Advertisement
SKIP THIS

कोरियाको दु:ख


सोल -थेगु देखि चार किलोमिटर टाढाको एक टनेल हाउसमा काम गर्ने मनमाया( नाम परिबर्तन) को दैनिकी भनेको बिहान देखि बेलुकीसम्म साग बारीमा बिताउनु हो | खाना आफै बनाउनु पर्ने , वासिङ मेशिन छैन लुगा आफै धुनु पर्ने | दिन भरिको कामले ज्यान लखतरान हुन्छत्यसै माथि मालिक , मालिक्नीको कचकच महिनाको एक दिन बिदा | बिदाको दिन कोठा सफा गर , नजिकैको बजार जाउ , महिना दिनलाई खान पुग्ने समान किन , मालिकले ग्याँस र चामल दिन्छ अरु जोहो आफैंले गर्नु पर्छ |

 

 

कोरिया आएको ३ बर्ष पुग्यो | चार किलोमिटर नजिकको थेगु शहर मुश्किलले ४/५ चोटी पुगेकी छिन | राजधानी सोलको अनुहार अहिलेसम्म देखेकी छैनन् | राजधानीको नाक मुख कस्तो छ ? अहिलेसम्म अत्तोपत्तो छैन |

ह्वासङसीको एक डाई कस्टिङ कम्पनीमा काम गर्ने राम ( नाम परिबर्तन ) लाई कम्पनी मालिक पिटन भन्दै लौरो लिएर खेदे | भाग्दै गएर कोठाको चुकुल लगाएर बसे | दूइ जना कामदार भएको कम्पनी | एक – एक हप्ता रातमा र दिनमा काम गर्नु पर्ने दिनमा काम गर्दा मालिकसंग काम गर्नु पर्ने रातमा एक्लै काम गर्नु पर्ने बिहान मालिक रक्सी खाएर आएर जहिले किचकिच गर्ने | भाषामा राम्रो दख्खल राख्ने उनले मालिकले पिटन खोजे पछि पुलिस चौकी गएर रिपोर्ट दिए र कम्पनी सरे |
ख्यङगी दोङदुछङसी स्थित एक पेन्टिङ कम्पनीमा कार्यरत श्याम ( नाम परिबर्तन) संगै काम गर्ने कोरियन सहकर्मीवाट कुटिए | कुटिए पछि पुलिस र नोदोङबुमा गएर रिपोर्ट त गरे भाषाको समस्याले गर्दा सबै बुझाउन सकेनन | पुलिस चौकीले भाषा अनुवादक लिएर आउन भने पछि कोरियाका विभिन्न संघ , संस्था देखि राजदुताबाससम्म हार -गुहार गरे कतैवाट सहयोग पाएनन् | आखिरमा एक समाजसेवीले नेपाली भाषा अनुवादकको चाँजो मिलाईदिए | अहिले उनले पनि कम्पनी परिबर्तन गरिसकेका छन् |

छङजु मुगुक स्थित एक आल्मुनियम कम्पनीमा कार्यरत दिलिप ( नाम परिबर्तन) कम्पनीमा मालिकको कुनै कचकच छैन | सेवासुविधा पनि राम्रै छ तर काम भनेको आल्मुनियम भट्टीमा काम गर्नु पर्ने त्यस माथि डे , नाईट | १०० डिग्री भन्दा माथिको तापक्रममा काम गर्दा जिउमा पसिना ननिस्केको कुनै समय हुदैन | उनि भन्छन कोरिया भनेको पैसाको मुख हेरेर काम गर्ने ठाँउ हो | दु:ख सम्झिदा त कुन जुनीको ऋण खाएको रहेछु जस्तो लाग्छ |

 

 

माथिका उदाहरण मात्र हुन् | कोरिया यस्ता समस्या र दु:ख झेल्ने नेपालीको संख्या हजारौ छ | २००७ मा रोजागर अनुमति प्रणाली (ईपिएस ) लागु भए पछि कोरियामा नेपालीको संख्या ह्वात्तै बढेको हो | त्यो भन्दा अघि बिभिन्न भिसा र मुनड्रप्स र लुम्बिनी ओभरसिजवाट कोरिया आएका नेपालीको संख्या न्यून थियो |
कोरियाका लागि नेपाली राजदुत कमानसिंह लामाले नेपालीको संख्या बढे पछि केही समस्या देखिए पनि दुताबासको जानकारीमा आएका सबै समस्याको समाधान गर्न लागि परेको बताउछन |

 

 

छन्नान स्थित माईग्रेन्ट सेन्टरमा हरेक आईतबार बिबिध समस्या लिएर आउने नेपालीको लर्को देखिन्छ | उक्त सेन्टरमा कार्यरत गीता राईका अनुसार धेरै नेपाली मजदुरले कम्पनीका साहु र संगै काम गर्ने कोरियन सहकर्मीले दुर्ब्यबहार गरेको , समयमा तलव नपाएको , कम्पनी परिबर्तन गर्दा थेजिकम ( एक बर्ष काम गरे वाफत पाईने एक महिनाको तलब बराबरको रकम ) नपाएको केश बढि लिएर आउने गरेको अनुभव सुनाउछिन |

 

 

यसै गरि प्रवासी मजदुरको पक्षमा वकालत गर्दै आईरहेको संस्था प्रवासी मजदूर संघ (एमटियू) का अध्यक्ष उदय राईले पनि कोरियाको कानुनले कम्पनी मालिकलाई सबै हक – अधिकार दिएकोले प्रवासी मजदुरहरुले विभिन्न खालका समस्या भोग्दै आएको बताउछन |
पछिल्लो चरणमा आएर आत्महत्या गर्ने , औधोगिक दुर्घटना देखि सडक दुर्घटनामा परेर ज्यान गुमाउनेको संख्या बददो छ |

 

गत हप्ता उईजङबो दोङदुछनमा रहेको सेरिम नामक टेक्सटायल कम्पनीमा कार्यरत नवलपरासी बडेराका बीरेन्द्र प्रसाद चौधरी आफ्नै कोठामा मृत अवस्थामा भेटिए भने तीन हप्ता अघि मात्र ख्यंगीदो ग्वाङजुमा रहेको काठको डेकुरेसन बनाउने कम्पनीमा कार्यरत काभ्रे शंखु- ४ का सुदिप राउतलाई संगै काम गर्ने भोजपुरका परशुराम राईले काठको लठ्ठीले हिर्काएर हत्या गरेका थिए |
हालसम्म झण्डै ३२ हजार नेपाली कामदार कोरिया अाई पुगी सकेका छन । मासिक एक लाख १५ हजार न्युतम कमाई हुने कोरिया नेपाली युवा माझ आकर्षक गन्तव्यको रुपमा परिचित छ | अहिले कोरियामा नेपाली कामदारले उद्योग, कृषि तथा पशुपालन क्षेत्रमा काम गरिरहेका छन् । आगामी वर्षको लागि आउदो असोज २ र ३ गते ईपिएस परिक्षा हुँदैछ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • ‘कोरिया सन्देश ‘ जर्नल विमोचन, समारोहमा कस्ले के के भने?
  • प्रथम सेवारो कपको उपाधि ‘आस्याङ ‘ एफ सीलाई
  • कोरियाको पहिलो शोमा ‘अञ्जिलाले’ दर्शकको मन जित्यो
  • परिस्थितिले सिर्जना गरेको एकता महाधिवेशन NRNA का लागि अवसर हो। विनोद कुवँर
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...