किरात याक्थुङ चुम्लुङ कोरियाले २४ औँ वार्षिकोत्सव मनाउँदै
किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले २४ औँ वार्षिकोत्सव मनाउने भएको छ। अप्रील १३ तारिख शनिवार साँझ दोङ्देमून स्थित नेपाली थाईको सभाहलमा मनाउन लागेको संस्थाका अध्यक्ष दिर्ज काङ्भा लिम्बूले जानकारी गराएका छन्।
कोरियामा छरिएर रहेका लिम्बू समुदायको भेटघाट साथै आन्तरिक अन्तरकृयागत रुपले कार्यक्रम आयोजना हुने आयोजकले जनाएको छ। कार्यक्रममा चुम्लुङ, बुसान शाखा, जेजुदो शाखा र छल्लादो शाखाहरुले आफ्नो वार्षिक प्रगति विवरण एवम कार्य योजना प्रस्तुत गर्ने कार्यक्रम पनि रहेको छ। यसैगरी वार्षिकोत्सवको अवसरमा चुम्लुङ कोरियाले आधिकारिक वेवसाइट पनि सञ्चालन गर्ने हुनाले वेवसाइटको उद्घाटन समेत रहेको छ।
कोरियामा रहेका याक्थुङ लिम्बू समुदायलाई कार्यक्रममा उपस्थित जनाउन आयोजकले अनुरोध गरेको छ।
कोरियामा सकृय संस्थाहरु मध्ये चुम्लुङपनि एक हो। जस्ले विभिन्न सामाजिक परोपकारी कामहरु गर्दै आएको छ। चुम्लुङले सुवन र बुसानमा गरि दुइ शेल्टर समेत सञ्चालन गर्दै आइरहेको छ।