला’ मनाउँदै
  • गायक तथा मुन्दुम विद जितेन राईको साथमा कोरिया भर ‘साकेला’ मनाईदै
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...