Advertisement
SKIP THIS

कोरियाको लाखसंगै ज्ञान पनि सिकौं


बिक्रम मल्ल

 

बेरोजगार दस्ता उत्पादन गर्ने उद्योग जस्तै बनेको हाम्रो देश नेपाल, त्यस्तै पिडा भोग्दै उज्वल भबिश्यको दृद संकल्प लिएर पराइ भुमीको यात्रा तय गरिरहेका छन | यी मध्ये गर्ने लाखौ देशको कर्णधार यूवा मध्ये लगभग बत्तीस हजारको भिड दक्षिण कोरियामा रात दिन संघर्षमा होमिरहेको छ । अहिले नेपाली युवाहरू दिनानु आउने र जाने क्रम चलिरहेको छ ।

 

नेपाली समुदायमा हुर्केका पढेलेखेका युवाको जोस जागर कोरियामा लाखको पछाडी कुदन सायद धेरैलाई सहज नहोला प्रवासी जीवनको समस्या सामनागर्नु त्यती सहज नहुदा पनि बडो कडा मिहेनेतका साथ दैनिकीमा रम्दै दिन बिताउने युवाहरू आफु लगाएत आफ्ना सन्ततिको भबिश्य सुखम रहोस र युग अनुसारको दैनिक चलाउन सकियोस भन्ने अहम संकल्प लिएर प्रदेश छिरेका हामी सोचेको जस्तो त कसले पाउदो हो र बिदेशमा त्यसैमा कोरियाको काम भन्ने त धेरैलाई अवगत नै छ |

जे होस प्रदेशको यात्रामा नेपाल सरकारको मातहतबाट कोरिया आउनुमा नेपाल सरकारलाई धन्यवाद त दिनै पर्दछ होईन भने अहिले कोरियामा रहेका सबै नेपाली आउन नसक्ने स्थिती हुन्थ्यो होला सायद किनकी कोरिया ईपीएसमार्फत आउदा अरु देशमा जानु भन्दा धेरै फरक छ सहज छ कसैले फसाउला खाईदेला भन्ने हुदैन जो एउटा गरिब परिवारबाट पनि आउन सक्ने संभावना रहेको छ |

 

 

बिभिन्न चरणहरू पार गर्दै बैदेशिक रोजगारीको लागी कोरिया प्रवेश गरिसकेपछी आफ्नो नेपाली दैनिकीलाई परिवर्तन गर्दै अलि केही फरक किसिमको दैनिकी सुरू हुन्छ र कोरिया आईसकेपछि यहाको रहनसहन सस्कार बुझ्न जरूरी छ किनकी कोरियनहरूसंग काम, मान सम्मान सबै राम्रोसंग गर्नु आवश्यक हुन्छ काम बिदेशीहरूको लागी प्राय गाह्रो नै हुन्छ | होईन भने कोरियाको बेरोजगार समस्या बद्ढो गतीमा नहुदो हो यस्ता अनेकन समस्याको बाबजुध पनि नेपालीहरू सफल छौ र सफल रहने हामी दृद सपना राख्न जरूरी छ ।

 

कोरियामा हो परिश्रम अनुसारको कमाई छ तर धौ धौले बचत गर्न सकेयो भने यसो घुमफिर तिर लाग्ने राम्रा खान लाउन तिर लागेयो भने महिना नी धान्न गाह्रो छ उही कोरियनको चाल हुन्छ यहाको महङ्गाईले, यसरी हामी नेपालीहरू धेरै समस्यालाई चिरफार गर्दै सक्दो पैसा बचत गर्दै धेरै थोरै कमाई, आफ्नो निश्चित समय पुरा गरेर नेपाल फर्कन्छौ र सबै आ आफ्नो योजनाअनुसार को क्षेत्रमा लाग्छौ त्यो सबैको आ आफ्नो परिस्थितीले बताउने कुरा हो ।

 

कोरिया आएर संघर्षगर्दा यहाको वातावरणदेखि सस्कार सस्कृती र संसारका उच्च प्रविधीको जानकारी लिने मौका मिल्छ नया नया प्रविधीको प्रयोग संगै यहाको सामाजमा रहेका राम्रा नराम्रा कुराको प्रत्यक्ष अध्ययन गर्ने मौका मिल्दछ र कसरी कोरिया केहि दशकमै संसारमा यसरी विकासमा फट्को मार्न सफल भयो त भन्ने बिषयमा पनी हामी यहाको मानिसको संघर्षबाट छर्लङ्गै हुन सकिन्छ यस्तै बिभिन्न सकरात्मक सफल्ताका बिषयहरूलाई हामीले यहा सिकेर नेपालमा प्रयोग गर्न कहिल्यै कन्जुस्याई गर्नु हुदैन | किनकी हामी नेपालीहरू यहा राम्रा नराम्रा सबै सिकीरहेको छौ सबैको फरक बुझाईमा धेरै थोरै सिक्ने कुरा हो तर नराम्रोलाई त्यागी राम्रो सकरात्मक व्यबहार सिकेर एक असल नेपाली नागरिकको परिचय दिन जरूरी छ |

 

हामी नेपालीहरूले यहा सिकेका भोगेका कुराहरू नेपालमा सिङ्गो समाजमा सिकाउन नसके पनि आफ्नो परिवारलाई पक्कै सिकाउन सकिन्छ र सबैले यसै गरी आ-आफ्नो परिवारलाई केही सिकाउन सक्यौं भने पक्कै हजारौ परिवारले सिक्ने छन र त्यही परिवारबाट लाखौले र भोलि सिंगो समाजले सिक्नेछ र हामी नेपाली पनि बढी मिहेनेती ईमान्दारकासाथ सबैले संघर्ष गर्ने बिचारको बिकास भयो भने नेपाल नेपालीको संघर्षले अगाडी बढ्नेछ | सबल र सम्बृद्द नेपाल निर्माण हुनेछ ।

 

भोलीका दिनमा नेपालमै प्रशस्तै रोजगारीको सृजनाभई नेपाल आमाका सन्तानलाई रोजगारीको लागी बिदेशीको मुख ताक्नु पर्ने स्थिति आउने छैन तथापी हामी नेपाली केही गर्दैनौ भन्नेचाही होईन हामी निकै संघर्षशील मिहेनेती र ईमान्दार छौ हामीसंग सबै थोक छ तर देशको वातावरणले अलि बिग्रदो अबस्थामा गईरहेको छ यो होकी अझ धेरै गर्न कोसिस गरियो भने सकिदो रहेछ भन्ने देखियो भोगियो यसरी गरियो भने देशमा धेरै सम्भावनाहरू छन यसलाई सदुपयोग गर्न सकिने छ ।

 

 

 

उदाउदो नया पुस्तालाई देशमै केही गर्न सक्ने वातावरको सृजना गर्न सकिनेछ र नेपाली नागरिकको पनी विश्वमा राम्रो पहुच र छवी बन्ने छ जो नेपाली संसारमा गर्बकासाथ घुम्न सक्ने छ त्यसैले हामी यहाबाट सिकेका सकरात्मक व्यबहार सीपलाई हाम्रो प्यारो देशमा सकेको सिकाउने कोसिस गरौ भन्ने मेरो बुझाई हो ।

 

कोरियाबाट पैशा मात्रै लाने होईन ज्ञानसीप र व्यवहार पनी लाने र सिकाउने पनि हो भन्ने सोचका साथ अगाडी बढौ, मेरो देखाईमा हामी नेपालीले अनिवार्य यहा सिकेर नेपालमा आफुले पालना गर्दै सिकाउनैपर्ने केही मुख्य बिषयहरू बुदागतरूपमा यस प्रकार छन-

समयको पालना गर्न

संघर्षशील हुन

ईमान्दार बन्न

खानामा सन्तुष्टी हुन

शरिर चल्दासम्म काम गर्न

सहनशिल रहन

समग्रमा :- कोरियामा समयको पालना निकै अनिवार्यरूपमा गर्नुपर्छ जे सुकै काम घुमफिर भेटघाट होस समय निर्धारण गरियो भने सही समयमा अनिवार्य गर्नुपर्दछ र कोरियनहरू निकै संघर्षशील हुन्छन अहिलेको नया पुस्ता केहीमात्रामा कमी भए जस्तो देखिन्छ भने लगभग अर्धबैशेदेखि माथिका धेरै संघर्ष गरेर दैनिक चलाउने गर्दछन काम गर्नलाई जस्तो नि नहिचकीचाई गर्छन बाहीर सररर कारमा सुईके पनि काममा कुनै सानो ठुलो फोहोरमैलाको प्रवाह गर्दैनन | सोचाई ‘काम छैन भात पनि छैन’ यस्तो किसीमको भएकोले काम रात दिन गर्न तयार रहन्छन कोरियन नागरिक प्राय ईमान्दार नै हुन्छ यिनीहरूले झुटो बोल्ने बिश्वासघात गर्ने कमै भेटिन्छन एकदमै बिश्वासगर्ने हुन्छन |

 

कोरियनहरू खानामा मुखमा मिठासपन भको हुन्छन कोरियामा धेरै चिज खाईन्छ र सबै खाना मिठास तरिकाले खाने यिनीहरूको सस्कार नै हो मिठो भएन राम्रो लागेनभन्ने हुदैन यो एकदमै राम्रो बानी हो |

 

यहाकाम गर्ने कति वर्ष सम्म कहिलेसम्म भन्ने छैन जहिलेसम्म हात खुट्टा चल्छ त्यतिन्जेल सम्म कुनैन कुनै काम गर्नु पर्दछ भन्ने सोचाई हुन्छ जे जस्तो सक्छन त्यो किसिमको काम गर्छन |

 

समाज बिकास हुनको लागी सहनशीलता एकदमै महत्वपुर्ण बिषयहो लडाई झगडा समाजमा काटमार भयो भने समाजमा कहिल्यै मितव्ययीता रहदैन र द्दण्डात्मक भाबनाको बिकास भई समाज सधै खिचातानीमा संघर्ष गर्दछ तर यहा त्यो भाबना कम देख्न सकिन्छ सहनशील कोरियनहरूमा बढी नै हुन्छ लडाई झगडादेखि टाढा रहन्छन जो कसैले केही भने,गरे सहपनि न सक्छन यो निकै राम्रो स्रहानिय पक्ष हो ।

 

कोरियनहरू सबै राम्रा हुन्छन भन्ने चाही होईन धेरैमा यस्ताछन र हामी पनि धेरै स्रहानिय छौ तर अझ धेरै हुन सकिदो रहेछ कोसिस गरौ र सबै नेपाली समुदायमा सकरात्मक भाबनाको बिकास गर्न पहल गरौ भन्ने मात्र हो ।

 

रजवारा प्यूठान

हाल कोरिया

 

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • ‘कोरिया सन्देश ‘ जर्नल विमोचन, समारोहमा कस्ले के के भने?
  • प्रथम सेवारो कपको उपाधि ‘आस्याङ ‘ एफ सीलाई
  • कोरियाको पहिलो शोमा ‘अञ्जिलाले’ दर्शकको मन जित्यो
  • परिस्थितिले सिर्जना गरेको एकता महाधिवेशन NRNA का लागि अवसर हो। विनोद कुवँर
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...