बेलबारी एफ सीको पोल्टामा दोस्रो याङ्सान कप फुटसल प्रतियोगिता


याङ्सान फुटबल क्लब र याङ्सान नेपाली परिवार किम्हे बुसानको संयुक्त आयोजनामा गरिएको दोस्रो याङ्सान कप फुटसल प्रतियोगिताको उपाधि बेलबारी एफ सीले बिजयी हासिल गरेको छ l 

मार्च ३१ आईतवारका दिन नेपाल फुटबल महासंघ दक्षिण कोरियामा आबद्ध रहेका नेपाली फुटबल क्लबहरुलाई फुटबल महासंघको नीति नियमावली बमोजिम बर्ष 2024 को लागि आलोपालो प्रणालीको माध्यमबाट बार्षिक दोस्रो फुटबल प्रतियोगिता अन्तरगत फुटसल प्रतियोगिताको आयोजना गरिएको हो ।  

 “स्वास्थ्य अनुशासन र गतिशिलता प्रबासमा नेपालीहरु बीचको एकता” दक्षिण कोरियाको दक्षिणी भेग ख्यांङ्साङ्नाम्दो प्रान्तको किम्हे बुसान क्षेत्रमा आयोजना गरिएको उक्त फुटसल प्रतियोगितामा 32 फुटबल टिमको सहभागिता रहेको थियो l 

पहिलो सेमीफाइनलको ” ए “पोलबाट ग्रीन नेपाल फुटबल क्लबलाई 3 गोलको बिरुद्ध 4 गोल गरि सुवन फुटबल क्लब फाइनल प्रबेश गर्न सफल रहेको थियो भने दोस्रो सेमी फाइनलमा ” बि ” पोलबाट ब्लु लायन 

फुटबल क्लबलाई 2 गोलको बिरुद्ध 3 गोल गरि बेलबारी फुटबल क्लबले फाइनलको यात्रा सुरक्षित गरेको थियो ल्

उक्त फाइनलको अत्यन्तै प्रतिस्प्रधात्मक भिड्न्तमा सुवन फुटबल क्लब र बेलबारी फुटबल क्लबको खेल निर्धारित समयसम्म बराबरी रहेकोले अन्तत पेनाल्टीसुट आउटबाट सुवन फुटबल क्लबलाई शुन्यको बिरुद्ध 2 गोलबाट पराजित गरि बेलबारी फुटबल क्लबले उपाधि कब्जा गरेको थियो l 

बिजेता बेलबारी फुटबल क्लब तथा उप बिजेता सुवन फुटबल क्लबले क्रमश नगद 30 लाख र 20 लाख कोरियन वान सहित ट्रफी मेडल सर्टिफिकेट प्राप्त गर्न सफल रह्यो l 

उक्त याङ्सान कप फुटसल प्रतियोगिताको सर्बोकृष्ट खेलाडी  बेलबारी फुटबल क्लबका सबिन बिडारी लाई घोषित गरिएको थियो भने उच्च गोलकर्ता सुवन फुटबल क्लबका सुवास जेआर र ग्रीन नेपाल फुटबल क्लबका प्रयुश आले मगरले संयुक्त रुपमा 8/8 गोल गरेको थियो । 

 उत्कृष्ट गोलकिपरको पुरस्कार बेलबारी फुटबल क्लबका सोनाम चामलिंग राईले हात पार्न सफल भएको थियो l यसरी नै विधागत रुपमा उत्कृष्ट खेलाडीहरुलाई प्रोत्साहन स्वरूप जनही 1 लाख कोरियन वान  ट्रफी र प्रमाण पत्रबाट पुरस्कृत गरिएको थियो ।  

प्रतियोगिता फाइनलको अन्तिम समापन समारोहमा प्रमुख अतिथि नेपाल फुटबल महासंघ दक्षिण कोरियाका अध्यक्ष ब्रो.तमू, आदिबासी जनजाती महासंघ किम्हे बुसान शाखाका अध्यक्ष परी गुरुङ्ग, नेपाल फुटबल महासंघका बरिष्ठ उपाध्यक्ष हेमन्त गुरुङ्ग, सदस्य तेजु गुरुङ्ग लगायत फुटबल महासंघका केन्द्रिय विभिन्न सम्बन्धित्ब फुटबल क्लबका प्रतिनिधिहरु, जातीय क्षेत्रिय संघ सस्थाका प्रतिनिधिहरुको  बाक्लो उपस्थित रहेका थिए ।  

अत्यन्तै सौहार्दपूर्ण बातावरणमा प्रतियोगिता सम्पन्न भएकोमा खेल संयोजक संजय पौडेलले खुशी ब्यक्त गरेका छन् l दोस्रो पटक आयोजना गरिएको फुटसल प्रतियोगितालाई सफल बनाउन मिडिया पार्टनर फोनिज कोरिया, बिशाल आवाज ), जन आवाज अनलाइन डटकम,  भिडियोग्राफी फोटोग्राफर शम्भु धिमाल, टेलीकम पार्टनर,  रेमिटेन्स पार्टनरहरु साथै आर्थिक भौतिक रुपमा सहयोग गर्ने सहयोगी दाताहरु तथा सहभागी फुटबल क्लबहरुलाई याङ्सान फुटबल क्लबका अध्यक्ष दिनेश हरिजनले धन्यबाद ज्ञापन गरेका थिए l

त्यसरी नै नेपाल फुटबल महासंघ दक्षिण कोरियाको बर्ष 2024 को बार्षिक खेल क्यालेन्डर अनुसार  चौथो महिना अप्रिल 14 तारिख छङ्ऊप नेपाली फुटबल क्लबको आयोजनामा प्रथम जेएन एफ सी कप फुटबल प्रतियोगीता छल्लाबुक्दो लगतै पाचौ महिना मे 5 तारिख आइतबार ग्वान्जु फुटबल क्लब छल्लाबुक्दोको आयोजनामामा प्रथम प्रदेशी कप फुटबल प्रतियोगिता आयोजना हुने नेपाल फुटबल महासंघका बरिष्ठ उपाध्यक्ष हेमन्त गुरुङ्गले जानकारी दिएको छ ।  

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • भोजपुर परिवार दक्षिण कोरियाको दशौँ अधिवेशन मे ५ मा हुने
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...