Advertisement
SKIP THIS

एनआरएन कोरियाको पांचौ अधिवेशन बारे छोटो विवेचना


झक थापा मगर
“नेपालीको लागि नेपाली” भन्ने मूल नाराको साथमा नेपालको विकास र प्रवर्द्धनमा टेवा पु-याउने, रहर बाध्यता र सम्भावनाको खोजीमा सार्क मुलुक भन्दा बाहिर विभिन्न मुलुकमा वसोबास गरिरहेका गैर आवासीय नेपालीहरुको हितको पक्षपोषण गर्न र संगठित रुपमा अगाडी बढ्न, विदेशमा आर्जन गरेको सीप र अर्थलाई नीजि क्षेत्रमा सामूहिक लगानी गरि राष्ट्र निर्माणमा सहयोग पु-याउने उद्देश्यले सन् २००३ मा लण्डनमा सम्पन्न गैर आवासीय नेपालीहरुको एक भेलाले व्यापक छलफल गरि ल्याईएको अवधारणालाई मुर्त रुप दिई स्थापना भएको गैर आवासीय नेपाली संघ आज संसार भरि करिब ७० देशमा विस्तार भईसकेको छ र कोरियामा पनि यो संस्था स्थापना भई एनआरएन कोरियाको विधानमा उल्लेख भएका उद्देश्य हरुलाई अनुसरण गर्दै बिभिन्न सामाजिक,आर्थिक,भौतिक, नैतिक सहयोगहरु परिचालन गर्दै कोरियामा रहेका नेपालीहरुलाई परेका विभिन्न खालका समस्याहरुलाई हातेमालो गर्दै मलहम लगाउने कार्यहरु गरिरहेको छ। यसै गरि नेपाल हाउस  सञ्चालमा ल्याएर कोरियामा समस्या परेका नेपालीहरुलाई आश्रय दिने काम पनि गरिरहेको छ भने देशमा घटेका प्राकृतिक प्रकोप लगायतका घटनाहरुमा पनि आर्थिक सहयोग गरिरहेको छ।
यधपी कोरियामा ३२,५०० नेपालीहरु(ईपीएसले गर्दा अझै नेपालीको संख्या बढ्ने क्रम जारी छ) विभिन्न पेशा व्यवसाय र रोजगार गरेर बसिरहेको यो अवस्थामा एनआरएनको उद्देश्य,एनआरएन को हुन्? कस्ता योग्यता भएका वा पुगेका ले एनआरएनको सदस्यता लिन सक्छन् भन्ने कुरा कोरियाबासी नेपालीहरुलाई बुझाउन नसकेको तीतो यथार्थ तपाई हामी संग नै छ र एनआरएन बुझ्न नखोज्ने व्याक्तीहरुले रोजगारीका लागि मुलुक बाहिर बस्ने हामी एनआरएन होईनौं भन्ने आवाजहरु पनि बेला बखतमा उठ्ने गरेको छ।यस बारेमा अब आउने नयां कार्य समितिले सशक्त कार्यक्रमहरु ल्याउनु पर्नेछ।
सर्बप्रथम त एनआरएन एउटा सामाजिक संस्था हो। अर्थात सार्क मुलुक बाहेक विश्वमा छरिएर रहेका गैर आवासीय नेपालीहरुको साझा चौतारी पनि हो किनकी यस संस्थामा आवद्ध हुनेहरुले राजनैतिक, जातिय,क्षेत्रीय र धार्मिक क्रियाक्लापहरु गर्न पाउने छैनन्। अन्तरराष्ट्रिय समन्वय समितिले बनाएको राष्ट्रिय अधिवेशन सञचालन सम्बन्धी नियमावलीको धारा ४ उपधारा ८ मा यो कुरा उल्लेख गरिएको छ।साथै राजनैतिक, जातिय वा धार्मिक संस्थामा आवद्ध भएका व्याक्तिले एनआरएन को केन्द्रिय वा राष्ट्रिय परिषद्को कार्यकारीको उम्मेदवार बन्न चाहेमा त्यस्ता संस्था संग आबद्धता तोडेको प्रमाण-पत्र पेश गर्नुपर्ने व्यवस्था छ।यसको अर्थ एनआरएनमा निर्वाचित भईसकेपछि कुनै राजनैतिक,धार्मिक,जातिय र क्षेत्रिय आधारमा लबिङ्ग गर्न बर्जित छ भन्नु हो ।
माथिको भूमिकामा एनआरएन सम्बन्धी छोटकरी रुपमा विवेचना गरिए पनि यस लेखको मूल उद्देश्य भनेको एनआरएन कोरियाको हुन गईरहेको पांचौ अधिवेशन र कस्ता व्याक्तिहरुले कस्तो पदमा उम्मेदवारी दिन सक्छन् भन्ने बारेमा प्रकाश पार्नु हो।
यहि सेप्टेम्बर १२ र १३ तारिकमा हुन लागेको एनआरएनको अधिवेशन र एनआरएन कोरियाको भावी नेतृत्वलाई लिएर बजार तातिरहेको छ। नेतृत्व सम्हाल्छु भन्नेहरुले सामाजिक सञ्जाल देखि अनलाईन खबर मिडीयाहरुमा आफू निर्वाचित भएमा आफूले गर्ने काम र उद्देश्यको बारेमा आफ्नै भनाईहरु राख्दै प्रचार-प्रसारलाई तिब्ररुपमा अगाडी बढाईरहेका भएपनि कतिपय उम्मेदवारहरुले कुन पदमा कस्तो योग्यता पुगेको उम्मेदवारले दाबी गर्न पाउंछ भन्ने बारेमा अन्योल भएको पाईएको छ ।
गैर आवासीय नेपाली संघ कोरिया, राष्ट्रिय समन्वय परिषद्को विधान-२००६(२०१३ को संशोधन सहित मिलाईएको) परिच्छेद ५ धारा १० अनुसार अध्यक्ष-१, उपाध्यक्ष-३, महासचिव-१, सचिव-१, निर्वाचित सदस्य-४,महिला आरक्षण सदस्य-१ र कार्य समितिको निर्णय बमोजिम मनोनित सदस्य-३ जना गरि जम्मा १५ जनाको कार्यसमिति हुनेछ र यसको पदावधी २ वर्ष को हुनेछ भनेर उल्लेख भएको छ।
निर्वाचन उम्मेदवारको योग्यता
एनआरएन कोरियाको कार्यसमितिको लागि कस्ता व्याक्तिहरुले कुन पदमा उम्मेदवार दिन पाउंछन् भन्ने कुरा विधानको परिच्छेद ८को धारा १८ को उपधारा २.५ मा प्रष्ट व्यवस्था गरेको छ। जस अनुसार अध्यक्ष पदका लागि क्षेत्रिय समितिका अध्यक्ष वा राष्ट्रिय समन्वय परिषद्को कुनै पदमा कमसेकम एक (१) कार्यकाल पुरा गरेको हुनुपर्दछ भने अध्यक्ष बाहेकका अन्य मुख्य पांच पदहरुमा (उपाध्यक्ष-३, महासचिव-१,सचिव-१)उम्मेदवार बन्नका लागि कम्तिमा एक पटक क्षेत्रिय समिति वा क्षेत्रिय कार्यदल वा राष्ट्रिय समन्वय परिषदको कुनै पदमा बसेको हुनुपर्नेछ वा कम्तिमा एक(१) वर्ष सम्म पन्जिकृत सदस्य (विधानको परिच्छेद १ को धारा २ उपधारा १३ अनुसार पञ्जिकृत सदस्य भन्नाले गैर आवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद्ले तोके बमोजिमको सदस्यता शुल्क बुझाई रितपूर्बक राष्ट्रिय समन्वय परिषद्ले सदस्यता प्रदान गरेको सदस्यलाई बुझाउंछ) बनेको हुनुपर्नेछ। यसरी अध्यक्ष र अन्य मुख्य पांच पदहरु बाहेकका अन्य सदस्यहरुको लागि भने साधारण सदस्य वा पञ्जिकृत सदस्यहरुले उम्मेदवार हुन पाउनेछन्।
निर्वाचन समितिको गठन
एनआरएन कोरियाले यहि सेप्टेम्वर १२ र १३ तारिक को दिन हुने निर्वाचनको लागि विधानको परिच्छेद-८ धारा-१८ उपधारा-१ अनुसार भू.पू.क्षेत्रिय उप-संयोजक ( एनआरएन एसिया प्यासिफिक) तथा समाजसेवी रुद्र शर्मालाई निर्वाचन आयुक्त चयन गर्दै डा. देवीबहादुर बस्नेत, झक थापा मगर, तारा के.सी. र सागर न्यौपानेलाई सदस्यमा मनोनयन गरेको छ। यस निर्वाचन समितिले एनआरएन कोरियाको विधान को धारा १८ उपधारा २.४ अनुसार र निर्वाचन प्रणालीका मूल्य मान्यता र सिद्धान्तलाई अंगिकार गर्दै निर्वाचन कार्य सम्पन्न गर्नेछ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियामा स्याङ्जा भिरकोट आठथर तमु समाजको ल्होसार कार्यक्रमसँगै छैठौं अधिवेशनबाट तोरन गुरुङको नेतृत्वमा कार्यसमिति चयन
  • ‘त’ ल्हो घोडा वर्गलाई स्वागत गर्दै तमू धीं कोरियाले ‘ल्होसार’ मनाउँदै
  • चुम्लुङ बुसानले डिसेम्बर २१ मा ‘चासोक तङनाम’ मनाउँदै -FONIJ KOREA
  • कोरियामा चासोक तङनाम मनाइयो, पालामको लयमा झुम्यो सौल
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...