Advertisement
SKIP THIS

महिला स्वरोजगारमा सफलता


काठमाडौं-हिजोआज रोजगारी चाहना मात्र होइन आवश्यकता नै बनिसकेको छ । हरेक व्यक्तिले स्वरोजगार हुन चाहिरहेको आजको जमानामा कतिपय युवामनमा रोजगार सुरु गर्नुअघि नै अनेकौं भ्रम तथा आशंकाले जरा गाडेको हुन्छ । काम सुरु गर्नुअघि केही जानकारी तथा क्षमताको विकास गरी स्वरोजगारी अपनाएको खण्डमा अवश्य सफलता प्राप्त गर्न सकिन्छ । नर्भिक इन्टरनेसनल अस्पतालकी साइक्याट्रिक डा. रोजिना मानन्धर भन्छिन्, ‘पछिल्लो समयमा युवाहरू विदेश जाने क्रम तीव्र गतिमा बढेको छ । नेपालमा अवसरको कमी महसुस गर्नु अहिलेका युवाहरूको प्रमुख समस्या हो । परामर्शका दौरान कतिपय युवा यस्ता पनि भेटिएका छन् जो यहीँ आफ्नो क्षमता एवं खुबी लगानी गर्न चाहन्छन् तर उनीहरूमा भोलि गएर परिणाम शून्य हुने हो कि भन्ने डर छ तसर्थ हामी उनीहरूलाई त्यस्ता सफल उदाहरण दिँदै विकासका उपाय सिकाउँछौं ।’ डा.मानन्धरका अनुसार अहिले करियर सुरु गर्न चाहनेहरू पनि परामर्शका लागि आउने गरेका छन् । उनीहरू क्षमता र दक्षताबिना रुचिको क्षेत्रमा प्रवेश गर्न चाहन्छन् । त्यस्ता युवालाई सर्वप्रथम त्यही क्षेत्रसँग सम्बन्धित ज्ञान, दक्षता एवं क्षमता बढाउन सल्लाह दिइने डा.मानन्धरले बताइन् ।

 

एकपटक स्वरोजगारको सुरुवातका लागि दृढ संकल्प लिइन्छ भने बीचमा आइपर्ने बाधा–अड्चन स्वत: टाढा हुँदै जान्छन् । नेपालमा शिक्षित बेरोजगारको संख्या ठूलो छ जुन मुलुकको तीतो यथार्थ हो । उनीहरू आफूले प्राप्त गरेको शिक्षालाई आधार मानी सानातिना काम गर्न लजाउँछन् भने पुँजी लगानी गरी ठूला उद्योग खोल्न उनीहरूसँग पर्याप्त रकम हुँदैन । यस्ता युवाहरूका लागि ठूल्ठूला उद्योगपतिले सानो लगानी र सानै कामबाट आफ्नो व्यवसाय बिस्तार गर्दै लगेको र सफलता प्राप्तिसँगै ठूलो उद्योग स्थापना गर्न सक्षम भएको उदाहरण सुनाउनु र देखाउनु आवश्यक छ । बिनाजानकारी आँखा चिम्लिएर व्यवसाय सुरु गर्नु भनेको पनि अधोगतितर्फ लाग्नु हो । तसर्थ सानै किन नहोस् व्यवसाय गर्नुअघि निम्न कुरामा ध्यान पुर्‍याउनु उचित हुन्छ :

 

कुनै पनि व्यवसाय सुरु गर्नुअघि बजारको स्थितिका सम्बन्धमा जानकारी राख्ने तथा उक्त उत्पादनको बजार एवं उपभोक्ताहरूका सम्बन्धमा पूर्ण जानकारी लिने ।

 

उद्योग सुरु गर्नुअघि नै कति लगानी गर्ने हो निश्चित हुने, त्यस्तै सामग्री आफूअघिका उत्पादकले कुन मूल्यमा बेचिरहेका छन् जानकारी बटुल्ने ।

 

उद्योग सुरु गर्नुअघि आवश्यक मेसिन, कच्चापदार्थ, मेसिन चलाउने एवं मर्मत गर्ने जनशक्ति, स्थापना गर्ने ठाउँ आदि विविध विषयमा अध्ययन गर्ने ।

 

आफूले सुरु गर्ने उद्योगसम्बन्धी सम्पूर्ण जानकारी लिने ।

 

लगानीका लागि कुन बैंकले कति व्याजमा ऋण उपलब्ध गराउँछन् तीमध्ये सस्तो व्याज भएको बैंक छनोट गर्ने ।

 

संयुक्त रूपमा व्यवसाय सुरु गर्ने हो भने अरूको शिक्षा, अनुभव तथा विश्वसनीयताप्रति सचेत हुने ।

 

कर्मचारी छनोटका क्रममा शैक्षिक प्रमाणपत्रका अतिरिक्त कामको अनुभव, विश्वसनीयता एवं प्रतिभामा ध्यान पुर्‍याउने ।

 

सामान उत्पादनपछिको अग्निपरीक्षा भनेको उक्त सामग्री बजारमा बेच्न सक्नु हो । सुरुमा बाधाव्यवधान आइपर्न सक्छन् भने कतिपय मालसामान बिग्रिएर नष्ट हुन सक्छन् । त्यसकारण सुरुवात थोरैबाट गर्नु उपयुक्त हुन्छ । बढी सामान एकैपटक बजार पुर्‍याएर धेरै नाफा गर्ने कुरा सोच्नु हुँदैन ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • किम्हेमा चलचित्र ‘अञ्जिला’ अप्रील २७ मा प्रदर्शन हुने
  • कोरियाभर प्रदर्शनको तैयारीमा बहुप्रतिक्षित चलचित्र ‘ऊनको स्वीटर’
  • चुम्लुङ कोरियाले एक महिने केलाङ प्रशिक्षण सञ्चालन गर्दै
  • कोरियामा रसुवा समाज स्थापना
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...