Advertisement
SKIP THIS

मकवानपुरमा आदिवासी दिवस भव्य रुपमा मनाईने


अशोक सुजन श्रेष्ठ

हेटौडा -२१ औा विश्व आदिवासी दिवसका मकवानपुरमा बिबिध कार्यक्रमगरि भव्यताका साथ मनाईने भएको छ । नेपाल आदिवासी जनजाती महासंघ (नेफिन) मकवानपुरको बिहीबार हेटौडामा बसेको बिस्तारित बैठकले यस्तो निर्णय गरेको हो ।

 

महासंघका जिल्ला अध्यक्ष तिर्थबहादुर थापा मगरको अध्यक्षतामा बसेको बैठकले बृहत र्‍याली, अन्तरक्रिया लगाएतका कार्यक्रम गर्ने निर्णय गरेको छ । दिवसमा जातीय भेषभुषामा प्लेकार्ड, झाकीसहितको बृहत र्‍याली निकालिने नेपाल आदिवासी जनजाती महासंघ मकवानपुरका सहसचिब जंगबहादुर गुरुङ्गले जानकारी दिए । हेटौडा–२ मा रहेको महासंघको कार्यालय परिसरबाट शुरु हुने ऱ्याली हेटौडा बजारको परिक्रमा गरि पल्पसा सभागृहमा पुगी कोण सभामा परिणत हुनेछ ।

 

यही आईतबार (साउन २४ गते) अर्थात् अगष्ट ९ मनाईने दिवसमा बिबिध सास्कृतिक कार्यक्रमगरि कला, भाषा र संस्कृतीको प्रबर्द्धन समेत गरिने बताईएको छ । कार्यक्रममै नया संबिधानमा समानुपातिक समावेशी अधिकारको सुनिश्चितता बिषयक अन्तरक्रिया समेत गरिने सहसचिब गुरुङले जानकारी दिए । कार्यक्रममा आदिवासी अगुवाहरु र सरोकारवालाको सहभागिता रहने उनको भनाई छ ।

 

दिवसको यसबर्ष मुल नारा ‘पहिचान सहितको संघीयता आदिवासी जनजातिको अडान ! धर्म निरपेक्षता, समानुपातिक समावेशी सहितको नया संबिधान ’ भन्ने रहेको छ । आदिवासी जनजातिमाथि राज्यबाट नियोजित तरिकाले गरिरहेको भाषिक, सास्कृतिक, धार्मिक, राजनीतिक विभेद तथा मानव अधिकार हनन् लगाएत उत्पीडनबाट मुक्ती दिलाउन संयुक्त राष्ट्र संघले घोषणा गरेको विश्व आदिवासी दिवसलाई अधिकार प्राप्ती गर्ने आन्दोलनको रुपमा मनाईने गरिएको छ । नेपाल पक्ष राष्ट्र भएर अनुमोदन तथा प्रतिबद्धता जाहेर गरे अनुरुप कार्यान्वयनको प्रक्रिया अघि नबढेकोप्रति आदिवासी जनजाति महासंघले गम्भीर खेद प्रकट गर्दै आएको छ । अन्तरिम संविधान, पहिलो संविधान सभा तथा दोश्रो संविधान सभाको पहिलो बैठकले गरेका सहमति, सम्झौता र स्वामित्व ग्रहण गरेका पहिचानसहितको संघीयता समानुपातिक समावेशी, धर्म निरपेक्षता, आदिवासी जनजाति संवैधानिक आयोग, आदिवासी जनजातिहरुको अधिकार मौलिक हकमा सुनिश्चितता गरी संविधान जारी गर्न महासंघले माग गर्दै आएको छ ।

 

बैठकमा आदिवासी जनजाती महासंघ मकवानपुरका निवर्तमान अध्यक्ष बुद्ध लामा, सल्लाहकार मधुकर सिह थापा मगर, नेपाल तामाङ घेदुङका जिल्ला अध्यक्ष लिलाकुमार घलान, नेपाल मगर संघका केन्द्रिय सदस्य बिश्व आले मगर, नेपाल भाषा खल: मकवानपुरका उपाध्यक्ष नन्दरत्न स्थापित लगाएतले दिवसलाई सशक्त रुपमा मनाईनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा जनजाती महासंघ मकवानपुरका कोषाध्यक्ष खेम चेपाङ, सदस्य बद्रीबहादुर माझी, जिल्ला अध्यक्षहरु किरात राई यायोख्याका केबी राई, मगर संघका दुधराज थापा मगर, थारु कल्याणकारिणी सभाका हरिलाल चौधरी तथा नेपाल माझी उत्थान समाजका जिल्ला सचिव कञ्चन माझी, नेपाल मगर युवा संघका केन्द्रिय अध्यक्ष अशोक सारु मगर, नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज)का मध्यमाञ्चल संयोजक कुमार नेगी, केन्द्रिय पार्षद सुरेश श्रेष्ठ, जिल्ला अध्यक्ष पुर्णिमा गोले लगाएतको आतिथ्य रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...