नाच्ने होइन त कर्म ब्याण्डसंग ?
श्रीराम तमु
सोल- ‘कहाँ होला घरबार, कहाँ होला गाउ’ ‘यानी माया…’, ‘हुक्का मेरो’ , ‘नया सपना’, ‘यदि समयको’ ,’मायालु किन हो मौनतामा’ जस्ता चर्चित गीतहरु लाखौ श्रोता दर्शकमाझ पस्कि सकेको नेपालकै बहुचर्चित सांगीतिक व्याण्ड कर्म व्याण्डले कोरियाको राजधानी सोलमा कोरियन चाड छुसकको अवसरमा तमु धी कोरियाको आयोजनामा बेजोड सांगीतिक प्रस्तुति दिने भएको छ |
रोधीँ सांगीतिक सौगात भाग ३ अन्तर्गत हुन लागेको सो कार्यक्रमको नाम ‘कर्म व्याण्ड लाइभ कन्सर्ट इन कोरिया’ दिइएको छ |साथै उक्त कन्सर्टमा चर्चित भर्सटाईल गायिका अन्जु पन्त र प्रख्यात लोकदोहोरी गायिका कृष्णा गुरुङको पनि प्रस्तुति रहनेछ |
“नबिर्से तिमीलाई …,”मेरो मनको ढुक ढुकीमा…”तिमीले पराइ ठानेपछी …जस्ता दर्जनौ सुपर हिट गित दिएर नेपाली सुगम संगीतलाई नया उचाइमा पुरयाउन सफल अन्जु पन्तको स्वरमा कर्ण प्रिय गीतहरुको रसास्वादन गर्न पाइनेछ भने “निधारैमा लेखेसी…”एक एक जोडे दुइ हुन्छ….”दामी देखिन्छ…. जस्ता चर्चित लोकदोहोरी गीत दिन सफल लोकदोहोरी गायिका कृष्णा गुरुङको साथमा कम्मर भाची भाची नाच्न पाइनेछ |
छुसकको दोस्रो दिन सोलको हुक्सक स्टेशन नजिकैको वन बुल्क्यो सोल ह्वैग्वानको हलमा दिनको १ बजेदेखि उक्त कन्सर्ट शुरु हुनेछ |सववे लाइन न.९को हुक्सक स्टेशन को गेट न.१ बाट सजिलै कन्सर्ट स्थल पुग्न सकिनेछ |
यसअघि तमु धी कोरियाले सन् २००७ र २०१० मा रोधी सांगीतिक सौगात क्रमश भाग १ र २ सफलतापूर्वक सम्पन्न गरि सकेको छ | कोरियामा रहेका सबै जातीय सस्था भन्दा जेठो सस्था तमु धी कोरियाले स्थापना कालदेखि नै कोरियावासी नेपाली हरुको हरेक दुख सुखमा हातेमालो गर्दै आइरहेको छ |
यस अघि सन् २०१० मा रोधी सांगीतिक सौगात भाग २ आयोजना गरि सामाजिक उत्तरदायित्व अन्तर्गत करिब २२ लाख रुपैयाको लागतमा यसै सालदेखि काठमान्डौको जोरपाटी स्थीत जम्बु डाडामा शवदाह गृह संचालनमा ल्याएको छ | बेखर्ची भै अलपत्र परेका नेपालीहरुलाई खर्च जुटाई नेपाल पठाइदिने,बिरामीहरुलाई उपचार सहयोग तथा अस्पताल भर्ना,मृत्यु भएकाहरुको शवदाह तथा शव नेपाल पठाउने लगायत का कार्यहरुमा तमु धी कोरियाले आफ्नो स्रोत र साधन ले भ्याएसम्मको सहयोग नेपाली समुदायलाई पुर्याउदै आएको छ |
यसै गरि आफ्नो भेषभुषा,कला सस्कृति को जगेर्नाको खातिर हरेक साल तमु ल्होछार,वनभोज,रि चहमी कै जस्ता आफ्नो सास्कृतिक पर्वहरु मनाउदै नेपाल र नेपालि गौरव र प्रतिष्ठालाई उच्च पार्ने कार्यहरु गर्दै आइरहेको छ |
नेपाल प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेको यथार्थलाई मध्य नजर राख्दै प्राकृतिक प्रकोप सहायता कोष स्थापनार्थ र कोरियामा दिर्घकालिन एवं व्यवस्थित तमु हाउस संचालनको लागि रोधी सांगीतिक सौगात भाग ३ आयोजना गर्न लागीएको तमु धी कोरियाले जनाएको छ |
भूकम्प,आगलागी तथा बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपमा परि आहत भएका हरुलाई उक्त कोषबाट सहयोग गरिनेछ भने यसरी संचालन हुने तमु हाउसमा कोरियामा बेरोजगार भएर बसेका नेपालीहरुलाई निशुल्क आवास तथा भोजनको व्यवस्था गरिनेछ | तमु मात्रै होइन जोसुकै गैर तमु नेपालीहरुले उक्त आवास गृहबाट सेवा लिन सक्नेछ |
कन्सर्टलाइ भव्य र सभ्य तवरले सफल पार्नको लागि प्रचार, प्रसार लागायत आवश्यक तयारी युद्द स्तरमा भैरहेको महासचिव प्रितम गुरुङले बताएका छन् भने यस्तो पवित्र उदेस्श्य लिएर आयोजना गरीएको कार्यक्रमलाई उपस्थीत् भई सफल पारिदिनुहुनको लागि कोरियास्थित सम्पूर्ण नेपाली सघ, सस्था तथा नेपाली समुदायलाई अध्यक्ष सुरज गुरुङले अपिल गरेका छन् |