Advertisement
SKIP THIS

एनआरएन जापानमा धाँधली भएको भन्दै पुन: चुनाब गर्न माग


शान्त पहरी

टोक्यो-गैरआवासीय नेपाली संघ(एनआरएन) जापानको गत आइतवार सम्पन चुनावमा धाँधली भएको भन्दै असन्तुष्ट पक्षले पुनःनिर्वाचनको माग गरेका छन् ।

 

गत आइतवार १२ क्षेत्रको सम्पन्न एनआरएन जापानको नागोया क्षेत्रको चुनावमा ब्यापक धाँधली भएको भन्दै सो धाँधलीमा संलग्नलाई कारवाही गर्न चौतर्फी दवाव परेको छ । उक्त क्षेत्रको चुनावमा व्यापक धाँधली भएको भन्दै आम जापानवासी एनआरएन मतदाताहरुले आवाज उठाएका हुन् ।

 

उक्त क्षेत्रको चुनाव अवैध ठहरिने संभावना बढेर गएको छ । त्यसो भएमा बाँकी ११ क्षेत्रको मतगणना गर्ने र परिणाम घोषणा गर्ने जनाएको बुझिएको छ ।

 

एनआरएनका निवर्तमान उपाध्यक्ष तथा अध्यक्षका उम्मेदार सुदन थापाका अनुसार नागोयाको एक क्षेत्र को चुनाबमा धाँधली भएकाले पूनः चुनाब हुने जानकारी दिनु भयो । उहाँले धाँँधली गर्ने व्यक्तिहरुको कर्तुत पर्दाफास गर्ने बताउनु भयो ।

 

गत आइतवार सम्पन चुनाबको घोषणा ९ तारिख बुधवार गर्ने जनाइएको थियो । अहिले जापानबासी अगुवाहरुले धाँधली भएको ठहरिएमा उनीहरुलाई कार्बाही गर्नुपर्ने माग गरेका छन् ।

 

एनआरएन जापानका केन्द्रिय सदस्यका उम्मेदार भक्त गुरुङका अनुसार ४ हजार ३ सयले फारम भरेर उनीहरुको अधिकारमाथि नै कुठाराघात हुने गरी धाँधली गरेर आफैलाई पतन हुने कुकार्य गरेको भन्दै आक्रोश पोखेका छन् ।

 

अहिलेको एनआरएन जापानमा काङग्रेस निकट चिरन्जिबी थापा र गल्कोट समाज जापानबाट नरबहादुर थापालाई हुने गरी ५०/५० प्रतिशत हुने गरी नागोयाको बुथ कब्जा गरेको असन्तुष्ट पक्षले आरोप लगाएका छन ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...