पहिले कोरियन भाषा समस्याले ईशारामा काम गर्ने लक्ष्मी गुरुङ अहिले दोभासेको काम गर्दै


कोरियामा नेपाली समुदाय बीच लक्ष्मी गुरुङ परिचित नाम हो | कोरियाको राजधानी सोल सोल स्थित दोङदेमुनमा गुरुङको रेस्टुरेन्ट र मार्ट संचालनमा छन् |

 

 

सन् १९९५ मा लुम्बिनी ओभरसिसवाट कोरिया प्रवेश गरेकी गुरुङले शुरुको दिनमा छन्नानको एक गार्मेन्ट कम्पनीमा काम गरेको बिगत सुनाउदै भनिन त्यो बेलामा भाषाको समस्या निकै भोगेको बताईन | संगै काम गर्ने कोरियनहरुले अंग्रेजी नबुझ्ने आफुले कोरियन भाषा नबुझ्ने सबै काम कुरा ईशाराको भरमा गर्नु पर्ने तितो अनुभव संगाल्दै अगाडी बढेकी गुरुङ अहिले कोरियन नागरिकसंग बिवाह गरेर आएर दु;खमा परेका नेपाली चेलीहरु देखि ईपिएस प्रणाली मार्फत कोरिया आएर बिबिध समस्या भोगेका नेपालीहरुको सुख दु:ख साथ दिदै दोभासे काम समेत गर्छिन |

 

 

सन् २००६ मा ब्यापार भिसा बनाएकी गुरुङले आफुमा अनुभव र दक्षता भएमा कोरियामा ब्यापार गर्न खासै गाह्रो नभएको सुनाउदै यहाँ सबै कुरा सिस्टममा चल्ने भएको हुदा पनि सहज भएको स्कारिन | विभिन्न संघ संस्थामा आवद्ध गुरुङ ब्यापारको व्यस्त समय निकालेर समाज सेवामा उत्तिकै सक्रिय छिन | कोरियन नागरिकसंग बिवाह गरेर आएका नेपाली चेलीहरुको कथा, ब्यथा नजिक देखि देखेकी गुरुङले दु:ख पाएका थुप्रै नेपाली चेलीहरुलाई उद्धार र सहयोग गरि सकेकी छिन | यसरी बिवाह गरेर आएका चेलीहरुमा प्रमुख समस्या रुपमा कम्निकेशनको रहेको गुरुङले अनुभव सुनाउदै बिदेशी केटी बिवाह गरेर ल्याउने कोरियन केटालाई पनि त्यस देशको भाषा र सस्कृतिको बारेमा थोरै मात्र भए पनि अध्ययन गर्ने ब्यबस्था मिलाउनु पर्ने सुझाव दिईन |

 

 

पछिल्लो चरणमा कोरियामा बढेको आत्महत्याको केशले गुरुङको पनि अरु नेपालीको जस्तै मन मुटु दुखेको छ र दुख्नु स्वभाविक पनि हो यसलाई रोक्न नेपाली दुतावासले आफ्नो ठाउबाट प्रयास जारी रहे पनि कोरियामा रहेका सबै संघ संस्थाले पनि साथ दिनु पर्ने बताउछिन | ईपिएसवाट आउने नेपाली मजदुरको उमेरको हदबन्दी नेपाल सरकारले २५ बर्ष देखि ४५ / ५० वर्षसम्म टोकी दिए कोरिया आएर बिबिध समस्या भोग्ने संख्यामा कमि आउने गुरुङको आकलन रहेको छ |

 

 

कोरियामा पहिले नेपालीहरुमा जुन एकता र सदभाव थियो | अहिले आएर त्यो एकता र सदभावमा आएको स्खलन देखेर गुरुङ चिन्तित छिन | पहिले एक नेपालीलाई दु:ख पर्दा सबै नेपालीको दु:ख सम्झेर पीडा साटासाट गर्ने चलन थियो अहिले त्यस्तो स्थिति नदेख्दा गम्भीर हुदै भनिन यो सबै नेपालमा देखिएको राजनीतिक अस्थिरताको परिणाम हो |

 

 

अन्त्यमा ईपिएस र बिबाह गरेर कोरिया आउन चाहने युवालाई सुझाव दिदै गुरुङले कोरिया भनेको कडा परिश्रम गर्नु पर्ने देश भएको हुदा नेपालवाट आउदा नै मानसिक र शारीरिक रुपमा तयारी गरेर आउन र कोरियन नागरिकसंग बिवाह गरेर आउन चाहने नेपाली चेलीहरुले कोरियाको रहन सहन कला , सस्कृतिको राम्रो अध्ययन गरेर आउनु पर्ने र सबै कोरियन धनी हुदैनन भन्ने हेक्का राख्दै सबै कुरा सोच , बिचार गरेर मात्र पाईला चाल्न भनिन |

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • चलचित्र मनसराको ओन्याङ शो मे १२ तारिख हुने
  • कोरियाको चर्चित सिनेमा हल CGV मा “डिग्री माईला”
  • नव गायिका ईन्द्रेणी लोप्चनको ‘मायाको तिर्सनाले’ सर्वाजनिक
  • पाँचथर सेवा समाजको आयोजनामा सुवनमा “महाजात्रा” प्रदर्शन हुने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...