सेयरमा लगानी गर्दा हुने अबसर र जोखिम


गत भाद्र ३ गते नेपाल सेयर बजारको ईतिहासमा १२२१ अंकलाई छोए र१२००.९२ अंकमा बन्द हुदा समेत केही राम्रा बाणिज्य बैकहरुको मात्र उच्च दर सेयर बढयो | मध्यम स्तरका बाणिज्य बैक, बिकाश , हाइड्रो र फाइनान्सका सेयर उल्लेखीय रुपमा बढेन |
 
 
आज भाद्र २० गते बजार झरेर ११६६.६९ अंकमा झरी सकेको छ | अझै पनि राम्रा बाणिज्य बैकहरुमा लगानीकर्ताहरु झुम्मिरहेका छन् | भुकम्प पछि एभरेष्ट बैकको प्रति कित्ता सेयर १७ सयको सेरोफेरोमा थियो | बजारले ईतिहास रच्दा एभरेष्ट बैकको प्रति कित्ता सेयर मूल्य ३३ सय भन्दा बढी पुगेको थियो आज यो न्युज लेखिरहदा ३१४२ मा झरेको छ | सिभिल , जनता जस्ता बाणिज्य बैकको सेयर मुल्यमा खासै फरक आएन |
सेयरमा लगानी गर्दा कम्पनीको प्राविधिक विश्लेषण राम्रोसंग गर्न सक्ने भने कमाउन सकिन्छ भन्ने उदाहरण एभरेष्ट बैकलाई हेरे पुग्छ | अर्को कुरा हामीले लगानी गर्दा लामो समय या छोटो समयको लागि गर्ने पहिले नै योजना बनाएर गर्नु पर्छ त त्यहि अनुसारको कम्पनी छानेर लगानी गर्नु पर्छ |
गत आषाढ २४ गते देखि अपि हाईड्रोपावरले सर्वसाधारण लागि जारी गरेको सय रुपैयाँ अकित दरका ३० लाख कित्ता ईपिओमा कम्पनीले माग गरेको भन्दा झण्डै ३२ दशमलव ६१ गुणाले बढि आवेदन परेको थियो । यसवाट के प्रष्ट हुन्छ भने लगानीकर्ताहरु ईपिओमा लागनी गर्न आतुर छन् |
अहिले केही हाईड्रोपावर कम्पनीहरुले प्रमोटर सेयर भन्दै सर्वसाधारणवाट पैसा उठाई रहेका छन् | यस्ता निर्माण हुने प्रक्रियामा रहेका कम्पनीहरुमा लगानी गर्दा कम्पनीको बोर्ड मेम्वर देखि संचालक समितिको बारेमा राम्रोसंग अध्ययन गर्नु पर्ने हुन्छ |
 
 
गत सालको वैशाख र जेठ महिनामा नेपाल पूर्वाधार विकास कम्पनीले काठमाडौं-कुलेखानी-हेटौडा सुरुङ मार्गका लागि कोरियाबाट दुई करोड ६३ लाख उठाएको थियो तर कम्पनीले अहिलेसम्म काम शुरु गरेको छैन ताकि पैसा उठाउने बेलामा २०१७ सम्म योजना सकी सक्ने भनिएको थियो | उता सरकारले काम छिटो शुरु गर्न ताकेदा गरिरहेको छ |
कानूनमा कुनै पनि पूर्वाधार परियोजनामा रकम जुटाउन प्रि–आईपीओ अर्थात् पूर्व साधारण शेयर निष्कासन गर्ने व्यवस्था छैन। प्रि–आईपीओ व्यवस्थाका लागि धितोपत्र बोर्डले गरेको नयाँ प्रस्तावमा संस्थापक शेयरधनी बन्न कम्तीमा रु.५ लाख लगानी गर्नुपर्ने व्यवस्था छ।
 
धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०६५ मा वित्तीय व्यवस्थापन र पीपीए भइसकेको, ठेकेदार छनोटको प्रक्रिया थालेको तथा काम शुरू गरेको एक वर्ष पुगेको कम्पनीले मात्र प्रि–आईपीओमा जान सक्ने व्यवस्थाले गर्दा पनि प्रमोटर सेयर दिने भन्दै पैसा उठाईरहेका छन् | अर्कातिर स्थानीय र सर्वसाधारणका नाममा संस्थापक शेयर जारी गरेका कम्पनीहरू दोस्रो बजारमा नगए शेयर कारोबार कसरी हुने भन्ने व्यवस्था पनि छैन |
 
 
विद्युत् ऐन तथा नीतिले तोकेको जलविद्युत् उत्पादन र प्रसारणको ३० वर्षे अवधि सकिएपछि शेयर कसको हुने भन्ने अन्योल छ। सर्वसाधारणको लगानी स्वामित्वको विषयमा पनि अनिश्चय छ। यसले गर्दा लगानी गर्दा होस् पुर्याएर गर्न पर्ने हुन्छ |

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • नेपाल बौद्ध परिवार  कोरियाको अध्यक्षमा कुसङ शेर्पा
  • नेपाल गोरखा परिवार कोरियाको अध्यक्षमा दिपक श्रेष्ठ
  • नुवाकोट समाज कोरियाको अधिवेशन अक्टोवार १५ मा हुने
  • घेदुङ कोरियाले ‘गोतोजि छोर्तोजि’ शृङ्खला गर्दै, पहिलो शृङ्खला संस्कार सम्बन्धी
  • ईपिएस

    कोरियन विशेष भाषा परीक्षा CBT को नतिजा प्रकाशन, आफ्नो स्कोर कसरी हेर्ने ?

    कोरियन विशेष भाषा परीक्षा ( Special EPS TOPIK, 2023 (CBT) तर्फको भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ । बुधवार (सेप्टेम्बर १३) प्रकाशित नतिजा अनुसार २७ सय ३९ जाना उतिर्ण भएका छन् । HRD Service of Korea वाट मिति २०८० भाद्र १८ गते देखी २०८० भाद्र २२ गते सम्म परिक्षा संचालन भएको थियो । इपिएस ...

    भाषा परीक्षा रोकिए नेपालीले अवसर गुमाउँछन् : एचआरडी कोरिया

    दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) को भाषा परीक्षा रोकिए नेपालीले अवसर गुमाउने चेतावनी दिएको छ । कोरियाबाट फर्केर परीक्षामा उत्तीर्ण भएका ‘रिटर्नी’ हरूले आफूहरूलाई छनोट नगरे भाषा परीक्षा हुन नदिने धम्की दिएपछि कोरिया सरकारले यस्तो चेतावनी दिएको ...

    आगामी बर्षका लागि कोरियामा बढ्यो तलब, अझै पुगेन प्रति घण्टा १० हजार वन

    दक्षिण कोरियामा अर्को बर्ष अर्थात् सन् २०२४ का लागि न्युनतम ज्याला बढेको छ । यो बर्षको न्युनतम ज्याला ९६२० वन मा २४० वन अर्थात २.५ प्रतिशत प्रति घण्टा थप भएर ९८६० वोन हुने भएको हो । ज्याला निर्धारण समितिको हिजो बसेको बैठकले मतदान मार्फत ज्याला निर्धारण गरेको हो ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...