Advertisement
SKIP THIS

कोरियामा श्रम तथा रोजगार राज्य मन्त्रीसंग अन्तरक्रिया हुने


सोल-श्रम तथा रोजगार राज्य मन्त्री श्री टेकबहादुर गुरुङको उपस्थितिमा सोलमा अन्तरक्रिया कार्यक्रम हुने भएको छ | मन्त्रि गुरुङको नेतृत्वमा श्रम तथा रोजगार मन्त्रालयका निमित्त सचिव सूर्यप्रसाद श्रेष्ठ, बैदेशिक रोजगार विभागका महानिर्देशक भरतराज सुवेदी, ईपिएस कार्यालयका निर्देशक डिल्लीराज बस्तोला लगायतका महानुभावहरु सम्मिलित एक प्रधिनिधि मण्डल, कोरियाली सरकारका उच्च पदस्त अधिकारीहरु, एच.आर.डि., कोरियाली रोजगारदाता लगायत विभिन्न् पक्षसंग भेटघाट तथा छलफल समेत गर्नका लागि यही २६ अगस्त २०१५ मा कोरिया भ्रमणमा आउनु हुने तथा ३० अगस्त २०१५ मा बिहान स्वदेश फर्कने कार्यक्रम प्राप्त भएको छ ।

 

 

यसै सन्दर्भमा कोरियाको भ्रमणमा आउन हुने नेपाली प्रतिनिधि मण्डलले कोरियामा रहेका नेपाली समूदायसंग भेटघाट तथा छलफलको ईच्छा राख्नु भएकोले नेपाली राजदूतावास, सियोल, दक्षिण कोरियाद्धारा निम्नानुसारको मिति तथा समयमा प्रतिनिधि मण्डलसंग छलफल,भेटघाट तथा अन्र्तकृयाको कार्यक्रम राखिएको छ ।

 

 

उक्त दिन कोरियामा रहेका एनआरएन, एनसिसि विभिन्न् संघ संस्थाका प्रमुख लगायत पदाधिकारी तथा सदस्यज्यूहरु , कोरियामा रहेका नेपाली कामदारहरु, बिद्यार्थी, पत्रकार, महिला दिदी बहिनी, व्यवसायी, राजनैतिक दल तथा विभिन्न् क्षेत्रिय, जातिय तथा जिल्ला समितिका पदाधिकारीहरुज्यूहरु लगायत ईच्छुक सबैलाई निम्नलिखित मिति र समयमा उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ ।

 

कार्यक्रम निम्न अनुसार हुने छ :-

 

समय : दिनको ठीक ४ बजे

मिति : २९ अगस्त २०१५

स्थान: नेपाली राजदूतावास, ३७(२४ संगबुग दोग, संगबुक गु ( लाईन नम्बर ४ को हानसंग युनिभरसिटी स्टेशनको ६ नम्बर गेटबाट बाहिर निस्केर सोझै १० मिनेट हिडेर दायां तर्फ करीब १५० मिटर जाने ।

 

 

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...