Advertisement
SKIP THIS

ब्यापारिक र व्यक्तिगत लाभको लागी एनआरएनमा नलागौ-राजदूत लामा


सोल- दक्षिण कोरियाको लागि नेपाली राजदुत कमानसिङ लामाले ब्यापारिक र ब्यतिगत फाइदाको लागि मात्रै हो भने एनआरएनमा नलाग्न आग्रह गरेका छन् l गत आइतबार नेपाल पत्रकार महासंघ कोरियाले नेपाल हाउसमा आयोजना गरेको ‘एनआरएन कोरिया र भावी नेतृत्व’ बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै राजदुत लामाले सो कुरा बताएका हुन् l

 

 

कार्यक्रममा बोल्दै राजदुत लामाले एनआरएनलाई नेपाल सरकारले मान्यता दिएको संस्था भएकोले आय व्यय र नाफा नोक्सान विवरण पनि उल्लेख हुनुपर्ने कुरामा जोड दिए l

 

 

मन्तब्यकै क्रममा राजदूत लामाले दूताताबासमा दर्ता भए अनुसार हाल सम्ममा १२ जना मात्रै एनआरएन रहेको बताउदै उम्मेदवारहरुलाई दर्ता गराउन आग्रह समेत गरे l साथै कोरियामा अबैधानिक रुपमा संचालन हुदै आएको हुण्डी ब्यबसाय बढ्दै गएकोले अब आउने नेतृत्वले यस्तो कार्य नगराउने र नगर्ने शर्तमा नेतृत्व लिन आग्रह गरे l

 

 

श्रम सहचारी अनिल गुरुङले अहिले नेपालमा समबेशिताको कुरा उठिरहेको स्मरण गराउदै अबको एनआरएनमा लैंगिक, भाषीक, जातिय र क्षेत्रिय समाबेसिता हुनुपर्ने कुरामा जोड दिदै संस्थामा सामाजिक सुशासन अनिबार्य कायम हुनुपर्ने बताए l

 

 

एनआरएन स्थापनाको बारेमा बोल्दै डा. देवी बस्नेतले ‘नेपालीको लागि नेपाली’ भन्ने मूल नाराको साथमा २००३ मा लण्डनबाट शुरु भएको यो संस्था कोरियामा भने २००६ मा स्थापना भएको बताए l हाल सम्ममा एनआरएन कोरियाले बिभिन्न सहयोग गरेको बताउदै कोरियाको ९३% नागरिकहरुलाई बुद्ध नेपालमा जन्मेको भन्ने कुरा थाहा नभएकोले एउटा अभियान नै चलाएर जानकारी दिएको, नेपाल हाउस निर्माणको पहल र अन्य बिभिन्न काममा सहयोग गरेको बताए l

 

समाजसेवी रुद्र शर्माले नेपाल हाउस निर्माणको लागि घोषणा गरेको रकम नदिएकोले केहि अप्ठेरो परेको बताउदै प्रतिबद्धता जनाउने व्यक्ति र संघ संस्थाले रकम जम्मा गर्न अनुरोध गरे l साथै नेपाल हाउसको संकलित रकम हिनामिना नभएको बताउदै केही ढिलो हुन गएकोमा माफी माग्दै छिटै सार्बजनिक गर्ने बताए l

 

शर्माले अहिलेको यो ५ औ अधिबेशनमा सदस्यताको लागी २ वर्ष नपुगेको व्यक्तिहरुलाई फारम वितरण गर्ने, आफूलाई जिताउनको लागी सित्तैमा फारम भर्ने जस्ता कार्य नगर्न सुझाब दिए l यो संस्था भनेको बिशुद्ध सामाजिक सेवा र देश बिकाशको लागि सहयोग गर्ने भएकोले रिस र रहरमा नआउन आग्रह गर्दै ठोस कार्य योजना र भिजन सहित आउन आग्रह गरे l

 

 

अध्यक्ष पदको प्रत्यासी उम्मेदवारहरु क्रमसः रबिन तामाङ्, राजु क्षेत्री, यज्ञराज सुबेदी, लोचन राई, ध्यान राई, र खेम कार्की र अन्य बिभिन्न पदहरुमा उपाध्यक्ष, महासचिब,सचिब, र कोषाध्यक्ष पदको लागी सम्पूर्ण उम्मेदवारहरुले आ-आफ्नो भाबीकार्य योजना र प्रतिबद्ता जनाएका थिए l साथै सहभागीहरुको जिज्ञासाको उत्तर पनी दिएका थिए l रंजन कुवरको सभापतित्व संचालन भएको उक्त अन्तरक्रिया कार्यक्रमको उद्घाटन महामहिम राजदुत लामाले मैन बत्ती बालेर गरेका थिए भने कार्यक्रमको संचालन नेपाल पत्रकार महसंघ कोरियाका सचिब बिशाल गहतराजले गरेका थिए l

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियामा चासोक तङनाम मनाइयो, पालामको लयमा झुम्यो सौल
  • नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको ७ औँ महाधिवेशन जनवरी ४ मा
  • डिसेम्बर २८ तारिक कोरियाको थेगुमा कलाकार ममता र पवित्रा गुरुङसँगै तमु ल्होसार भव्य मनाइने
  • युबिन श्रेष्ठको नेतृत्वमा प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको नयाँ समिति गठन
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...