Advertisement
SKIP THIS

एनआरएन ठालु संस्था हो भन्ने मान्यता उन्मुलन गर्छु-कार्की


सोल-प्रबासी नेपालीहरुको साझा संस्थाका रुपमा परिचित गैह्र आवासिय नेपाली संघ दक्षिण कोरिया शाखाको आगामी सेप्टेम्बर ६ तारिख आईतवारका दिन हुन गैरहेको पाँचौ अधिबेशनका लागि अध्यक्ष पदका लागि रोजगार प्रक्रिया प्रणाली मार्फत कोरियामा आई मजदुरी गरिरहेका नेपाल पत्रकार महासंघ कोरिया शाखाका भूपू अध्यक्ष खेम कार्कीले उम्मेदबारी घोषणा गरेका छन ।

 

 

उनले कोरियामा रहेका मजदुरहरु पक्षबाट आफूले उम्मेदवारी दिएको बताउदै एनआरएन कोरियालाई मजदुर मैत्री बनाउने बताएका छन । दक्षिण कोरियामा एनआरएन सदस्य हुन दुई वर्ष लाग्ने र १ वर्ष सदस्य भएको व्यक्ति मात्र पदाधिकारीमा उठने व्यवस्था मजदुरको हितमा नभएकोले यसलाई यही पटक विधानमा सच्चाउन पहल गर्ने कार्कीले बताएका छन ।

 

 

कोरियामा पत्रकारीताको मार्फतबाट कोरियामा संघ संस्थामा हुने गरेको आर्थिक अनियमितता ,गलत प्रवृतिलाई सच्चाउन पहल गरिरहेका कार्की एनआरएनलाई कोरियामा रहेका नेपालीको विश्वसनिय र पारदर्शी आर्थिक कारोबार गर्ने संस्थाको रुपमा विकास गर्ने बताएका छन ।

 

 

कोरियामा रहेका बत्तीसहजार नेपालीलाई एउटै छातामा ल्याउँने,एनआरएन धनीमानी र ठालुहरुको मात्र संस्थाहो भन्ने मान्यतालाई उन्मुलन गर्ने,कोरियामा रहेका नेपाली मजदुर के कस्ता समस्यामा रहेका छन ति समस्या निराकरणको लागी सरकारसँग पहल गर्ने लगायत मजदुर मजदुरकै लागि भन्ने मान्यतामा आफु मैदानमा उत्रीएको खेम कार्कीले बताएका छन ।

 

 

अन्य मुलुकमा पनि अधिबेशनको रौनक बढेसँगै दक्षिण कोरियामा पनि खेम कार्कीको उम्मेदबारी पश्चात यज्ञराज सुबेदी,रबिन तामाङ,राजु क्षेत्री,ध्यान राई,लोचन राई अध्यक्षका प्रत्यासी रहेका छन । कोरियामा पहिलो पटक ईपिएस मजदुरको रुपमा एनआरएनमा कार्कीको उम्मेदवारीलाई महत्वको साथ हेरिएको छ । उनले आफूले आफ्नो विस्तृत कार्ययोजना चाडै सार्वजनिक गर्ने र कोरियामा सबैको साझा एनआरएन बनाउन आफूले अध्यक्ष पदमा उम्मेदवारी दिएको बताएका छन ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाल फूटबल महासंघ दक्षिण कोरियाको नयाँ नेतृत्वमा हेमन्त गुरुङ
  • फोनिज कोरियाको चौथो अधिवेशन फेब्रुअरी ८ मा हुने
  • गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
  • नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको केन्द्रीय महाधिवेशन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...