Advertisement
SKIP THIS

बुद्धी गुरुङले जिते एनआरएनए कोरियाको अध्यक्ष, पार्वती मोक्तान वरिष्ठ उपाध्यक्षमा


गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाको निर्वाचन सम्पन्न भएको छ । आइतवार अनलाईन मार्फत भएको मतदानमा अध्यक्षमा बुद्धि गुरुङले जीतेका छन् ।

आइतबार वेलुकी सार्वजनिक मत परिणामअनुसार अध्यक्षमा दुई प्रतिद्वन्द्वीहरुलाई हराउँदै बुद्धी गुरुङ निर्वाचित भएका हुन् । गुरुङले १५२१ मत ल्याएर निर्वाचित भएका छन् भने उनका प्रतिद्वन्द्वी विपिनकुमार गुरुङले १२५७ र सञ्जीव कुमार राईले ९८८ मत ल्याएका थिए । जम्मा ३७६८ मत खसेका थिए ।

त्यस्तै वरिष्ठ उपाध्यक्ष पार्वती मोक्तानले २२१८ मत ल्याएर निर्वाचित भएकी छन् । उनका प्रतिद्वन्द्वी परि गुरुङले १५४६ मत प्राप्त गरेकी छन् ।

त्यस्तै महिला उपाध्यक्ष आरती ह्योल्मो‚ उपाध्यक्षहरू हरि भट्टराई‚ तारा पुन मगर‚ सुनिल कन्दवा‚ महासचिव डा. केशव थापा‚ सचिबद्वय पूर्णराम बुढा र कमल भण्डारी‚ कोषाध्यक्ष भक्तबहादुर गुरुङ‚ सह कोषाध्यक्ष विष्णु बुढाथोकी निर्वाचित भएको निर्वाचन आयोगका अध्यक्ष गङ्गाराज राईले जानकारी दिए ।

यसै गरी युवा संयोजक युविन श्रेष्ठ‚ महिला संयोजक नीला राई निर्वाचित भएका छन् ।

सदस्यहरुमा सपना अधिकारी‚ विन्दु शाह‚ विष्णु बहादुर रकल‚ विष्णु रेग्मी ‘रुविन’‚ मङ्गलप्रसाद योङहाङ‚ गंगाराजन मगर र सुधान जुहारचन निर्वाचित भएका छन् ।

सन् २०२३-२५ कार्यकालका निर्वाचित भएका हुन् । कोरियामा रहेका एनआरएनएका मतदाता सङ्ख्या ४४५८ थिए भने ३७६६ मत खसेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नवौं रेसुङ्गा भलिबल कप २०२५ उपाधी गुल्मीको पोल्टामा, उपविजेता सुदुरपश्चिम समाज
  • काभ्रे सम्पर्क समितिको ८औँ अधिवेशन सम्पन्न, सुष्मा थापा अध्यक्षमा निर्विरोध
  • कोरियामा नेपाले शेयर बजार सम्बन्धि छलफल तथा सचेतना कार्यक्रम हुँदै
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...