Advertisement
SKIP THIS

बुद्ध जन्म जयन्ती तथा नेपाल डे परेड सउलमा सम्पन्न


“२५६८ औं बुद्धजयन्ती” को अवसरमा नेपाली राजदुतबास सउल, नेपाल पर्यटन बोर्ड, सउल नेपाल गुम्बा  एनआरएनए, नेपाली सम्पर्क समिति (एनसीसी), जनजाती महासघं, पाँच स, सोनसिक लगायतका विभिन्न क्षेत्रीय, जातीय, धार्मिक संघ-संस्थाहरूले संयुक्त बुद्ध जन्म जयन्ती तथा नेपाल डे परेड सउलमा मे १९ तारिख आईतबार सउलमा मनाएको छ ।

उक्त कार्यक्रमको परेड (र्याली)मा नेपालको, बुद्ध झण्डा, ब्यानार, नेपालको राष्ट्रिय पोषकमा सजिएर जोग्येसा, जोङगाक गाङ्वामुनहुदैं परिक्रम गरेर जोग्येसामा आएर परेड सम्पन्न भएको छ ।

कार्यक्रममा नेपाली राजदुतबास सउल, नेपाल पर्यटन बोर्डका मानार्थ कोरिया प्रतिनिधि, सउल नेपाल गुम्बा, गैर आवासिय नेपाली संघ (एनआरएनए), नेपाली सम्पर्क समिति (एनसीसी), आदिवासी जनजाति महासंघ (नेफिन), नेपाली विध्यार्थी समाज कोरिया (सोनसिक), सनातन, साहित्य, सङ्गीत, साधना समूह- पाँच स, नेपाल फुटबल महासंघ, पूर्वाञ्चल सरोकार समाज, नेपाल तामाङ घेदुङ सउल, तमू धीं, नेपाल मगर संघ, किराँत याक्थुङ चुम्लुङ, किराँत राई यायोख्खा, ह्योल्मो सम्पर्क समिति, मनाङ परिवार, मुस्ताङ परिवार, लमजुङ परिवार लगायतका विभिन्न क्षेत्रीय, जातीय तथा धार्मिक संघ-संस्थाहरूका अध्यक्ष तथा प्रतिनिधीहरू, कोरियावासी नेपाली समुदाय र कोरियाली बौद्ध धर्म अनुयायीहरू सहभागी थिए ।

 

कार्यक्रमको औपचारिक सत्र मै सोनाम शेर्पाले बुद्ध प्रवचन गरेका थिए । आचार्य ङवाङले बुद्धको चार आर्य सत्य (अष्टाङ्गीक मार्ग) र हाम्रो सरल सहज जिवनमा पन्चशील बुझ्न अति आवश्यक रहेको बताए ।

 

कार्यक्रमको प्रमुख अथिती नेपाली राजदुतवास सउलका उपनियोग प्रमुख पुष्पराज भट्टाराईले विश्वमा नेपालीलाई सगरमाथा र शान्तिका अग्रदुत भगवान बुद्धको जन्मभूमि नेपाल भनेर चिनिने हुदाँ विविध कार्यक्रमहरू आयोजना गर्दा नेपाली समुदायको साथ सहयोगको अपरिहार्य रहेको मन्तव्यका क्रममा बताए ।

 

विश्व शान्तिका अग्रदूत भगवान शाक्यमुनी बुद्ध जन्मेको तिथि, २९ वर्षको उमेरमा सत्यको खोजीमा गृहत्याग गरी ६ वर्षसम्म कठोर तपस्या पश्चात बुद्धत्व ज्ञान प्राप्त गरेको तिथि र ८० वर्षको उमेरमा महापरिनिर्वाण भएको ३ तिथि एकै बैशाख पूर्णिमा तिथिमा पर्छ । विश्व शान्तिका अग्रदूत भगवान बुद्ध र सर्वोच्च शिखर सगरमाथा विश्वसामु हामी नेपालीको चिनारी (पहिचान) हो । उक्त महान तिथिलाई नेपाली समुदाय तथा बौद्ध धर्मावालम्वीहरूले बिशेष महत्वका साथ बुद्ध जयन्तीका रूपमा मनाउन जरूरी छ ।

 

कार्यक्रमका सभापति, सउल नेपाल गुम्बाका संस्थापक तथा लामा प्रमुख कुन्साङ दोर्जे लामाले विगतका वर्षहरूमा गुम्वामा सिमित कार्यक्रम यो वर्षदेखि परेड सहित सउलमा गर्न नेपाली राजदुताबास सउल र कोरियामा क्रियाशील सबैं संस्थाहरू सहभागितामा सम्पन्न भएकोमा अत्यन्तै खुशी भएको र सबैलाई धन्यवाद व्यक्त गरे ।  त्यस्तै किम्हे बुसानमा सउल नेपाल गुम्बा र नेपाली राजदुतबास सउलको आयोजनामा त्यहाँ क्रियाशील जनजाती महासघं लगायतका विभिन्न सघं-संस्थाहरूको व्यवस्थपनमा मे २६ तारिख विविध कार्यक्रमहरू गरि मनाउने हुदाँ सहभागिताको लागि समते अनुरोध गरेका छन् ।

त्यस्तैगरी युनेस्कोको धार्मिक तथा सांस्कृतिक सम्पदामा सूचीकृत दक्षिण कोरियाको लोटस् लान्ट्रन फेस्टिवल (Lotus Lantern Festival) कोरियन बौद्ध धार्मिक संस्था, धर्मलम्बीको आयोजना र बिदेशी धार्मिक संस्थाहरूको सहभागितामा २५६८ औं बुद्धजयन्ती विशेष विश्व शान्ति र्याली गत मे ११ मा सम्पन्न भएको छ ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • ‘आदिवासी जर्नल एवम स्मारिका ‘ विमोचन जुलाई २७ मा
  • उल्सानका ३ अस्पतालसँग एनसीसीको सम्झौता, नेपालीलाई सहुलियतमा स्वास्थ्य सेवा उपलब्ध हुने
  • विविध कार्यक्रम सहित जुलाई २० तारिख भव्य रुपमा ‘नेपाल डे’ मनाईदै
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...