नेपाली कामदार कोरियन जस्तै देखिएपछि जोगिए
थेगु-सोमबार दिउसोको घटना हो | थेगु नजिकै रहेको सन्जु क्षेत्रमा कार्यरत नेपाली कामदारहरु आफ्नै तौर तरिकाले काम गरिरहेका थिए | त्यहाँ थुप्रै कम्पनीमा एउटै गेटबाट प्रवेश सकिन्छ |
दिउसो २ बजे तिर अध्यागमन विभागका कर्मचारीहरु एकाएक एउटा डाईकस्टिङ कम्पनीमा प्रवेश गरे | त्यहाबाट उनीहरुले काम गरिरहेका ६ जना र नजिकैको भिल्लामा सुतिरहेका २ जनालाई समाते | समातिने मध्ये एक जना मंगोलियन अनुहारका जनजाती थिए | उनि कोरियन जस्तै देखिन्थे | उनको अनुहार हेरेर अध्यागमन विभागका कर्मचारी झुक्किए |
उनलाई ‘तपाई कोरियन हो ?’ भनेर सोधे | उनले पनि हो भनि दिए | ल उसो भए गएर काम गर्नुस भने | उनि काम गर्ने जस्तै गरेर सुरक्षित ठाउँमा लुके |
अन्य पक्राउ पर्नेमा ३ महिला ४ पुरुष कामदार छन् | बाहिरबाट अरुले उजुर गरेकाले अध्यामगन आएको अनुमान गरिएको छ | त्यो क्षेत्रका अन्य कम्पनीमा अबैधानिक कामदार भए पनि अध्यागमनले पक्राउ गरेन | कुनै नेपालीले नै अध्यागमनमा उजुर गरेको हुन सक्ने त्यस क्षेत्रमा रहेका एक नेपालीले बताए |