Advertisement
SKIP THIS

अनलाईन न्युजमाथि प्रहरीले निगरानी बढायो


 

काठमाडौं – नेपाल प्रहरीले टेलिकमलाई चिठी लेखेर केही अनलाइन पत्रिकाहरु बन्द गर्ने अभियान चलाएको छ । प्रहरीको चिठीका आधारमा काठमाडौंटुडे र टुडेखबर अनलाइन बन्द गरिएको छ । फिल्मीखबर लगायतका केही ब्लगहरु पनि प्रहरीले बन्द गराएको छ ।

 

 

प्रहरीको आइटी शाखाका हिरण्यप्रसाद बास्तकोटीले टेलिकमलाई लेखेको पत्रका आधारमा अनलाइनहरु बन्द गरिएका हुन् । ती अनलाइनसँगै फिल्मीखबर लगायतका केही ब्लगहरु पनि प्रहरीले बन्द गराएको छ ।

उता मधेस आन्दोलनको पक्षमा समाचार लेख्ने अनलाइनहरुमाथि पनि सरकारले हस्तक्षेप गरेको मधेसी समुदायका पत्रकारको गुनासो छ । ‘प्रहरीले बन्द गराएका केही अनलाइनलाई हामीले प्रेस काउन्सिलमा सूचीकरण गराएका छौं’ मधेसवाणीका सम्पादक राजेश अहिराजले अनलाइनखबरसँग भने-‘काउन्सिलमा दर्ता गरेपछि केही अनलाइनलाई खुल्ला गरिएका छन् ।

प्रेस काउन्सिलको आपत्ति

यसैवीच प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्कीले मंगलबार टेलिकमका हाकिमलाई फोन गरेर अनलाइनपत्रिका ब्लक गरिएकोमा आपत्ति जनाएका छन् ।अनलाइनलाई नियमन गर्ने निकाय प्रहरी र टेलिकम नभएर प्रेस काउन्सिलमात्रै भएको कार्कीले बताएका छन् ।

महासंघले छानविन समिति बनायो

यसैवीच डिजिटल मिडियाअन्तरगत अनलाइन न्युज पोर्टल र ब्लकको श्रेणी छुट्याउन नेपाल पत्रकार महासंघले मंगलबार तीन सदस्यीय समिति गठन गरेको छ । रोशन पुरीको संयोजकत्वमा गठित समितिमा मोहनसिंह लामा र अनलाइन पत्रकार एसोसिएसनका प्रवेश सुवेदी रहेका छन् । महासंघद्वारा गठित समितिले कुन-कुन ब्लग हुन् र कुन-कुन अनलाइन न्युज पोर्टल हुन् भनेर वर्गीकरण गर्ने बताइएको छ ।

यसैवीच नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजले मंगलबार एक विज्ञप्ति प्रकाशित गरी अनलाइनमाथि सरकारले आस्थाका आधारमा विभेद गरेको भन्दै आपत्ति जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • ‘आदिवासी जर्नल एवम स्मारिका ‘ विमोचन जुलाई २७ मा
  • उल्सानका ३ अस्पतालसँग एनसीसीको सम्झौता, नेपालीलाई सहुलियतमा स्वास्थ्य सेवा उपलब्ध हुने
  • विविध कार्यक्रम सहित जुलाई २० तारिख भव्य रुपमा ‘नेपाल डे’ मनाईदै
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...