Advertisement
SKIP THIS

कोरियाका लागि पनि निशुल्क हवाई टिकटको पहल गर्छु – मन्त्री गुरुङ


सोल-श्रम तथा रोजगार राज्य मन्त्री टेकबहादुर गुरुङले दक्षिण कोरिया सरकारसंग नेपाली कामदारको लागि निशुल्क हवाई टिकटको प्रस्ताब राख्ने भएका छन् ।

 

नेपाल र कोरियाबीच रोजगार अनुमति प्रणाली (ईपीएस) को श्रम सम्झौता नबिकरण गर्न अर्को हप्ता सोल आउन लागेका मन्त्री गुरुङले समकक्षी कोरियाली मन्त्री ली की क्वनसंग नेपाली कामदारका लागि निशुल्क हवाई टिकट नेपाल सरकारको नीति भएको अवगत गराउने भएका हुन् ।

 

 

मलेसिया र खाडीका छ मुलुकमा निशुल्क हवाई टिकटको प्राबधान लागु गराई सकेका मन्त्री गुरुङले मंगलबार फोनमा बोल्दै भने ‘वैदशिक रोजगारमा गएका नेपाली कामदारका लागि हवाई टिकट रोजगारदाताले नै उपलब्ध गराउने नेपाल सरकारको नीति हो ।’

 

 

कोरियामा नेपाल बाहेक अन्य १४ मुलुकबाट कामदार आउने भए पनि निशुल्क हवाई टिकट नेपाल सरकारको नीति रहेको आफुले कोरिया सरकारसंग राख्ने मन्त्री गुरुङले बताए । उनले कोरिया सरकारसंग ईपीएस कोटा बढाउन प्रयास समेत गर्ने बताए ।

 

 

मन्त्री गुरुङले कोरिया सरकारसंग आउदो ईपीएस परीक्षाका लागि अनलाईनबाटै आवेदन दिन सकिने ब्यवस्थाको लागि समेत कोरिया सरकारसंग वार्ता गरिने जनाउदै पछिल्लो समय कोरियामा नेपाली कामदार अबैधानिक हुने क्रमलाई न्यून गरेर ईपीएस कोटा बढाउने आफ्नो लक्ष रहेको बताए ।

 

 

दुई देशबीच हुने ईपीएस सम्बन्धी श्रम सम्झौता नबिकरणका लागि मन्त्री गुरुङ, बैदेशिक रोजगार बिभागका महानिर्देशक भरतराज सुवेदी, ईपीएस शाखा नेपालका निर्देशक डिल्लीराम बांस्तोला , श्रम तथा रोजगार मन्त्रालयका उपसचिब गीरिजा शर्मा सहित ६ जनाको प्रतिनीधि मण्डल सोल आउन लागेको जनाइएको छ ।

 

 

नेपाल र कोरियाबिच ईपीएससम्बन्धी श्रम सम्झौता प्रत्येक दुई वर्षमा नवीकरण हुुदै आएको छ । यसअघि २०१० र १२ मा नवीकरण भएको थियो । तेस्रो नवीकरण गत बर्षको जुलाईमा हुनुपर्ने भए विविध कारणले एक बर्ष लम्बिएको हो ।

 

यसअघिका श्रम नवीकरणहरूमा नेपाली कामदारको सेवा, सर्तमा कुनै सुधार नगरिएको भए पनि यसपाली नेपालले केही बुंदा नेपाली कामदारको पक्षमा उठान हुने भएका छन् । यसका लागि ईपीएस शाखा नेपालका निर्देशक डिल्ली बास्तोलाको संयोजकत्वमा अध्ययन कार्यटोली गठन गरेर तयार पारिएको २४ पृष्ठ लामो प्रतिवेदन कोरिया सरकारलाई बुझाइएको छ ।

 

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...