नेपाल बौद्ध परिवारलाई गुम्बा प्राप्त


सोल-नेपाल बौद्ध परिवारको गुम्बाको लगि २०१५ अगष्ट ९ तारिकका दिन सउल सिन्देबाङ्गस्थित उन्छन्सा गुम्बामा कोरियाको तर्फबाट सागसन लामा, नेपालको तर्फबाट महामहिम कमानसिंह लामा र नेपाल बौद्ध परिवारको अध्यक्ष ईश्वर गुरुङले एमओयुमा संयुक्त हस्ताक्षर सम्पन्न भएको छ ।

 

नेपाल बौद्ध परिवारलाई कोरियाका एक प्रतिष्ठित कंपनीका मालिकले ठूला रकमको लगानीमा गुम्बा प्रदान गरेको हो । उक्त गुम्बा नेपाली लामा र कोरियन लामाको संयुक्त रुपमा परिचालन गरिने छ र प्रमुख लामा कोरियन र सहायक प्रमुख लामा नेपाली नेपाली हुनेछ । नेपाली लामाको र बौद्ध परिवारको दर्ताको लागि पनि प्रकृया अगाडी बढेको बौद्ध परिवारको अध्यक्ष ईश्वर गुरुङले जानकारी दिए ।

 

 

कार्यक्रम मनाङ परिवारका अध्यक्ष प्रकाश लामाले अग्रेजी र कोरियन भाषामा संचालन गरेका थिए भने, मन्तव्यमा महामहिम कमानसिंह लामाले पात्रो अनुसार अन्तराष्ट्रिय जनजाति दिवस अगष्ट ९ का दिनमा पवित्र काम भएकोले खुसी व्यक्त गर्दै सो गुम्बालाई नेपालको संस्कृतिहरु समेत झल्किने गरि संरक्षण गर्न अनुरोध गरेका थिए ।

 

 

परिवारका कोषाध्यक्ष पेम्बा ह्योल्मोले पाठ पूजा गरेका थिए । सागसन लामाले हामी भिन्न भिन्न देशका मानिस भए पनि बुद्ध दर्शनले गर्दा एउटै भएका छौं र हातेमालो गरी अगाडी बढ्न अग्रह गर्नु भएको थियो ।

 

 

अध्यक्ष ईश्वर गुरुङले नेपाल बौद्ध परिवारको लामो समयदेखीको अनुरोधलाई मनन गरी सहयोग गर्ने कोरियन व्यक्तित्व र लामालाई र महामहिम राजदुत कमानसिंह लामालाई धेरै धेरै धन्यवाद दिदै नेपाल बौद्ध परिवारले पक्कै पनि नेपाल र दक्षिण कोरियाको विचमा धार्मिक र सांस्कृतिक संवन्ध अगाडी बढाउने प्रतिवद्धता जनाउदै बौद्ध परिवारलाई ठूलो जिम्मा थपिएकोले बौद्ध दर्शनमा आस्था राख्ने सम्पूर्ण नेपालीहरुलाई नेपाल बौद्ध परिवारको सदस्य बनि सहयोग गरि दिन पनि हार्दिक अनुरोध गरेका छन् ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • जुन २२ का दिन ह्वासङमा ‘खुल्ला पुल प्रतियोगिता’ हुँदै
  • दक्षिण कोरियाको २१औं राष्ट्रपतिमा ली जे-म्यङ
  • भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालसँग भेटघाट कार्यक्रम सम्पन्न
  • नेपाल मगर संघ दक्षिण कोरियाद्वारा भुमे पूजा तथा वनभोज कार्यक्रम गर्ने
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...