Advertisement
SKIP THIS

काबेली करिडोरको पहिलो खण्ड भदौमा सकिने


काठमाडौं-विद्युत् प्राधिकरणले आफ्नो वार्षिकोत्सव पारेर भदौ १ देखि काबेली करिडोरको पहिलो खण्ड सञ्चालनमा ल्याउने भएको छ । त्यसका लागि युद्धस्तरमा काम भइरहेको प्राधिकरणले जनाएको छ ।

 

‘काबेली करिडोरको पहिलो खण्ड सम्पन्न गरी भदौ १ देखि सानिमा माई हाइड्रोको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा ल्याउनेछौं,’ प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले भने, ‘त्यसका लागि युद्धस्तरमा काम भइरहेको छ ।’ कुल ९० किलोमिटर लामो ३ खण्डमा बनिरहेको काबेली करिडोर प्रसारण लाइन समस्याग्रस्त भएपछि काफ्ले आफैं असार पहिलो साता आयोजनास्थल निरीक्षण गरेका थिए । उनले ठेकेदार जगुवार ओभरसिज एन्ड एस्टर जेभी प्रालिलाई सम्झौताअनुसार काम नगरे कारबाही गर्ने कडा चेतावनी दिएका थिए ।

 

काबेली करिडोर आयोजना प्रमुख दीपेन्द्र द्विवेदीले पहिलो खण्डमा एउटा मात्र टावर ठड्याउन बाँकी रहेको जानकारी दिए । ‘वर्षाले साथ दिए १०/१५ दिनमै काम सक्छौं,’ उनले भने ।

 

त्यसबाहेक पहिलो खण्डमा सञ्चार प्रणालीसँग सम्बन्धित ओपीजीडब्लू जडान गर्न बाँकी छ । सञ्चार प्रणालीसँगै सम्बन्धित अप्टिकल लाइन टर्मिनल इक्विपमेन्ट (ओएलटीई) उपकरण विवाद भने सल्टिएको छैन । यो उपकरण तत्काल जडान नभए पनि प्रसारण लाइन सञ्चालनमा ल्याउन समस्या नहुने प्राधिकरणले जनाएको छ ।

 

करिब ६ महिना अघि सञ्चालनमा आएको २२ मेगावाटको सानिमा माई जलविद्युत् आयोजनाले उत्पादन गरेको करिब ७ मेगावाट विद्युत् यो प्रसारण लाइन नबन्दा खेर गइरहेको छ ।

 

प्राधिकरणले ३३ मेगावाटको वैकल्पिक प्रसारण लाइन निर्माण गरेर यो आयोजनाको १५ मेगावाट विद्युत् मात्र प्रयोगमा ल्याएको छ । आयोजना प्रमुख द्विवेदीले सानिमा माईको पूरै विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा ल्याउन १ सय ३२ केभी क्षमताको काबेली करिडोरको पहिलो खण्ड बन्नैपर्ने बताए ।

 

यो प्रसारण लाइनको पहिलो खण्डमा दमकदेखि इलामसम्मको ३४ किलोमिटर क्षेत्र पर्छ । दोस्रो खण्डमा फिदिमदेखि सोयाकसम्म ४१ किलोमिटर र तेस्रो खण्डमा भने फिदिमदेखि काबेलीसम्म १५ किलोमिटर पर्छ । पहिलो खण्डमा ९५ टावर छन् ।

 

दोस्रो खण्डमा १ सय २३ र तेस्रो खण्डमा ३९ वटा टावर निर्माण गर्नुपर्छ । तर विद्युत् प्राधिकरणले दोस्रो र तेस्रो खण्डको जग्गा अधिग्रहण गरेको छैन ।

 

ठेक्का सम्झौताअनुसार यो प्रसारण लाइन सन् २०१३ सेप्टेम्बरमै सकिनुपर्ने थियो । तर प्राधिकरणको कोठे सर्वेक्षणका कारण ठेकेदार जगुवार पुन: सर्वेक्षण गर्न बाध्य भयो । त्यसमा २ वर्ष लाग्यो । जग्गा अधिग्रहण र मुआब्जा विवादका कारण यो प्रसारण लाइनको दोस्रो र तेस्रो खण्ड कहिले बन्छ भन्न सकिने अवस्था छैन । ढिलाइका कारण पहिलो खण्डमा कम्तीमा ४ करोड रुपैयाँ भेरिएसन भइसकेको छ ।

 

ग्रामीण विद्युतीकरण तथा ४ वटा सबस्टेसन निर्माणसहित यो आयोजनाको लागत करिब ३ अर्ब ७८ करोड रुपैयाँ छ । काबेली करिडोरबाट निर्माण भएका, निर्माणधीन र योजनामा रहेका जलविद्युत् आयोजनाबाट करिब १ सय ५० मेगावाट विद्युत् उपभोक्तासम्म पुर्‍याउने योजना छ । साथै रणनीतिक महत्त्वको यो प्रसारण लाइनबाट झापा, इलाम, पाँचथर र तेह्रथुमलगायत पूर्वाञ्चलका जिल्लाहरूमा वितरण प्रणाली चुस्त पार्ने लक्ष्य पनि छ ।-कान्तिपुर

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • नेपाली जनसम्पर्क समिती कोरियाद्वारा सक्रिय सदस्यताका लागि फारम खुला
  • कोरियामा पहिलो पटक ‘सुजन चापागाईँ एण्ड द इन्फिनिटी’ व्याण्ड गुञ्जने निश्चित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...