Advertisement
SKIP THIS

दक्षिण कोरियामा ‘भस्मे डन’(पशुपति प्रसाद २), शोको लागि बुकिङ खुल्ला


चलचित्र ‘भस्मे डन’(पशुपति प्रसाद २) दक्षिण कोरियामा पनि प्रदर्शन हुने भएको छ ! अभिनेता विपिन कार्की, सौगात मल्ल र स्वस्तिमा खड्का अभिनित नेपाली कथानक चलचित्र “भष्मे डन”(पशुपति प्रसाद २ )को ट्रिजर र “दुई चुल्ठी बाटन”अफिसियल गीत सार्वजनिक सँगै दक्षिण कोरिया शोको लागि बुकिङ खुल्ला गरिएको हो ।

“नमस्ते(फ्याफुल्ला)नेपाल-कोरिया डिजिटल प्रा.लि” ले अफिसियल राईट्स लिएको “भष्मे डन”(पशुपति प्रसाद २)नेपालीहरुको चार्ड दशैँको अवसर पारेर प्रदर्शन गर्न लागेको हो। साथै कोरियमा पनि त्यहि समयमा प्रदर्शन हुन लागेको जनाएको छ । कोरियामा अफिसियल राईट्स लिएको कम्पनीले गत चार दिन अगाडी मात्र “COMING SOON IN SOUTH KOREA “भनेर सार्वजनिक गरेको पोष्टर र समाचारमा कोरियाको विभिन्न शहरहरुमा प्रदर्शनको लागि एउटै क्षेत्रमा एक भन्दा बढी बुकिङको मागहरु आएको कारणले गर्दा बुकिङ समयवधि भन्दा अगाडी नै खुल्ला गरिएको जनाएको छ।

टुकी आर्टस्को ब्यानरमा निर्माण भएको सिनेमालाई निर्माता तथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन् । सिनेमाको निर्माता पनि उनी स्वयं हुन् । निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाज तथा सुभाष भुषालको संगीत रहेको छ ।

नेपाल अधिराज्य भर र नेपाल बहिरा विभिन्न देशहरुमा अक्टोबर 21, 2023 / 4 कार्तिक, 2080 आगामी बडा दशैंको फूलपातीबाट सिनेमा एकैसाथ प्रदर्शनमा ल्याउने भएका छन्। व्यावसायिक तथा समीक्षात्मक रुपमा सफल सिनेमा ‘पशुपति प्रसाद’को चरित्र ‘भष्मे डन’मा केन्द्रित सिक्वेलको रुपमा निर्माण गरिएको हो ।

यो चलचित्रले २०१६ को चलचित्र पशुपति प्रसादको स्पिन अफको रूपमा मानिएको छ।। लेखक लामिछानेले सिनेमा नाम मात्रको सिक्वेल नभई अर्थपूर्ण र तर्कपूर्ण सिक्वेल बनेको बताउँछन् । चलचित्रमा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, वर्षा शिवाकोटी, रविन्द्र सिंह बानियाँ, प्रकाश घिमिरे, साजन थापा मगर, प्रकाश दाहाल, विभु पौडेल लगायतको अभिनय रहेको छ

व्यावसायिक तथा समीक्षात्मक रुपमा सफल सिनेमा ‘पशुपति प्रसाद’को चरित्र ‘भष्मे डन’मा केन्द्रित सिक्वेलको रुपमा निर्माण गरिएको हो

दक्षिण कोरिया बुकिङको लागी :-01095368458, 01026646728 ,01076002013, 01044095378

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • नेपाली जनसम्पर्क समिती कोरियाद्वारा सक्रिय सदस्यताका लागि फारम खुला
  • कोरियामा पहिलो पटक ‘सुजन चापागाईँ एण्ड द इन्फिनिटी’ व्याण्ड गुञ्जने निश्चित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...