Advertisement
SKIP THIS

सुवनको मेगाबक्समा नोभेम्बर १०मा छक्का पन्जा–५ प्रदर्शन हुने


दक्षिण कोरियाको ठुलो सहर सुवनको मेगाबक्समा छक्का पन्जा–५ प्रदर्शन गर्ने भएको छ । नोभेम्बर १० मा आइतबार १ बजे प्रदर्शन हुने भएको हो ।

दोलखाली समाज, दक्षिण कोरियाको आयोजनामा प्रदर्शन हुन लागेको हो । ‘दुर्गम क्षेत्रका बालबालिकाको स्वास्थ्य र शिक्षामा सहयोगार्थ’ स्वरूप प्रदर्शन गर्न लागेको सल्लाहकार सरोज केसीले जानकारी दिए । चलचित्रको अग्रिम बुकिङ पनि खुला भएको उनले जानकारी दिए । बुकिङको लागि पोस्टरमा दिएका नम्बरमा सम्पर्क गर्न सक्ने छ ।

दिपाश्री निरौला निर्देशित चलचित्र छक्का पन्जा–५ नेपालमा दशैको फूलपातीबाट देश–विदेशमा एकैसाथ प्रदर्शनमा आएको चलचित्रले बक्स अफिसमा व्यापक व्यापार गरेका छन् । कोरियाको नोन्सान सहरमा दशैमै प्रदर्शन गरिसकेको छ । नोभेम्बर १० मै किम्हे शोको लागि बुकिङ भइसकेको आयोजकले बताएको छ । अन्य सहरहरूमा पनि प्रदर्शनको लागि बुकिङ भइरहेको छ ।

प्रदर्शन मिति र निर्धारित समयमै उपस्थिति भएर चलचित्र हेर्न कोरियामा रहेको सम्पूर्ण दाजुभाइ, दिदीबहिनी लगायत आम नेपालीहरूलाई हेर्न आयोजकले निमन्त्रणा समेत गरेका छन् । टिकट शुल्क भने तीस हजार कोरियन वन (३०,०००) तोकिएको छ । मेगाबक्सको ठेगाना:수원시 팔달구 행궁로71  2층 메가박스 र पोस्टरमा रहेको ठेगाना हेरेर सुवन स्टेसनबाट बस र ट्याक्सीबाट हलसम्म पुग्न सकिने छ ।

टिकट अग्रिम बुकिङको लागि दोलखाली समाजका सल्लाहकार सरोज केसी, अध्यक्ष अभि थापा लगायत कमिटीका प्रतिनिधिहरूबाट पनि गर्न सकिने छ । नम्बर: 01064856041, 01077378727, 01082272599, 01083779316, 01059324321 ।

आमा सरस्वती मूभिज र आइएमइको ब्यानरमा निर्माण भएको फिल्ममा माग्ने बुढा र निर्मल शर्मा कार्यकारी निर्माताको रूपमा छन् भने दीपकराज गिरी,वर्षा सिवाकोटी, केदार घिमिरे ९माग्ने बुढा०, राजाराम पौडेल, रमेश बुढाथोकी, प्रकाश घिमिरे, नरेन्द्र थापा,उत्तम केसी, दमन रुपाखेती, निर्मल शर्मा लगायत कलाकारको मुख्य भूमिका रहेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...