कोरियामा दोहोरो कमाईसँगै नाम कमाउने नेपाली


 

मीनप्रकाश उप्रेती

 

 

सोल – कोरियामा काम गर्न आएका एक नेपालीले कम्पनीले दिने तलब भन्दा बढी पैसा बिदाको दिनलाई सदुपयोग गरेर कमाउने गरेका छन् । सर्लाही नवलपुरका नरेन श्रेष्ठ रोजगार अनुमति प्रणाली बाट कोरिया आएका हुन तर उनी बिदाको दिनलाई सदुपयोग गरेर कम्पनीको भन्दा बढी पैसा कमाउने गर्दछन् ।

 

 

कोरियामा छायाङ्कनको काम गर्दै आएका श्रेष्ठले दाम सँगै नाम पनि उतिनै कमाएका छन् । अहिले श्रेष्ठलाई म्युजिक भिडियो , सर्टमोभि ,विवाह पाटी र समाचार छायाङ्गनमा भ्याई नभ्याई छ । यी सबै कामहरू उनी कम्पनीमा बिदा भएको दिनमा गर्ने गर्दछन् ।

नेपाली म्युजिक भिडियो प्रा.लिई.को सुटिङ्ग स्थलमा अनलाइन कर्मि सँग भेट हुदा श्रेष्ठ निकै ब्यस्थ थिए । त्यतिबेला उनी प्रसिद्ध गायक प्रमोद खरेलको स्वरमा रहेको “मेरो दिलमा तिर हानी गयौ तिमी अर्कै छानी ” गीतको सुटिङ्गको अन्तिम चरणमा थिए ।

 

 

सानै देखि क्यमरामा रुचि राख्ने श्रेष्ठ जीवनको मुख्य लक्ष्य कुशल सिनेग्राफर बन्ने रहेको बताउछन । उनको क्यमरा प्रतिको प्रेरणा भने गज्जवको छ । स्कुल पढ्दा शैक्षिक भ्रमणमा पोखराको महेद्रगुफा पुगेका बेला आफ्नै शिक्षकको फोटा बिगर्दा खानुपरेको गाली आजभोलि उनी मार्गदर्शकको रूपमा लिएर हिड्ने गरेको बताउछन ।

 

 

पन्ध्रलाख रुपया बराबरको सिने सामाग्री जोडेर काम गर्दै आएका श्रेष्ठले मासिक दुईलाख रुपया सम्म यसैबाट कमाउने गरेका छन् । प्रतिदिन चार घण्टा मात्र सुत्ने गरेको बताउने श्रेष्ठले कमंपनिको कामलाई पहिलो प्रथमिकता दिने गरेका छन् । कोरियामा कुशल क्यमरामेनमा नाम कमाउदै आएका श्रेष्ठलाई नेपालीहरूले हरेक कार्यक्रममा सम्झने गर्दछन् ।उनले छायङ्गकन गरेका गीतहरू म्युजिक भिडियो अवार्डमा समेत छनैाट भएका छन् ।

 

 

श्रेष्ठले छायाङ्कन गरेका गरेका म्युजिक भिडियोहरुमा धरोधर्म तिमिलाई माया मार्याभए कसम ,मेरो दिलमा तिर हानी गयौ तिमी अर्कै छानी ,चोखो माया लाउछु भन्थे मुटु तेसै तोडिएछ , म सङ्ग मन छ तिमी सङ्ग माया भए ,मुटु फिर्ता दिएर जाऊ यदि छाडेर जान्छौ भने ,मलाई माया गर्ने मुटु दुख्दा कति रोयौ होला लगायत दुई दर्जन बढी गीतहरू रहेका छन् ।

 

युनिभर्शल अनलाइन टेलिभिजन , नेपाली म्युजिक भिडियो प्रा.लि. र सुनाखरि ब्याडका ब्यवस्थापक तथा सिनेग्राफर रहेका श्रेष्ठ कोरियाको चर्चित कार्यक्रम कोरिया सन्देशका क्यामेरामेन रहेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • चलचित्र मनसराको ओन्याङ शो मे १२ तारिख हुने
  • कोरियाको चर्चित सिनेमा हल CGV मा “डिग्री माईला”
  • नव गायिका ईन्द्रेणी लोप्चनको ‘मायाको तिर्सनाले’ सर्वाजनिक
  • पाँचथर सेवा समाजको आयोजनामा सुवनमा “महाजात्रा” प्रदर्शन हुने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...