जुलाई २१ का दिन गाउँ आएको बाटो सुवनमा प्रदर्शन हुँदै
कोरियाको सौलमा सफल प्रदर्शन भएको बहुप्रतिक्षित चलचित्र “गाउँ आएको बाटो” सुवनमा पनि प्रदर्शन हुने भएको छ। कोरियाको व्यस्त शहर सुवन स्थित 팔달구 행궁로 को हलमा भोजपुर परिवारद्वारा प्रदर्शन गर्न लागिएको हो।
जुलाई २१ तारिख आइतवार दिनको १२:३० बजेदेखि प्रदर्शन हुने आयोजकले जनाएको छ। भोजपुरको शिक्षा स्वास्थ्य र खेलकुदमा सहयोगार्थ चलचित्र प्रदर्शन गर्न लागेको संस्थाका अध्यक्ष सुनिल वान्तावा राईले जानकारी दिएका छन्।
सफल निर्देशक नविन सुब्बाको निर्देशन रहेको चलचित्रमा दयाहाङ राई, पसुपति राई, प्रशन राई आदिको अभिनय रहेको छ भने यो चलचित्र कोरियाको बुसान अन्तरराष्ट्रिय चलचित्र महोत्सवमा पनि प्रदर्शन भइसकेको छ।