उत्तर कोरियालाई उत्तेजनात्मक सैन्य गतिविधि नगर्न चेतावनी


विकास श्रेष्ठ

सोल-दक्षिण कोरियाले कुनै पनि उत्तेजनात्मक सैन्य गतिविधि गरे उत्तर कोरियाले गम्भिर परिणाम भोग्नुपर्ने चेतावनी दिएको छ । गत साता दुइ मुलुकबीचको सिमा क्षेत्रमा भएको माइन विस्फोटनमा दक्षिण कोरियाका दुइ सैनिक गम्भिर घाइते भएपछि सोलले यस्तो चेतावनी दिएको हो ।

 

सो विस्फोटनमा उत्तरको हात रहेको दाबी सोलको छ । यद्यपी प्योङयाङले सो घटनाको बारेमा कुनै प्रतिक्रिया जनाएको छैन ।

दक्षिण कोरियाको सेनाले विज्ञप्ती मार्फत उत्तर कोरियालाई सो घटनाका दोषिलाई कारबाही गर्न र माफी माग्न आग्रह गरेको छ । गएको अगष्ट चार तारिखमा ख्याङगी प्रान्तको पाजु शहर नजिककै सिमा क्षेत्रमा माइन विस्फोट भएको थियो । विस्फोटमा दक्षिण कोरियाका दुइ जना सैनिक गम्भिर घाइते भएका छन् ।

 

दक्षिण कोरियाको अनुसन्धान टोली गरेको अनुसन्धानमा उत्तर कोरियाबाट जडान गरिएको तीन वटा काठको बाकसमा राखिएको माइन विस्फोट भएको खुल्न आएको छ । अर्को हप्ताका लागि तय भएको वाशिङटन र सोलबीचको संयुक्त सैन्य अभ्यास रोक्न उत्तर कोरियाका सैनिकले माइन विस्फोट गराएको आशंका सोलको छ ।-नेपाली हेडलाइन्स

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ जेजुदो शाखाको अधिवेशन सम्पन्न, नेतृत्वमा शुष्मा नाल्बो
  • सुवनको मेगाबक्समा नोभेम्बर १०मा छक्का पन्जा–५ प्रदर्शन हुने
  • “१२ गाउँको” सुवन शोको टिकट सोल्ड आउट “मनसराको” रेकर्ड ब्रेक
  • नोभेम्बर २ मा पूर्वी नेपाल समाजले देउसी भैलो कार्यक्रमको आयोजना गर्ने
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...