Advertisement
SKIP THIS

कोरिया आदिबासी जनजाति महासंघमा मोक्तान


सोल-आदिबासी जनजाती महासंघ कोरियाको अध्यक्षमा चित्र मोक्तान , सर्बसहमतिमा कार्यसमिति चयन आदीबासी जनजाती महासंघ कोरियाको चौथो अधिबेशनले चित्रब मोक्तानलाई अध्यक्ष पदमा सर्बसहमतिले चयन गरेको छ l

 

गत अगस्ट ३० आइतबार नेपाल हाउसमा सम्पन्न अधिवेशनले सम्पूर्ण पदाधिकारीहरुलाई सर्बसहमतिमा चयन गरेको हो l उपाध्यक्षमा क्रमशः मल्लिका थकाली, पबन राई र ठाकुर भुजेल रहेका छन् l महासचिबमा बलराम पुन सचिबमा केन्जिङ योन्जन र नोमराज गुरुङ, कोषाध्यक्षमा नोगेन नेम्बाङ रहेका छन् l

 

सदस्यहरुमा महासंघमा आबद्द प्रत्येक जातिय संस्थाका २ जना प्रितिनिधि रहने गरी क्रमशः बीरबहादुर डंगोल, निर्मल महर्जन, विकास तामाङ्, सन्दिप दर्लामी मगर, अमर छन्त्याल, मिलन छन्त्याल, इमुहाङ्ग लिम्बु, भेष राज भुजेल, टि.आर. खालिंग राई र श्रीराम गुरुङ रहेका छन् l

 

 

औपचारिक कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी तथा कोरियाको लागी नेपाली महामहिम राजदुत कमानसिङ लामाले सम्पूर्ण जातजाती नेपाली हुन् र सबैलाई समान अवसर राज्यले दिनुपर्ने कुरामा जोड दिए l कार्यक्रममा अतिथिहरुमा आई.सी.सी प्रतिनिधि केपी सिटौला, एन.आर.एन. कोरियाका अध्यक्ष बिनोद कुबर, एन.सी.सी अध्यक्ष प्रेम शाह, श्रम सहचारी अनिल गुरुङ, एन.सी.सी. पूर्व अध्यक्ष लोचन राई लगायतले शुभकामना व्यक्त गरेका थिए भने अन्य अतिथिहरुमा संघीय समाजबादीका अध्यक्ष दिपेन्द्र राई, वोमेन फर वोमेनकी अध्यक्ष मल्लिका थकाली लगायत विभिन्न क्षेत्रीय र जातीय संघठनका प्रतिनिधिहरुको उपस्थिति रहेको थिए l

 

 

कार्यक्रमका सभापति आदिबासी जनजाती महासंघ द.कोरियाका निबर्तमान अध्यक्ष भक्त शेरचनले गरेका थिए l कार्यक्रमको दोस्रो चरण बन्दसत्रमा निवर्तमान महासचिब यम श्री मगरले संघको प्रगति विवरण पेश गर्दै र भाबी रणनीतिको बारेमा चर्चा गरेका थिए भने कोषाध्यक्ष मल्लिका थकालीले आर्थिक प्रतीबेदन पेश गरेकी थिईन l

 

janjaati

 

अधिवेशन सम्पन्न गर्नको लागि चयन गरिएको निर्बाचन मण्डलहरुमा जनजाती महा सघ कोरियाका निबर्तमान अध्यक्ष भक्त शेरचन, एनसीसी निबर्तमान अध्यक्ष लोचन राई, एनआरएन उपाध्यक्ष रबिन तामाङ्, झक थापा मगर, खड्ग पुन र दिपक पुन रहेका थिए l

 

उक्त निर्बाचन मण्डलले बिधान संसोधन पनि गरेको थियो l विधानको परिच्छेद ६ मा उल्लेख भएको केन्द्रीय कार्यसमिति गठन प्रक्रिया अन्तर्गत केन्दीय समितिमा पदाधिकारी चयन गर्दा र अध्यक्ष पदको लागी उम्मेदवारी दिदा र दाबी गर्नको लागी कार्यसमितिको कुनै पनि पदमा एक कार्यकाल बिताएको हुनु पर्ने रहेको छ l साथै एक कार्यकाल पुरा नगरी राजिनामा दिएमा त्यस्ता व्यक्ति र सदस्यहरुले अध्यक्ष पदको लागी दाबी गर्न पाउने छैन भनि संशोधन गरिएको छ l

 

janjaati1

 

साथै नियमित रुपमा सदस्यता शुल्क बुझाएको हुनुपर्ने छ l निर्बाचन मण्डलका अध्यक्ष लोचन राईले चौथो कार्यसमितिमा निर्बिरोध चयन भएका सम्पूर्ण पदाधिकारीहरु लाई सपथ ग्रहण गराएका थिए l साथै खादा ओढाई सम्मान पनी गरिएको थियो l कार्यक्रमको अन्त्यमा चित्र ब. मोक्तानले आफूलाई नया कार्यसमितिमा निर्बिरोध अध्यक्ष पदमा चयन गरी साथ दिनु भएकोमा सम्पूर्णलाई धन्यवाद व्यक्त गर्दै अबको आउदो दिन हरुमा सम्पूर्णलाई समेट्दै अगाडी बढने प्रतिबद्धता व्यक्त गरे l

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • गायक तथा मुन्दुम विद जितेन राईको साथमा कोरिया भर ‘साकेला’ मनाईदै
  • प्रगतिशील नेपाली समाज कोरियाको दोश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रेम बर्देवा
  • नेपाली समुदायको संयुक्त आयोजनामा ‘वुद्ध जयन्ति’ मनाईँदै
  • किम्हेमा चलचित्र ‘अञ्जिला’ अप्रील २७ मा प्रदर्शन हुने
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...