Advertisement
SKIP THIS

नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले जनवरी २८ मा बृहत् सांस्कृतिक ल्होछार कार्यक्रम गर्ने


नेपाल तामाङ घेदुङ, दक्षिण कोरिया सउल केन्द्रले जनवरी २८ मा बृहत् सांस्कृतिक ल्होछार कार्यक्रम गर्ने भएको छ । मञ्जुश्री संवत् २८६१ को नयाँ वर्ष सुरु हुने र सर्प वर्ग सोनाम ल्होछारको अवसर पारेर नेपालका ख्याति प्राप्त कलाकारहरूको साथमा बृहत् सांस्कृतिक ल्होछार कार्यक्रम गर्ने भएको हो ।

घेदुङले पोस्टर र निमन्त्रणा कार्ड सार्वजनिक गर्दै दीर्घकालीन शैक्षिक कल्याणकारी कोषमा रकम थप गर्ने उद्देश्यले बृहत् ल्होछार कार्यक्रम गर्ने भएको हो । कलाकारको फोटो बिनाको पोस्टर पोस्ट गर्दै घेदुङले कोरियामा रहेका सम्पूर्ण बुद्धिजीवी, समाजसेवी, अभियन्ता, व्यवसायी, विद्यार्थी, पत्रकार, लेखक तथा आम नेपाली दाजुभाइ, दिदीबहिनीहरूलाई निमन्त्रणासहित आव्हान गरेको छ ।

कार्यक्रममा ख्याति प्राप्त कलाकार र स्थानीय कलाकारहरूको प्रस्तुति, डम्फु नाच, साहित्यिक रचना वाचन र शुभकामना आदानप्रदान हुने छ ।

कार्यक्रम दिनको साढे ३ बजेदेखि सुरु भएर राती १० बजे सम्म हुने छ । ल्होछार कार्यक्रम स्थान HW Convention Hall 컨벤션센터사울특별시 종로구 자하문로 255(부암동 165-3) हलमा हुने छ । सौल मेट्रो लाइन नं. १ को जोङ्गक स्टेसनबाट नजिकै रहेको छ । साैल रेल स्टेसन दोङ्देमुन ३ नम्बर गेटबाट बसकाे व्यवस्था पनि रहेकाे छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • तमू धीं कोरियाको महाधिवेशन सम्पन्न, अध्यक्षमा तेज बहादुर गुरुङ सर्वसम्मत
  • एनआरएनए कोरियाको संरक्षकमा डा. प्रकाश धमला र लक्ष्मी गुरुङ चयन
  • सम्झनामा समर, समुद्र र सन क्रूज रिसोर्ट
  • कम्पनी मालिक र टोली प्रमुख दोषि ठहर, दुवैलाई जेल सजाय
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...