कोरियाबाट निकाला भएका नेपालीहरु
निकुञ्ज तिवारी
सोल-ईपिएसमार्फत रोजगारीका लागि कोरिया प्रवेश गरी ‘अवैध’ क्रियाकलापकमा संलग्न रहेको ठहरिएपछि केही नेपाली कामदारलाई अध्यागमनले स्वदेश फर्काएको छ । आपराधिक मनोवृत्ति बोकेका र अवैध कृयाकलापमा संलग्न उनीहरु अब कोरिया आउन पाउादैनन् ।
कोरियन प्रहरीको सहयोगमा अध्यागमन विभागले सहकर्मीको हत्या, छुरा प्रहार, महिला, तथा यौन हिंशा सहकर्मीबीच झै–झगडा, चोरी, नक्कली डकुमेण्ट, भिषा अवधि सकिएका, देशको अर्थतन्त्रमा असर पुग्ने तरिकाले हुण्डी कारोबार गर्ने विविध कारण आप्रवाशी कामदारलाई स्वदेश फर्काउने गरेको छ ।
कोरियाको नियम कानुन, रहनसहन र जीवनशैलीको अज्ञानताका कारण नेपालीहरु भिषाअवधिभित्रै स्वदेश फर्कनुपरेको छ । जसमा अन्य मुलुकका कामदार पनि पर्ने गरेका छन् । त्यस्ता गैरकानुनी क्रियाकलापमा संलग्न रहेको कामदार १० वर्षसम्म कोरिया आउन पाउादैनन् ।
छुरा प्रहार गर्नेलाई कोरिया निकाला
इपिएस मार्फत रोजगारीका लागि आएका एक नेपालीले सहकर्मी नेपालीमाथि छुरा प्रहार गरेका कारण देश निकाला भएका छन् । कोरियन प्रहरीले उनलाई छुरा लागि घाइते भएकाको उपचार खर्चवापत करिब १ करोड कोरियन वन (नेपाली रुपैयाा ९ लाखभन्दा बढि) तिराई यहााबाट निकाला गरेको छ ।
राजधानी सउलबाट करिब १५० किमी दक्षिण छनानस्थित एक कम्पनीमा कार्यरत सहकर्मी कनक राई (नाम परिवर्तन) लाई लागुपदार्थ सेवन गरेका बखत विकास लिम्बु (नाम परवर्तन) ले पेटमा चक्कु प्रहार गरी घाइते बनाएका थिए ।
कोरियन प्रहरीको अनुसन्धानमा विकासले कनकलाई ज्यानमार्ने कशुर गरेको ठहरिएको थियो । सोही कसुरअनुरुप कनकलाई अध्यागमन विभागले पुन: कोरिया आउन नपाउने गरी निकाला गरेको हो ।
अभियुक्त कनकलाई केही महिना कोरियाकै जेलमा राखी विकासको उपचारखर्च करिब १ करोड वन तिराएर मञ्जुरीनामा गराई नेपाल फिर्ता पठाएको छ ।
माद्यकपदार्थ सेवन गरी आफ्नै सहकर्मीको पेटमा चक्कु हानेको प्रहरीले जनाएको छ । केही महिना अगाडि चक्कु प्रहार गरी घाइते बनाएको अभियोगमा प्रहरीले तत्काल कनकलाई पक्राउ गरेको थियो ।
चक्कु लाग्ने विकास केही साता स्थानिय अस्पतालमा उपचारपश्चात काममा फर्किएका छन् । उनको मञ्जुरिनामाका आधारमा कनकलाई जेलमुक्त गरी स्वदेश पठाइएको दुतावास स्रोतले जनाएको छ ।
रोजगारीका लागि कोरिया आएका केही नेपाली युवाहरु उश्रृङ्खल स्वभावका भएका कारण यस्ता घटना दोहोरिरहने राजधानी सउलस्थित नेपाली दुतावासका एक अधिकारी बताउछन् ।
महिला सहकर्मीलाई यौनदुव्र्यवहार गर्दा फिर्ता
करिब डेढ बर्ष अगाडि इपिएस मार्फत कोरिया आएका सिन्धुलीका सिदार्थ (नाम परिवर्तन) पनि महिला सहकर्मीमार्थि यौन दुव्र्यवहार गरेको आरोपमा नेपाल फिर्ता भएका छन् ।
नेपालमा स्नातकसम्मको अध्ययन गरेका उनले खाना खाने समयमा संगै कम्पनीमा कार्यरत महिला सहकर्मीको संवेदनशील अंग छोएको बताइएको छ ।
ती कोरियन महिलाले नेपाली युवकले आाफुमाथि यौनहिंशा गरेको प्रहरीमा उजुरी दिएपछि युवक फ्रहार भएका थिए । सिसिटिभिमा कैद भएको फुटेजका आधारमा प्रहरीले ती युवकलाई खोजिरहेको भएपनि नेपालीहरुको सहयोगमा ती युवकलाई नेपाल पठाइएको छ ।
युवतीको फोटो खिच्न खोज्ने फिर्ता
१६ महिना अगाडि इपिएसमार्फत कोरिया आएका नवलपरासीका नेत्र (नाम परिवर्तन) कोरियन युवतीको फोटो खिचेको आरोपमा नेपाल फिर्ता भएका छन् ।
राजधानी सोलस्थित एक व्यस्त बजारमा नेत्रले आफ्नो मोवाइलमा मिनिस्कट लगाएकी कोरियन युवतीको फोटो खिचेका थिए । प्रहरीले उनलाई पक्राउ गरी अध्यागमनम बुझाएको थियो । अध्यागमनले गै्रर कानुनी काम गरेको अभियोग लगाइ नेपाल पठाएको छ ।
इन्छन अध्यागमनबाटै फिर्ता
केही वर्ष पहिला अवैध तरिकाले कोरिया बसेर नेपाल फर्किएकी गुरुङ थरकी एक युवती इपिएस भाषा पास गरी पुन: कोरिया आएकी थिइन् । सिंगापुर विमानस्थलहुादै कोरिया आएकी ती युवती इन्छन विमानस्थलको अध्यागमनबाट पुन: सिंगापुरहुादै एक सातामै नेपाल फिर्ता भएकी छन् ।
चोरीको आरोपमा निकाला
आफ्नै सहकर्मी महिलाको पैसा चोरेको आरोपमा एक भियतनामी महिलालाई कोरियन प्रहरीले देश छोड्न भनेको छ । ख्वान्जुस्थित एक च्याउा कम्पनीमा कार्यरत थुवा नामकी ती महिलाले संगै कोठामा बस्ने महिलाको करिब ११ लाख वन चोरेकी थिइन् ।
सिसि टिभिको फुटेजका आधारमा उनी पक्राउ परेकी थिइन् । चोरिको पैसा असुल गरी प्रहरीले उनलाई उनलाई स्वदेश फर्कन आदेश दिएको त्यहाा कार्यरत एक नेपालीले बताएका छन् ।
नक्कली राहदानी भएकालाइ निकाला
एजेन्सीमार्फत सन् २००४ मा कोरिया आएर लुकिछिपि बसी स्वदेश फर्कि नाम, थर, उमेर र ठेगाना परिवर्तन गरी नक्कली राहदानी बनाई पुनस् इपिएस मार्फत आाएका नेपाली पनि स्वदेश फर्कनुपरेको छ । त्यस्ता नक्कली डकुमेण्टका आधारमा कोरिया आउने धेरै छन् । तर थोरैलाई मात्र अध्यागमनले पक्राउ गरेको छ ।
नेपालीको हत्या गर्ने नेपाली प्रहरीको खोरमा
दक्षिण कोरियामा एक नेपालीले संगै कार्यरत एक नेपालीको हत्या गरेका छन् । हत्याको अभियोगमा संगै कार्यरत नेपालीलाई स्थानिय प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको छ ।
इपिएसमार्फत केही दिन अगाडि मात्रै रोजगारीका लागि आएका भोजपुरका परशुराम राईले जुलाई ३१ शुक्रबार विहान करिब ३ वजेको समयमा काठको चिर्पट प्रयोग गरी काभ्रे शंखु ४ का ३६ वर्षिय सुदिप राउतको हत्या गरेको बताइएको थियो ।
राजधानी सउलबाट ७० किमि दक्षिण ख्यंगीदो ग्वाङजु खुञ्जियामस्थित एक फर्निचर डेकुरेसन गर्ने वोनबाइन नामक कम्पनीमा कार्यरत राउत र राईबीच बिहिबार बेलुका सामान्य बादबिबाद भएका प्रहरी बयानमा बताइएको छ । यहांको अदालतले ६ महिनापछि फैसला गर्ने बताईन्छ ।
कोरियामा आपराधिक मनोवृक्ति बोकेका धेरै आप्रवाशी कामदारहरुलाई देश निकाला गरेको बताउाछन् १७ वर्षदेखि कोरियन भाषा अनुवादक मुक्ति गुरुङ । उनका अनुसार कम्पनीमा यौनहिंसा, अवैध व्यापार, लागुऔषध, झगडा, कोरियन समाजमा असर पुग्ने जस्ता नराम्रा गतिविधिमा सहभागी हुनेलाई देश निकाला गरेको पाइन्छ ।
पछिल्लो समय रोजगारीका लागि दक्षिण कोरिया आउने नेपालीहरु फाट्फुट्ट रुपमा देश निकाला भएका छन् ।