शिव पंयाङ्गुको नेतृत्वमा ग्लोबल तेह्रथुम सेवा समाजको नयाँ कार्यसमिति गठन
ग्लोबल तेह्रथुम सेवा समाज दक्षिण कोरियाको राजधानी सउलमा चौंथो अधिवेशन सम्पन्न भएको छ। अधिवेसनले पुन दोश्रो कार्यकालका लागि शिव पंयाङ्गुको नेतृत्वमा १० सदस्यीय कार्यसमिति गठन गरेको छ।
यसैगरी वरिष्ठ उपाध्यक्ष: सन्तोष खेवा सचिब: मनोज मादेम्बा र सह-सचिब: बिक्रम तामाङ, चयन हुँदा कोषाध्यक्षमा दुर्गा प्रसाद कन्दङ्वालाई जिम्मेवारि दिइएको छ। सदस्यहरुमा दिपेन लिम्बू , जनम लिम्बू, राजन उप्रेती, गुमानसिं लिम्बू, र दिनेश लिम्बु रहेका छन्।
पूर्वाञ्चल सरोकार समाजका महासचिव केदार निरौलाको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनमा सल्लाहकार केपि सिटौला, सन्तोष मादेन, राम प्रसाद उप्रेती लगायत जिल्लाबासिको उल्लेख्य उपस्थिति रहेको थियो।