Advertisement
SKIP THIS

अन्नपूर्ण क्षेत्र बुझ्दै कोरियाली राजदूत


काठमाडौं-भूकम्पपछिको अन्नपूर्ण क्षेत्रको भौतिक अवस्थाबारे कोरियाली कूटनीतिज्ञले चासो देखाएका छन्। आफ्ना नागरिकलाई नेपाल घुम्न बोलाउन हुन्छ, हुन्न बुझ्न दूतावासका उच्च अधिकारीले पोखराका पर्यटन व्यवसायीसँग जानकारी लिएका हुन्।

 

विशेषगरी अन्नपूर्ण आधार शिविर र फेरोको सुरक्षा अवस्थाबारे बुझ्न नेपालका लागि कोरियन राजदूत छोय योङ जिन र काउन्सिलर पार्क जी योङ सहितको टोली बिहीबार पोखरा आएको हो। उनीहरुले अन्नपूर्ण क्षेत्रको अवस्थाबारे जानकारी लिएका थिए।

 

नेपालमा वर्षमा करिब ३० हजार दक्षिण कोरियाली पर्यटक आउने र तीमध्ये २५ हजार पोखरा पुग्ने सो अवसरमा राजदूत जिनले जानकारी दिए। ‘हाम्रा हजारौं नागरिक नेपाल घुम्न आउँछन्। उनीहरु टे्रकिङ गर्न आउने हुन्,’ राजदूत जिनले भने, ‘पर्यटक जाने ट्रेकिङ रुट सुरक्षित छ, छैन बुझ्न हामी आएका हौं।’ अन्नपूर्ण आधार शिविर र फेरोबारे बढी मात्रामा चासो रहेको उनले बताए।

 

पोखराका व्यवसायीले विश्वस्त बनाउन सके आफ्ना नागरिकलाई नेपाल सुरक्षित रहेको जानकारी गराउने उनले बताए। ‘भूकम्प गएको ५ महिना नाघ्यो, मनसुन पनि सकियो। अन्नपूर्ण आधारशिविर र फेरोको अवस्था के कस्तो छ, जानकारी लिन हामी आफैं आएका छौं,’ उनले भने, ‘यो मौसम सकिएपछि कोरियन पर्यटक आउँछन्। उनीहरुलाई नेपालको पदयात्रा क्षेत्र सुरक्षित रहेको जानकारी गराउन चाहन्छौं।’

 

पदयात्रामा गएका पर्यटकलाई बसोबासको व्यवस्था, पदमार्गमा जाँदा बाढी–पहिरोको डर भए, नभएको बुझ्न आफैं आएको उनले बताए। विभिन्न अध्ययन र पदयात्रामा गएर फर्केका पर्यटकले पदयात्रा क्षेत्र सुरक्षित रहेको जानकारी दिए पनि अझै बढी विश्वस्त हुन आफूहरु आएको उनले बताए। राजदूत सहितको टोलीले नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल एजेन्टस् (नाट्टा) पश्चिमाञ्चल क्षेत्रीय संघका पदाधिकारी, प्रशासनिक र प्रहरी प्रमुखसँग सुरक्षा अवस्थाबारे जानकारी लिएका थिए।

 

‘म आफैंले अन्नपूर्ण क्षेत्र घुम्न सुरक्षित छ भनेर कोरियाली नागरिकलाई भन्न सक्ने अवस्था हुनुपर्योश,’ उनले भने, ‘त्यसो भयो भने उनीहरु आउँछन्।’ पर्यटन व्यवसायीले अझै गम्भीर भएर प्रवर्द्धनात्मक गतिविधि गर्न सकेको खण्डमा आगामी दिनमा कोरियाली पर्यटक आउने उनले बताए।

 

‘कोरियाली पर्यटक भीड लागेर अहिल्यै आउँछन् भन्ने होइन। तर सुरक्षित रहेकोबारे हामीले उनीहरुलाई आश्वस्त पार्नुपर्छ,’ उनले भने, ‘नेपाल सुरक्षित छ भनेर बोलाउनै पर्छ।’ नेपाल आउन चाहने कतिपय पर्यटकले दूतावासमार्फत जानकारी लिने गरेको उनले बताए। ‘दूतावासमा सोध्नेलाई म आफैंले ढुक्क भएर घुम्न आऊ भन्ने अवस्था हुनुपर्छ,’ उनले भने।

 

छलफलमा पोखरा पर्यटन पुनर्जागरण समिति (पिटिआरसी) का संयोजक गणेशबहादुर भट्टराईले भूकम्प गए पनि सबै क्षेत्रमा असर नपरेको भन्ने जानकारी विदेशी पर्यटकलाई दिलाउन राजदूतसँग आग्रह गरे। ‘पूरै नेपाल ध्वस्त भएको भन्ने जस्तो गलत सन्देश प्रवाह भएर अहिले पाहुनाविहीन हुनुपरेको हो,’ उनले भने, ‘त्यस्तो होइन। पश्चिम क्षेत्र झनै सुरक्षित छ।’ राजदूतको यो भ्रमणले सकारात्मक सन्देश प्रवाह हुने र आगामी दिनमा कोरियाली पर्यटक नेपाल भित्र्याउन सहज हुने अपेक्षा रहेको उनले बताए।

 

नाट्टाका अध्यक्ष पोमनारायण श्रेष्ठले यतिबेला सकारात्मक सन्देश प्रवाहको खाँचो निकै रहेको बताए। ‘पोखरा र आसपासका क्षेत्र सुरक्षित रहेकोमा शंका गर्नुपर्दैन,’ उनले भने, ‘खतरा छैन भन्ने सन्देश पठाउनु नै अहिलेको आवश्यकता हो।’

उडान थप्ने

 

कोरियन एयरलाइन्सले आगामी अक्टोबरदेखि काठमाडौं उडान थप्ने तयारी गरेको छ। भूकम्पअघि सातामा दुई उडान गरिरहेको हवाई कम्पनीले भूकम्प गएपछि यात्रु अभावमा घटाएर सातामा एउटा मात्र उडान गरेकोमा अब दुइटा पुर्याकउने राजदूत जिनले जानकारी दिए। ‘अक्टोबर दुईदेखि हरेक सोमबार र शुक्रबार उडान हुनेछ,’ उनले भने, ‘भूकम्पको असर कम भयो। वर्षा पनि सकियो। अब कोरियन पर्यटक नेपाल आउने हुन्छन्। उनीहरुका लागि उडान चाहिन्छ।-नागरिक

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...