प्रतिज्ञा लामा कमब्याकको दोस्रो म्युजिक भिडियो सार्वजानिक (भिडियो)


मोडल प्रतिज्ञा लामा अभिनित तामाङ समुदाय अन्तरगत पर्ने “गोच्चा म्याप्जीम ” बोलको म्हेन्दोमाया गीतको म्युजिक भिडियो सुक्रबार सार्बजानिक भएको छ । विगत लामो समय देखि दक्षिण कोरियाला ई आफ्नो कर्मथलो बनाएर बस्दै आइरहेकी मोडल प्रतिज्ञा लगभग दुई दशकपछि कमब्याक भएकी छिन् ।

भिडियोला ई सोही गीतको गायक तथा मोडल आरम्भ तामाङको आधिकारीक युट्युब च्यानल मार्फत सार्बजानिक गरिएको हो । केहि समय अघि मात्रै प्रतिज्ञाद्वारा अभिनित गायिका रोस्ना लुङ्बाको स्वरमा रहेको “शिरबन्दी”बोलको एकल गीतको म्युजिक भिडियो सार्बजानिक भएको थियो ।

सिन्धुपाल्चोक जिल्लाको साविक धुस्कुन गाबिस-५, पात्लेमा जन्मिएकी लामाले म्युजिक भिडियोमा आज भन्दा १८ वर्ष पहिलेनै बिमा कुमारी दुरा र बिष्णु खत्रीको स्वरमा रहेको “मुस्ताङ लेतेमा” बोलको चर्चित लोक दोहोरी गीतबाट डेब्यु गरेकी थिइन् । डेब्यु गरे लगत्तै स्वर्गीय लोक गायक खेमराज गुरुङ, प्रकाश ओझा, लक्ष्मी न्यौपाने जस्ता ख्यातिप्राप्त लोक गायक-गायिकाहरुको स्वरमा रहेको आधा दर्जन भन्दा बढी गीतको म्युजिक भिडियोहरुमा अभिनय गरेकी थिइन् ।

आफ्नो अभिनय यात्रालाई बिच्चैमा थाती राखेर केही वर्ष बुटिक व्यवसायमा आफूलाई व्यस्त बनाएकी लामाले व्यवसायबाट पनि हात निकालेर परदेशीने निधो गरेकी थिइन् । सन् २०१२ को अन्तिम देखि दक्षिण कोरियामा बस्दै आइरहेकी छिन् । उनले विगतको अधुरो यात्रालाई निरन्तरता दिनको लागि पुनः अभिनय यात्रा सुरु गरेको बताउछिन् । लोकदोहोरी गीतको म्युजिक भिडियोबाट अभिनय यात्रा सुरु गरेकी लामाले हाल सेलो र म्हेन्दोमाया गीतको म्युजिक भिडियो मार्फत पुनः अभिनय यात्रामा फर्किएकी छिन् । समयले भ्याएसम्म दशकौ पछि पुनः दोहोराएको यात्रालाई निरन्तरता दिने सोचमा रहेको उनि बताउछिन् ।

डेढ महिना अघि छोटो समयको लागि नेपाल पुगेको समयलाई सदुपयोग गर्दै ३ वटा गीतको म्युजिक भिडियोमा अभिनय गरेर कोरिया फर्केको मोडल प्रतिज्ञाले बताइन् । उनले अभिनय गरेको केही म्युजिक भिडियोहरु सार्बजानिक हुन बाँकी रहेका छन् । दक्षिण कोरियाको जेजु दो प्रान्तमा स्थायी बसबास गर्दै आएकी मोडल प्रतिज्ञा उक्त क्षेत्रमा क्रियाशिल नेपाल तामाङ घेदुङ जेजु शाखाको उपाध्यक्ष र गैर आवासीय नेपाली संघ जेजुदो शाखाको सदस्य पदमा रहेर सामाजिक काममा सकृयता हुदै आइरहेकी छिन् ।

भर्खरै सार्बजानिक भएको गोच्चा म्याप्जीम बोलको गीतको भिडियोमा प्रतिज्ञा र गायक तथा मोडल आरम्भ तामाङको मुख्य भुमिका रहेका छन् । भिडियोलाई एमबी गुरुङले निर्देशन गरेको छ । गीतमा शब्द संगीत शैलप वाइबाको रहेको छ भने आरम्भ तामाङ र बिना घलेले स्वर भरेका छन् । भिडियोलाई देभ दोर्जे लामाले छायङ्कन गरेको छ ।

भिडियाे हेर्नुहाेस्

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • छुसकमा शेर्पा संघले “हिमालयन सांगितिक धमाका” आयोजना गर्ने
  • ‘छ्योर्तेन राम्रो..’मा गौतम र मिनुको अभिनय (भिडियो)
  • गौतम गोलेको दोस्रो म्युजिक भिडियो ‘छ्योर्तेन राम्रो’को पोस्टर सार्वजानिक
  • गौतम गोलेको दोस्रो म्युजिक भिडियो ‘छ्योर्तेन राम्रो’को पोस्टर सार्वजानिक
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...