कृषि फारम छिर्न पांच सयको टिकट


काठमाडौं-नेपालमा कृषि पर्यटनको सम्भावना देख्नुभएको छैन भने ताथली आउनुहोस् । यहाँ यस्तो व्यावसायिक कृषि फारम छ, जहाँ छिर्न टिकट काट्नुपर्छ । गेटमै बोर्ड राखेर यसको सूचना झुन्ड्याइएको छ । शुल्क छ– व्यक्तिगत सय, समूहगत ५ सय रुपैयाँ |
 
यसमा कृषिसम्बन्धी अवलोकनकर्ता, विद्यार्थी र अनुसन्धानकर्ताहरू प्राय: आइरहन्छन् । प्राय: शनिबार विद्यार्थीको भीड लाग्छ । सत्तरी रोपनी जग्गामा तीन वर्षअघि खुलेको पौरखी कृषि फारमले आगन्तुकलाई यसरी लोभ्याउन केही नयाँ काम गरेको छ । तीमध्ये एउटा हो– घाँस खेती ।
 
तपाईंलाई पनि घाँस किन्नु छ ? कि घाँसको बिरुवा ? अध्यक्ष सुसन कर्माचार्यका अनुसार यहाँको घाँस किन्न सोलुखुम्बुबाट समेत आइपुग्छन् । उपत्यकाका जिल्लाहरूका साथै रसुवा, नुवाकोट, धादिङ, काभ्रे, सिन्धुपाल्चोकका पशुपालक किसान यसका मुख्य ग्राहक हुन् ।
 
एकदेखि ३५ रुपैयाँ गोटासम्ममा बिक्ने घाँसको बिरुवाबाटै यो फारमले बर्सेनि १० लाख रुपैयाँभन्दा बढी कमाउँछ । प्रबन्धक भानु पराजुलीका अनुसार ५५ रोपनी जग्गामा ४० प्रजातिका आयातित घाँस लगाइएको छ । तिनमा सीओ–थ्रि नेपियर, मुलाटो, अम्रिसो, भटमासे, ग्रिनलिप, निमारो, खन्युलगायत छन् ।
 
‘सुरुमा अन्यत्रका गाईपालन हेर्न गयौं । मान्छे आउँदा गाई आसले कराएको देख्यौं’, सञ्चालक सुदर्शन पराजुलीले भने, ‘त्यही भएर घाँस खेती गर्न प्रेरित भएका हौं । यसबाट आफ्ना गाईलाई पोसिलो आहार पुग्नुका साथै राम्रो आम्दानीसमेत भइरहेको छ ।’
यसमा अहिले दुध दिने १३ वटा गाई, १० वटा कोरली, हजार वटा लोकल ब्रिड कुखुरा, २० माउसहित ५२ बाख्रा पालिएका छन् । तीन रोपनीमा थोपा सिंचाइ प्रविधिको र ९ रोपनीमा अग्र्यानिक खेती गरिएको छ । सञ्चालक ओमबहादुर बस्नेतका अनुसार वर्षको १५ हजार केजीभन्दा बढी तरकारी उत्पादन हुन थालेको छ ।
 
राजधानीका सक्रिय युवाको समूहले बनाएको पौरखी सामुदायिक कृषि सहकारीद्वारा सञ्चालित यो फारममा ३६ जनाको करिब एक करोड रुपैयाँ लगानी छ । यसको प्रबद्र्धनमा सरकारका विभिन्न निकाले आर्थिक सहयोगसमेत गर्दै आएका छन् ।
 
यस ठाउँमा खेती गर्न पानी थिएन । उपेन्द्रप्रसाद पराजुलीको दस रोपनी जग्गा प्राय: बाँझिन्थ्यो । बेलामा वर्षात् भयो भने जेनतेन खान पुग्थ्यो । त्यसबाट दिक्क भएका उनी ताथली छोडेर कोटेश्वर बसाइँ सरे । ८६ वर्षको उमेरमा बल्ल उनले त्यही जग्गा हराभरा देख्न पाए । ‘चाहे गर्न सकिने रहेछ’, उनले भने, ‘हाम्रो गाउँ यस्तो बन्छ भन्ने मैले त चिताएको पनि थिइनँ ।’ उनको १० सहित गाउँका अरूले त्यसरी नै छोडेका जग्गा बटुलेर भाडामा लिई पौरखीले कृषिमा हात हालेको हो । तीन वर्ष नहुँदै उसले तीन रोपनी जग्गा किनिसकेको छ ।
 
ताथली पानीको मूल धेरै भएको ठाउँमा पर्छ । तर, ती सबै यस गाउँभन्दा तलतल पर्छन् । ‘खानेपानी आयोजना जति आए पनि अन्यत्रै केन्द्रित थिए’, स्थानीयबासीसमेत रहेका सुदर्शन सुनाउँछन्, ‘खानेपानीका लागि समेत धारामा पानी आउँदैन थियो । कुवाबाट ल्याउनुपथ्र्यो ।’
 
पौरखीले तलका मुहानबाट संकलन गरेर मोटरले पानी तानेको छ । पाँच लाख लिटर क्षमताको पक्की ट्यांकी बनाइएको छ । त्यसमा आकाशे पानीसमेत संकलन गरिन्छ । अब सिंचाइका लागि कुनै समस्या छैन । यसलाई पर्यटकीय गन्तव्यकै रूपमा विकास गर्न चाँडै ‘होम स्टे’ सञ्चालन गर्ने कर्माचार्यले जानकारी दिइन् ।-कान्तिपुर
 

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • २०२३ छुसकमा “छेजुदो भ्रमण” को आकर्षक प्याकेज
  • सउल नेपाल गुम्बाले २५६७औं बुद्धजयन्ती मे २८ मा लोपोन पेमाको धार्मिक प्रवचन हुने
  • नेपाल मगर संघ द. कोरियाको एघारौं केन्द्रीय अधिवेशन मे २० मा हुने
  • लोटस ल्याट्रन फेस्टिभल यहि मे २० र २१ मा, शान्ती र्यालीमा बौद्ध परिवार सहभागी हुने
  • ईपिएस

    कृषि तथा पशुपालन क्षेत्र तर्फको दोश्रो चरणको कोरियन भाषाको नतिजा १४ जुलाईमा प्रकाशन हुने

    कृषि तथा पशुपालन (Agriculture & Livestock) क्षेत्र तर्फको दोश्रो चरणको कोरियन भाषा परिक्षा (EPS-TOPIK-2023, UBT) को नतिजा १४ जुलाई शुक्रबार प्रकाशन हुने सूचना जारी भएको छ । नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया, श्रम तथा रोजगार मन्त्रालय बीच सम्पन्न ...

    आप्रवासी कामदारमाथि हुने भेदभाव उन्मूलनको पहिलो वर्ष रहोस् भन्दै प्रेस विज्ञप्ति घोषणा

    एक अटोमोबाइल पार्टपुर्जा निमार्ण कम्पनीमा काम गर्ने दुई जना आप्रवासी कामदारहरूले विगत धेरै वर्षदेखि लगभग हरेक दिन १ घण्टा ३० मिनेट मात्र ब्रेक लिएर बेलुकी ६ बजेदेखि अर्को दिन बिहान ८:३० सम्म काम गरे। त्यस्तै अर्को कम्पनीमा काम गर्ने विदेशी कामदारले न साप्ताहिक ...

    दक्षिण कोरियाको जहाज निर्माण कम्पनीमा १२१० जनाको माग, ईपिएस् अन्तर्गत आवेदन फाराम परिवर्तन गरी आउन पाउने

    ईपिएस् मार्फत दक्षिण कोरियाको जहाज निर्माण कम्पनीमा सिधै आउन पाउने भएको छ । दक्षिण कोरिया आउने पर्खाइमा बसेका इपिएस् कामदारहरुले आवेदन फाराम परिवर्तन गरी जहाज निर्माण कम्पनीमा सिधै आउन पाउने भएको सुचना इपिएस् शाखा ग्वार्खोले जारी गरेको छ । HRD Service of Korea ले फाराम ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...