Advertisement
SKIP THIS

कोरियाबाट नेपाल फर्केका मध्ये फेरी आउन चाहनेको संख्या अत्यन्त न्यून


सोल-रोजगार अनुमति प्रणाली (ईपीएस) को कार्यअवधि पूरा गरेर कोरियाबाट फर्केका नेपाली कामदार मध्ये पुन कोरिया आउन चाहनेको संख्या अत्यन्त न्यून रहेको छ |

बैदेशिक रोजगार बिभागले गरेको सर्भेक्षण अध्ययन अनुसार यहाँबाट फर्केका नेपाली कामदार मध्ये पुन: कोरिया आउन चाहने ०.५२ प्रतिशत रहेको छ | बिभिन्न मितिमा कोरिया आएर गत असार १८ गतेसम्म नेपाल फर्केका ९ सय ५० जना कामदारहरुलाई ‘नेपाल सरकारसंग के कस्तो अपेक्षा गर्नुहुन्छ ?’ भन्ने प्रश्नमा ५ जनाले मात्र पुन कोरिया आउने इच्छा ब्यक्त गरेका हुन्  |

उनीहरुमध्ये ६ सय ८९ अर्थात ७२.५२ प्रतिशतले सहुलियत ऋण र सीप बिकासको तालिम माग गरेका छन्  । त्यस्तै छोराछोरीलाई सहज ढंगले  पढाउन पाउन  १.२६ प्रतिशतले माग राखेका छन् भने देशमा सुशासन कायम होस् भनेर माग गर्नेमा ०.४२ प्रतिशत रहेका छन् ।  ९ सय ५० मध्ये ४९ जना महिला कामदार थिए ।

१५ जिल्लालाई मुख्य आधार मानेर गरिएको सर्भेक्षणमा गत असार १८ गते सम्ममा स्वदेश फर्केका कामदारलाई समेटिएको छ । अंकुर नेपालले तयार गरेको सो प्रतिबेदनमा कामदारसँग प्रश्नावली बनाएर प्रत्यक्ष भेटेर, छापा तथा बिद्युतीय संचार माध्यम र सामाजिक संजालबाट सुझाव संकलन गरिएको थियो ।

जिल्लाका आधारमा रुपन्देहीका सबैभन्दा धेरै १ सय ५० कामदार कोरियाबाट फर्केको सर्भेक्षणमा उल्लेख छ । यी मध्ये ७ जना महिला छन् । त्यसपछि म्याग्दीका ७९, सुनसरीका ६५ कास्कीका ६५, चितवन ५३ , काठमाडौंका ५०, पार्वातका ४४, गोरखाका ४१, पाल्पाका  ४०, गुल्मीका ३४,  ललितपुरका ३३, नवलपरासी २८, झापा २५, लमजुङ १७, भक्तपुर १३, र अन्य जिल्लाका २१३ जनालाई सर्भेक्षणमा समेटिएको थियो ।

उनीहरु मध्ये कोरियामा रहंदा औद्योगीक उत्पादनमुलक क्षेत्रमा ९५.६८ प्रतिशत , कृषि तथा पशुपालन क्षेत्रमा ३.४७ प्रतिशत र अन्य क्षेत्रमा ०.८५ प्रतिशतले काम गरेर फर्केका थिए ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...