भुकम्प पिडितलाई लमजुङ परिवार दक्षिण कोरियाद्धाराराहत वितरण


 

मेघप्रसाद वाईवा, सोल –भुकम्प पिडितलाई लमजुङ परिवार दक्षिण कोरियाद्धारा संकलित राहत वितरण गरेको छ ।नेपालमा गत बैशाख १२ र २९ गते गएको महाविनाशकारी भुकम्पले निम्त्याएको अतुलनीय क्षतिप्रती लक्षीत गर्दै लम्जुङ परिवार दक्षिण कोरियाको अनुरोधमा संकलित रकम नेपाल पठाई गृहजिल्लाका ३८८ घरधुरी भुकम्प पीडितलाई राहत वितरण सप्पन्न भएको कुरा लम्जुङ परिवार दक्षिण कोरियाका अध्यक्ष श्री रुपप्रसाद गुरुङले बताए।

 

भुकम्प पीडित सहयोगार्थ लम्जुङ परिवार दक्षिण कोरियाले प्रथम मर्स्याङ्दी च्याम्पियनसिप खुल्ला नकआउट फुटबल प्रतियोगिता समेत आयोजना गरेको थियो।भुकम्पका कारण अति प्रभावित पुर्वी लमजुङको ईलमपोखरी, गौँडा, कोल्की र भलायखर्कका बासिन्दालाई दैवी प्रकोप उद्धार समिति तथा जिल्ला प्रशासन संग समन्वय गरि राहत वितरण गरेको लमजुङ परिवार दक्षिण कोरियाका पुर्व अध्यक्ष ईन्द्रबहादुर गुरुङले बताए ।

 

 

लमजुङ परिवार दक्षिण कोरियाले पिडितलाई राहतका लागी चार लाख ९० हजार रुपैयाँ पठाएको र उक्त रकमबाट पिडित परिवारलाई म्याट्रेस खरिद गरेर वितरण गरिएको थियो । राहत वितरण गर्न लमजुङ परिवार दक्षिण कोरियाका पुर्व अध्यक्ष ईन्द्रबहादुर गुरुङ, पुर्व उपाध्यक्ष अभिसेक गुरुङ, सदस्य शंकर बस्नेत लगायतको टोली गाउँमै पुगेका थिए ।

 

 
उहाँहरुले पिडित परिवारलाई बर्षामा चिसोबाट जोगिन गाउँमै पुगेर प्रति परिवार दुई वटाका दरले म्याट्रेस वितरण गरेका थिए । कोरियामा रहेका लमजुङ परिवारमा आवद्ध सबैले जिल्लाका भुकम्प पिडितलाई सहयोग गरेको भन्दै पिडित परिवारले धन्यवाद ज्ञापन गरेका थिए ।

 

 

कोरियामा रहेका विभिन्न संस्थाहरु मध्ये पुरानो एवं सक्रिय संस्थाका रूपमा परिचीत लम्जुङ परिवार दक्षिण कोरियाले आफ्नो स्थापना कालदेखि नै विभिन्न आपत विपतमा परेका कामदार तथा बिरामीहरुलाई समेत सहयोग गर्दै आएका छन् भने परिवारको आफ्नै निजि भवन समेत रहेको र नेपालबाट कोरिया आई रोजगारीको क्रममा अप्ठ्यारोमा परेका सबै जिल्ला क्षेत्रका नेपाली दाजु भाईलाई बेरोजगारको अवस्थामा बसोवासको ब्यवस्था समेत रहेको जानकारी लम्जुङ परिवार दक्षिण कोरियाका वरिष्ठ सल्लाहकार श्री भिम गुरुङले बताए ।

भुकम्प पीडित राहत संकलन अभियानमा सहयोग गर्ने व्यक्तिहरुको  नामावली तपशिलबमोजिम राखिएको छ ।

1.रुप प्रसाद गुरुङ (लम्जुङ, बाग्लुङपानी-02)1,10,000₩
2. भिम गुरुङ (लम्जुङ,गाउँशहर -01)       1,20,000 ₩
3.जित गुरुङ (लम्जुङ,घनपोखरा -08)     1,10,000 ₩
4.राज कुमार  गुरुङ ( लम्जुङ,जिता -04)   1,01,000 ₩
5. छिरिङ शेर्पा (ओखलढुंगा )                 1,10,000 ₩
6.कृष्ण गुरुङ (लम्जुङ,अर्चलबोट-03)   1,50,000 ₩
7.मेघप्रसाद वाइवा(लम्जुङ,बाग्लुङपानी-01)1,10,000 ₩
8. मेख दुरा  (लम्जुङ,नेटा -03)                 50,000 ₩
9.कमला गुरुङ (बुटवल ,रुपन्देही )           1,05,000 ₩
10.ईन्द्र गुरुङ (लम्जुङ,बिम्दा -08)           3,00,000 ₩
11.शोभा कुमारी  दुरा( लम्जुङ,कुन्छा-04) 1,00,000 ₩
12.एकबहादुर गुरुङ(लम्जुङ,बाग्लुङपानी-04)51,000 ₩
13. होम बहादुर गुरुङ (लम्जुङ,दुराडांडा-09) 51,000 ₩
14.बिर्ख गुरुङ (लम्जुङ,ताघ्रिङ -02)         1,10,000 ₩

15.ओमप्रसाद वाइवा(लम्जुङ,बाग्लुङपानी-01)51,000₩
16. राम थापा मगर (लम्जुङ,बेशीशहर )      50,000 ₩
17.देवी कुमारी घले (लम्जुङ,घेर्मु -05)        51,000 ₩
18. केशर गुरुङ  (लम्जुङ,बांजाेखेत -01)    50,000 ₩
19. जे. बी. गुरुङ (लम्जुङ,नाल्मा -04)     2,00,000 ₩
20.मुनिन्द्र गुरुङ(लम्जुङ,घेर्मु-08)         1,01,101₩
21.सोमिता लामा(चितवन)                      1,01,101₩
22.खड्काबहादुर गुरुङ(लम्जुङ,हिलेटक्सर-04) 1,21,000₩
23.दिलिप धिताल(लम्जुङ,गाउँशहर-06)       51,000₩
24. अभिशेक गुरुङ(लम्जुङ,भुजुङ-   05)   51,000₩
25.धन गुरुङ (लम्जुङ,खुदी-09,सिरुङ)       50,000₩
26.जुनु गुरुङ (शुभेच्छा रेस्टुरेन्ट ,द.कोरिया) 2,50,000₩
27.हरि गुरुङ (लम्जुङ,पसगाउँ -06)           51,000₩
28.भक्त गुरुङ (लम्जुङ,पसगाउँ -06)        51,000₩
29.यज्ञ घले((लम्जुङ,बांजोखेत-01)         50,000₩
30.नन्दकाजी  गुरुङ (लम्जुङ,नाल्मा-01)  55,000₩
31.मेखबहादुर गुरुङ (लम्जुङ,नाल्मा-05) 1,00,000₩
32.कुमारी गुरुङ (लम्जुङ,बाग्लुङपानी -08)1,05,000₩
33.रितु गुरुङ (लम्जुङ,बाग्लुङपानी-05)  1,01,000₩
34.ममता गुरुङ (लम्जुङ,भोटेवडार )        1,01,000₩
35.श्याम कुमार लोप्चन(लम्जुङ, बाग्लुङ्पानी-01)51,000₩
36.पुष्प गुरुङ (लम्जुङ,भोर्लेटार-03)           51,000₩
37.बिक्रम गुरुङ (लम्जुङ,पसगाउँ -05)        51,000₩
38.लक्ष्मी गुरुङ(लक्ष्मीपुजारेस्टुरेन्ट,द.कोरिया )51,000₩
39.बिराज बिस्वकर्म(लम्जुङ, घनपोखरा-04)1,07,000₩
40.इस्वर गुरुङ (लम्जुङ,हिलेटक्सर-03)      50,000₩
41.रभी गुरुङ(लम्जुङ,हिलेटक्सर-04          50,000₩
42. रोशन गुरुङ(लम्जुङ,कुन्छा-01)          51,000₩
43.उषा गुरुङ (लम्जुङ,बाग्लुङ्पानी -09)  1,10,000₩
44.लोकेन्द्र गुरुङ(लम्जुङ,हिलेटक्सर-03)  61,000₩
45.कृष्ण गुरुङ(लम्जुङ,हिलेटक्सर-03)    1,01,000₩
46.दिपक गुरुङ (लम्जुङ,पसगाउँ -09)      51,000₩
47.शाई घले (लम्जुङ,घेर्मु-05)                 1,00,000₩
48.सुनिल गुरुङ(लम्जुङ,आर्चलाबोट-02) 55,000₩
49.भिमसुब्बा तामाङ (लम्जुङ,खुदी -07)  50,000₩
50.काशी गुरुङ (लम्जुङ,नाल्मा-05)        51,000₩
51.पर्वत बस्नेत(खोटाङ )                       21,000₩
52.रमेश खरेल (काठमाडौं )                   10,000₩
53.हरि जर्का (काठमाडौं)                        10,000₩
54.प्रकाश गुरुङ (लम्जुङ,भोजे-04)         1,05,000₩
55.बिपिन परियार (लम्जुङ,सुन्दरबजार -05) 30,000₩
56.युवाराज  कार्की (लम्जुङ, सुन्दरबजार -04) 30,000₩
57.रत्नमनिअघिकारी(लम्जुङ,सुन्दरबजार-04) 51,000₩
58.रामकृष्ण श्रेष्ठ(लम्जुङ,सुन्दरबजार -04)   30,000 ₩
59.सोयसन फुटबल चन्दबक्सबाट           1,38,000₩
60.जित गुरुङ (लम्जुङ,भरते-07)           50,000₩
61.केरसिङ घले (लम्जुङ,डोडेनी -06)    51,000₩
62.मिन घले (लम्जुङ,घेर्मु-05)               51,000₩
63.हरिकृष्ण दाहाल (भक्तपुर )                 50,000₩

64.भुकम्प पीडित राहत कोष(फुटबलबाट)3,30,000₩
        जम्मा : 53,17,202 ₩

image-a9e47905c883366a2055d984f51cbeead4ff9d120ba7091774b968b49d72e128-V image-6d232005321ce968df9d9841175db00703e499d4753f9576277242d7079d0737-V (1) image-6d232005321ce968df9d9841175db00703e499d4753f9576277242d7079d0737-V image-719f234f0513f1fb7b8bf1be157f2c8ad43e8e8895ae8bb343edc55fcf254bf5-V

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...