ब्यापारिक र व्यक्तिगत लाभको लागी एनआरएनमा नलागौ-राजदूत लामा


सोल- दक्षिण कोरियाको लागि नेपाली राजदुत कमानसिङ लामाले ब्यापारिक र ब्यतिगत फाइदाको लागि मात्रै हो भने एनआरएनमा नलाग्न आग्रह गरेका छन् l गत आइतबार नेपाल पत्रकार महासंघ कोरियाले नेपाल हाउसमा आयोजना गरेको ‘एनआरएन कोरिया र भावी नेतृत्व’ बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै राजदुत लामाले सो कुरा बताएका हुन् l

 

 

कार्यक्रममा बोल्दै राजदुत लामाले एनआरएनलाई नेपाल सरकारले मान्यता दिएको संस्था भएकोले आय व्यय र नाफा नोक्सान विवरण पनि उल्लेख हुनुपर्ने कुरामा जोड दिए l

 

 

मन्तब्यकै क्रममा राजदूत लामाले दूताताबासमा दर्ता भए अनुसार हाल सम्ममा १२ जना मात्रै एनआरएन रहेको बताउदै उम्मेदवारहरुलाई दर्ता गराउन आग्रह समेत गरे l साथै कोरियामा अबैधानिक रुपमा संचालन हुदै आएको हुण्डी ब्यबसाय बढ्दै गएकोले अब आउने नेतृत्वले यस्तो कार्य नगराउने र नगर्ने शर्तमा नेतृत्व लिन आग्रह गरे l

 

 

श्रम सहचारी अनिल गुरुङले अहिले नेपालमा समबेशिताको कुरा उठिरहेको स्मरण गराउदै अबको एनआरएनमा लैंगिक, भाषीक, जातिय र क्षेत्रिय समाबेसिता हुनुपर्ने कुरामा जोड दिदै संस्थामा सामाजिक सुशासन अनिबार्य कायम हुनुपर्ने बताए l

 

 

एनआरएन स्थापनाको बारेमा बोल्दै डा. देवी बस्नेतले ‘नेपालीको लागि नेपाली’ भन्ने मूल नाराको साथमा २००३ मा लण्डनबाट शुरु भएको यो संस्था कोरियामा भने २००६ मा स्थापना भएको बताए l हाल सम्ममा एनआरएन कोरियाले बिभिन्न सहयोग गरेको बताउदै कोरियाको ९३% नागरिकहरुलाई बुद्ध नेपालमा जन्मेको भन्ने कुरा थाहा नभएकोले एउटा अभियान नै चलाएर जानकारी दिएको, नेपाल हाउस निर्माणको पहल र अन्य बिभिन्न काममा सहयोग गरेको बताए l

 

समाजसेवी रुद्र शर्माले नेपाल हाउस निर्माणको लागि घोषणा गरेको रकम नदिएकोले केहि अप्ठेरो परेको बताउदै प्रतिबद्धता जनाउने व्यक्ति र संघ संस्थाले रकम जम्मा गर्न अनुरोध गरे l साथै नेपाल हाउसको संकलित रकम हिनामिना नभएको बताउदै केही ढिलो हुन गएकोमा माफी माग्दै छिटै सार्बजनिक गर्ने बताए l

 

शर्माले अहिलेको यो ५ औ अधिबेशनमा सदस्यताको लागी २ वर्ष नपुगेको व्यक्तिहरुलाई फारम वितरण गर्ने, आफूलाई जिताउनको लागी सित्तैमा फारम भर्ने जस्ता कार्य नगर्न सुझाब दिए l यो संस्था भनेको बिशुद्ध सामाजिक सेवा र देश बिकाशको लागि सहयोग गर्ने भएकोले रिस र रहरमा नआउन आग्रह गर्दै ठोस कार्य योजना र भिजन सहित आउन आग्रह गरे l

 

 

अध्यक्ष पदको प्रत्यासी उम्मेदवारहरु क्रमसः रबिन तामाङ्, राजु क्षेत्री, यज्ञराज सुबेदी, लोचन राई, ध्यान राई, र खेम कार्की र अन्य बिभिन्न पदहरुमा उपाध्यक्ष, महासचिब,सचिब, र कोषाध्यक्ष पदको लागी सम्पूर्ण उम्मेदवारहरुले आ-आफ्नो भाबीकार्य योजना र प्रतिबद्ता जनाएका थिए l साथै सहभागीहरुको जिज्ञासाको उत्तर पनी दिएका थिए l रंजन कुवरको सभापतित्व संचालन भएको उक्त अन्तरक्रिया कार्यक्रमको उद्घाटन महामहिम राजदुत लामाले मैन बत्ती बालेर गरेका थिए भने कार्यक्रमको संचालन नेपाल पत्रकार महसंघ कोरियाका सचिब बिशाल गहतराजले गरेका थिए l

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • चलचित्र ‘ऊनको स्वीटर ‘ सुवन शोको मिति परिवर्तन, जुन १ मा प्रदर्शन हुने
  • विश्वव्यापी खुल्ला कविता प्रतियोगिताको नतिजा घोषणा मे १८ मा हुने
  • किरात राई यायोक्खाले कोरिया भर ‘साकेला’ मनाउँदै
  • गायक तथा मुन्दुम विद जितेन राईको साथमा कोरिया भर ‘साकेला’ मनाईदै
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...