फेब्रुअरी १० मा धौलागिरी सांगीतिक सौगात, ख्यातिप्राप्त कलाकारहरुका साथ


सलनालको दोश्रो दिन फेब्रुअरी १० तारिखका दिन ख्यातिप्राप्त कलाकारहरुका साथ धौलागिरी सांगीतिक सौगात भाग – ४ हुने भएको छ । कार्यक्रम 서울시 노원구 화랑로 स्थित 서울 여자 대학교 मा हुनेछ । बाग्लुङ समाज दक्षिण कोरियाले आपतकालीन राहातकोष स्थापनार्थ यस् सांगीतिक कार्यक्रमको आयोजना गर्न लागेको जनाएको छ ।

नेपाली सम्पर्क समिति दक्षिण कोरियाको मातहतमा गण्डकी प्रदेश अन्तर्गत बाग्लुङ समाज दक्षिण कोरियाले गर्न लागेको यस्

सांगीतिक कार्यक्रममा गायकहरु राजेश पायल राई, बसन्त थापा, प्रकाश इतराज, गायिकाहरु शान्ति श्री परियार र अनुपा थापा मंगर, हाँस्यकलाकार सुबोध गौतम(एदुमे), प्रस्तोताको रुपमा गायक राजेश वर्देवा लागयत आधा दर्जन भन्दा बढी कलाकारहरुको प्रस्तुती रहने आयोजक संस्थाले जनाएको छ । कार्यक्रममा राष्ट्रिय  लोक तथा दोहोरी गीत प्रतिष्ठान दक्षिण कोरियाका कलाकारहरुको पनि प्रस्तुति रहने छ । साथै अफ ट्युन ब्याण्डको पनि प्रस्तुति रहने जनाएको छ ।

 

यसै कार्यक्रमको तयारी बारे जानकारी दिन आईतवार आयोजक संस्थाले पत्रकार सम्मेलन तथा अन्तर्कृया कार्यक्रम गरेको छ । कार्यक्रममा बोल्दै बाग्लुङ समाज दक्षिण कोरियाका अध्यक्ष भुमिराज भुषालले सांगितिक कार्यक्रमको हल लयायतको तयारी पुरा भाईसकेको जनाएको छ । साथै धेरै जसो कलाकारहरुको भिषा प्रकृया सकिसकेको र बाँकी १/२ जनाको चाँढै सकिने बताए । “आपतकालीन राहातकोष स्थापनार्थ यस् सांगीतिक कार्यक्रमको आयोजना गरेको हो ।  त्यसैले दक्षिण कोरियामा रहेका सम्पूर्ण नेपालीहरुले साथ र सहयोग गर्न हार्दिक अनुरोध गर्दछु ।” अध्यक्ष भुषालले अनुरोध गरेका छन् ।  

कार्यक्रमको सह-आयोजकमा बाग्लुङ समाज दक्षिण कोरिया देकु शाखा रहेको छ । मुख्य प्रायोजक जे आर एफ ग्लोबल रेमिट रहेको छ भने ट्राभल्स पार्टनरमा ड्रिम होरिजोन ट्राभल्स एन्ड टुर रहेको छ । त्यस्तै बैंकिङ पार्ट्नरमा जेबी बैंक सुवन के पि चौलागाई रहेको छ भने प्रिन्ट पार्ट्नर जी प्लस प्रिन्ट रहेको छ ।  

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • सउलमा द एज ब्यान्डसँग झुमे दर्शक
  • रारा सांगीतिक सौगात टिकटक इभेन्टबाट नगद पुरस्कार जित्न सकिने
  • छुसकमा गरिने सांगीतिक कार्यक्रमको जानकारी सम्बन्धी एनसिसीद्वारा पत्रकार सम्मेलन सम्पन्न
  • रामेछाप सम्पर्क समितिको छुसकमा बृहत् भेटघाट तथा साङ्गीतिक कार्यक्रम
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...